शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पर्यटक बढाउन भिसा प्रक्रिया सरल बनाऊ : अरुणा

पर्यटक बढाउन भिसा प्रक्रिया सरल बनाऊ : अरुणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०८२, मंगलबार

पोखरा/हङकङकी डिष्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपालमा पर्यटक बढाउनका लागि भिसा प्रक्रिया सहज बनाउनुपर्ने बताएकी छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङले नेपाल हङकङबाट पर्यटक बढाउने हो भने भिसा दिने प्रक्रिया सहज बनाउनुपर्ने बताइन् ।

उनले नेपाल आउनका लागि ६ हप्ता पहिल नै भिसा एप्लाइ गर्नुपर्ने अहिलेको प्रक्रियालाई सहज बनाउनु पर्ने उनको भनाइ छ । ‘सके अनएराइभल भिसा दिए हुन्छ,’ उनले भनिन्, ‘नभए एक हप्ताभन्दा लामो समय लाग्ने प्रक्रियालाई सहज बनाउनुपर्छ ।’

पोखरा विमानस्थलबाट सिधै हङकङ उडानका लागि पहल गर्ने उनको प्रतिवद्धता थियो । हङकङमा ३० हजार नेपाली रहेकामा आधा गण्डकी प्रदेशकै भएको बताउदै पोखराबाट हङकङ सिधा उडान सम्भव भएको बताइन् । अहिले काठमाडौ दिनहँु उडान भएका कारण पोखराबाट पनि हप्तामा एउटा उडान हुन सक्ने उनको तर्क थियो ।

कार्यक्रममा एनआरएनए हङकङका कुलप्रसाद गुरुङले पोखरामा पर्यटक बढाउनेतर्फ पहल भइरहेको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उनीहरुलाई स्वागत गर्दै नेपालमा हङकङबाट अन्य देशका पर्यटकहरु पनि आउने हुदाँ नेपालबारे प्रचार प्रसार आवश्यक रहेको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेश भट्टराईले पोखरा विमानस्थल तयार भएका कारण पोखराबाट हङकङ सिधा उडान हुनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सूर्यबहादुर भुजेल, चीरञ्जीवी पोखरेल, परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङ, नाट्टा पोखरा अध्यक्ष किशोर दाहाल, परिषद्का महासचिब जीवनराम सापकोटालगायतले पोखराको प्रचारप्रसार हङकङमा हुनसके पर्यटक बढ्नेमा जोड दिए । उनीहरुले पछिल्लो समय हङकङ र चीनबाट आउने पर्यटक घट्दै गएकाले पनि प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->