पोखरा/पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ मजदुर गाइड तालिम संचालन हुने भएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको आयोजना गरिएको टान गण्डकीका द्वितीय उपाध्यक्ष एवं तालिम संयोजक मोहनप्रसाद सुवेदीले जानकारी दिए ।
तालिमका लागि दरखास्त आह्वान गरिएकोमा शुक्रबार भएको अन्तरबार्ताबाट ३ सय ५० जना छनोट भएको सुवेदीले बताए । तालिम पोखरा महानगरपालिका वडा नम्बर ६ मा रहेको बाराही माध्यामिक विद्यालयमा हुने छ ।
धेरै युवाहरु ट्रेकिङ पेसामा लाग्न चाहेको र पर्यटन क्षेत्रमा पनि जनशक्ती आवश्यक भएकाले तालिमको आयोजना गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
जेठ २६ गतेबाट तालिम सुरु हुनेछ । ट्रेकिङ गाइडका लागि २५ दिन र र ट्रेकिङ पोटर गाइडको लागि १५ दिन तालिम दिइने टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले बताए ।





