बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा प्रचण्डले गरे पार्टी कार्यालय शिलान्यास

मुस्ताङमा प्रचण्डले गरे पार्टी कार्यालय शिलान्यास


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २९ २०८२, बिहिबार

मुस्ताङ / माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको जिला कार्यालय भवनको बिहीबार शिलान्यास गरेका छन् । बौद्ध परम्पराअनुसार उनले भवनको शिलान्यास गरेका हुन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समितिका ‘इञ्चार्ज’ धीरेन्द्र विकका अनुसार ६ कोठाको पार्टी कार्यालय भवन बन्ने छ । भवन निर्माणका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ छ्ङ्गुरका ढच्युङ गुरुङले जग्गादान गरेका छन् । शिलान्यासका क्रममा अध्यक्ष प्रचण्डले पार्टी कार्यालय भवन निर्माणपछि सङ्गठन विस्तारका साथै मुस्ताङीको विकासका चाहनामा भरथेग गर्न सहज हुने विश्वास व्यक्त गरे । उनले जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->