बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्वामित्व हस्तान्तरण गर्दै मसिना पर्यटन सहकारीे

स्वामित्व हस्तान्तरण गर्दै मसिना पर्यटन सहकारीे


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८२, आइतबार

लेखनाथ/पोखरा महानगरपालिका–३२, तल्लोगगनगौडा स्थित मसिना पर्यटन सहकारी संस्था लि.को प्रथम विशेष साधारण सभा सम्पन्न भएको छ । सभाले मसिना हाइड्रोपावर ८९१ किलोवाटको स्वामित्व सर्वसम्मत निर्णय गर्दै संस्थाले स्वामित्व भमरकोट बहुउद्देश्यीय कम्पनी प्रा.लि. पोखरालाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

साधारण सभामा सहकारीका पदाधिकारी, संस्थापक सदस्य, स्थानीय समुदायका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा सभाले सहकारीको विगत उपलब्धिहरूको समीक्षा गर्दै भावी दिशानिर्देश तय गरेको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रकाशचन्द्र पागलले लगानी गर्न ईच्छुक विभिन्न कम्पनीहरुसँग धेरै छलफल तथा परामर्शका आधारमा संस्था र शेयर सदस्यहरुको हितलाई मध्यनजर गरेर भमरकोट बहुउद्देश्ययीय कम्पनी प्रा.लि.संगको पदाधिकारी बैठकमा समझदारी जुटे अनुसार पुनः सञ्चालन समिति र सल्लाहकारहरुसंग समझदारी अनुसार सभाको आयोजना गरेको बताए । यो जिम्मेवारी नयाँ संस्थालाई हस्तान्तरण गरिएपछि अझ व्यावसायिक रूपमा अगाडि बढाउने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रमका प्रमुख शुक्लागण्डकी नगरपालिका वडा नंं २ का वडा अध्यक्ष सुमन रानामगरले संस्थाले उद्देश्य, काम र फाइदा असफल, कानुनी कठिनाई १२ वर्षे कालमा विजुली उत्पादन गर्ने नसकिएको, थप बचत कर्तामा बचतको कमी र विभिन्न अवरोह पार गर्दे नयाँ व्यवस्थापन पाउने भमरकोट बहुउद्देश्यीय कम्पनीका प्रतिनिधिले संस्थाको समग्र संरचना र उदेश्यलाई कायम राख्दै थप नविन योजनामार्फत पर्यटन प्रवद्र्धनमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जनप्रतिनिधि वडा नंं. ३२ की वडा सदस्य शोभा विश्वकर्मा, सल्लाहकार शिवजी लामिछाने, टिकाराम पगेनी, परामर्शदाता ई. सागरमोहन भटट्राई, कानुनी सल्लाहकार अधिवक्ता खगेन्द्र आचार्य, कोषाध्यक्ष अर्जुन मल्ल, शेयर सदस्य पद्मा वास्तोला लगाएतले सहकारीको यो निर्णयलाई उदाहरणीय भनी प्रशंसा गरेका थिए ।

साधारण सभा सम्पन्न भएसँगै औपचारिक रुपमा स्वामित्व हस्तान्तरण प्रक्रिया अगाडि बढाइने र आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया २०८२ जेष्ठ २६ गते स्वामित्व हस्तान्तरणसँगै पावरहाउस निर्माणस्थल भनि खरिद गरिएको मसिना पर्यटन सहकारी संस्थाको नाममा रहेको कित्ता नंं ४७५ का क्षेत्रफल ०–८–१–२ कित्ता नंं ४२१ क्षेत्रफल १–२–२–३ गरी जम्मा क्षेत्रफल १–११–०–२ भएको ३ कोठे घर सहितको जग्गा समेत १ करोड ४० लाखमा बिक्रि गरिने सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->