सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मालिकाका किसानलाई बाख्रा उपहार

मालिकाका किसानलाई बाख्रा उपहार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०८२, सोमबार

बागलुङ/बागलुङ नगरापलिका र हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले बागलुङ नगरपालिका ५ मालिकाका किसानालाई बाख्रा उपहार दिएको छ ।

गत वर्ष गठन भएका ३ मुल समूहहरु नमूना स्वाबलम्बी महिला समूह, प्रगतीशिल महिला स्वाबलम्बी समूह र सिर्जनिशिल महिला स्वाबलम्बी समूहले तयार पारेका नयाँ समूह र उद्यमी महिलालाई बाख्रा बितरण गरिएको हो । हाल गठन भएको झाप्राखर्क स्वाबलम्बी महिला समूह र अन्य महिलालाई एकएक वटा पाठी बितरण भएको थियो ।

कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास आत्मनिर्भर बागलुङ कार्यक्रम मार्फत यो कार्यक्रम भएको हो । नमूना आत्मनिर्भर निर्भर समूहले दिएको बाख्रालाई पालनपोषण गरेर उत्पादन बढाउन पहल गर्ने उद्यमी महिला मिरा नेपालीले बताइन् ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले एउटा समुह आत्मनिर्भर बनेर अर्को समूहलाई पनि बाख्रा बितरण गर्दै आत्मनिर्भरताको बाटोमा हिँडाउन सफल भएको बताए । यो खालको कार्यक्रमले जीवनमा आर्थिक विकास ल्याउन पहल गर्ने, आफ्नो दायित्व सम्झने बनाउने समेत बताए । लगानी अभावमा बसेका स्थानीयले उत्पादन बढाउन सक्ने पनि उनले बताए ।

नगरपालिकाले पहिलो चरणमा आत्मनिर्भर कार्यक्रम शुरु गरेकोमा अब भने आमा र बच्चाको लागि पोषणका कार्यक्रम पनि ल्याउने श्रेष्ठले बताए । यसअघि ल्याएको नगरको छोरी कार्यक्रमले पनि धेरै बालिकाहरुको लागि बीउ पूजि बनेको भन्दै आगामी दिनमा कृषि र पशुपालन क्षेत्रमा लाग्ने महिलालाई समेत प्रोत्साहनका कार्यक्रम जोड्ने बताए ।

वडा अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष यमप्रसाद कंडेल, नगरपालिकाका पशुस्वास्थ्य शाखाका प्रमुख मित्रलाल सापकोटा, महिला बालबालिका शाखा प्रमुख रचना आचार्य, वडा सदस्य चक्रपाणी शर्मा, हेफर नेपाल परियोेजनाका बरिष्ठ अधिकृत राजेन्द्र ढकाल, कुमार खड्का, लगायतले शुभकामना मन्तव्य राखेका थिए । यो कार्यक्रमलाई थप व्यवस्थित बनाउन स्थानीयकै सहयोगमा कार्यक्रम बनाइएको फाउण्डेसनकी कार्यक्रम व्यवस्थापक ममिता पुनले बताइन् ।

बानपाभित्र ४ सय बाख्रा उपहार दिने कार्यक्रम रहेको जानकारी गरिन् । कार्यक्रम नमूना स्वाबलम्बी समूहकी अध्यक्ष कृष्णकुमारी क्षेत्रीको अध्यक्षता, सदस्य सीता रेग्मीको स्वागत सिर्जनशिल स्वाबलम्बी समूहकी सचिव लक्ष्मी आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->