बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रेष्टुरेष्टका कुकलाई तालिम

रेष्टुरेष्टका कुकलाई तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८२, बुधबार

पोखरा/पोखरामा खाना बनाउने सीप बढाउन तालिम सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम सुरु भएको हो ।

पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् ।

तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्तरीय र स्वदिष्ट खाना पस्किन तालिम उपयोगी हुने बताए । तालिमले व्यक्ति, काम गर्ने सस्था र देशकै लागि फाइदा पुग्ने उनको भनाइ थियो ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले तालिमले अझ काममा अझ निखारता ल्याउने बताउदै तालिमपछि स्तरीय सेवा प्रदान गर्न लाग्नुपर्ने बताए ।

कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल, रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतम, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा सीप विकास एकाईका फोकल पर्सन सञ्जिब बहादुर कोइरालालगायतले तालिमले खानाको गुणस्तरीयता बढाउने बताए ।

तालिममा अनुभवी शेफहरु दीपक शर्मा, विजय पौडेलगायतले इन्डियन परिकारजस्तै बटर चिकन, बिर्यानी, पनीर टिक्का लगायत र कन्टिनेन्टल परिकारहरु पास्ता, सिज्लर, स्टेक आदिलाई अझ गुणस्तरीय र मीठो बनाउन सिकाउने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->