पोखरा/पोखरा १७, टुटुङ्गा बस्ने मरियम राई पोखरा ४, महेन्द्रपुलमा रहेको सुन पसलमा काम गर्थिन् । लामो समय काम गरेकी उनलाई संचालकको आनीबानी, सामाजिक प्रतिष्ठा र सम्पत्तिको लेखाजोखा पनि थाहा थियो । मनमा धन कमाउने लोभ जाग्यो । मरियमले एकदिन संचालकको अगाडि कटाक्ष प्रस्तुत गरिन्,हात समाइन् । सुम्सुम्याइन् । संचालक पग्लिए । उनले पनि हात समाए । त्यसपछि के चाहियो ? उनले पसल संचालकसँग मोटो रकम माग गर्ने निधो गरिन् । मोरङ बस्ने प्रेमीलाई आफ्नो योजना सुनाइन् र पोखरा बोलाइन् ।
मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बु पोखरा आए । आउँदा उनले संखुवासभाको सभापोखरी २ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई पनि सँगै लिएर आए ।
आउने क्रममा नै उसले (देव लिम्बु) ले साथीलाई योजनाबारे जानकारी गराउँदै भने,‘ ५० लाख झार्नुपर्छ , ४० लाख चाहिँ केटीलाई दिनुपर्छ, बाँकी बाँडौला ।’
योजनासहित पोखरा आएका उनीहरु लेकसाइडको एक होटलमा बसे । मरियमसँगै रहेर तीनैजानले पसल संचालकलाई नबोलाएर उनकी श्रीमतीलाई होटलमा बोलाए ।
सो उपक्रममा मरियमले ‘तपाईंको श्रीमानले ममाथि यौन दुव्र्यवहार गरेको छ, जिन्दगीभर पुग्ने धनसम्पत्ति, बस्ने घर तथा व्यवसाय गर्ने पैसा दिने भए दिनुहोस्,हैन भने हामी तिम्रो श्रीमानमाथि मुद्दा हाल्छौँ, सडाइदिनसक्छौँ’ भन्ने धम्की दिए ।
धम्की दिएपछि पसल संचालककी श्रीमती डराइन् ।कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरुबीच करिब १ हप्तासम्म बार्गेनिङ चल्यो । ५० लाख रुपैयाँ जसरी पनि दिनुपर्ने माग भयो । बार्गेनिङकै क्रममा रहेका उनीहरु एकदिन जिल्ला प्रहरी कार्यालय कास्की पनि पुगे ।
‘उनीहरु (मरियमको टोली) एक दिन हाम्रो कार्यालय (जिल्ला प्रहरी कार्यालय) मा पनि आएछन्,’डीएसपी बस्नेतले भने,‘प्रहरी कार्यालय, डे«स लगाएका प्रहरीहरु भएको भिडियो खिचेर त्यो पनि पठाएर हामी उजुरी दिन आइसक्यौँ, के गरौँ भन्दै पुनः बार्गेनिङ गरेछन् ।’
संचालकले आफ्नी श्रीमतीलाई मरियमसँग कुनै सम्बन्ध नरहेको विश्वास दिलाएसँगै यो घटना प्रहरीसम्म पुग्यो । प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो ।
‘यो घटना नियोजित देखिन्छ । सुन पसल संचालकसँग कति पै
सम्पत्ति छ, उसले कति पैसा दिनसक्छ भनेर योनजा बनाएर केटीले आफ्नो प्रेमीलाई बोलाएको पाइएको छ,’डीएसपी बस्नेतले भने,‘मोरङबाट मान्छे यहाँ आएको छ । एक हप्तासम्म बार्गेनिङ गरेको छ र प्रारम्भिक अनुसन्धानको क्रममा संचालनले दुव्र्यवहार गरेको पाइएको छैन ।’
डीएसपी बस्नेतका अनुसार केटीले जानजान फसाउने र पैसा लिने नियतले घटना घटताएको र सुन पसल संचालकलाई मानसिक रुपले ठूलो तनावमा पारेको पाइएको पनि बताए ।





