शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पाेखरामा ट्रयाम्फ सोरुम

पाेखरामा ट्रयाम्फ सोरुम


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८२, शनिबार

पोखरा/ विश्वप्रसिद्ध मोटरसाइकल  ब्रान्ड ट्रयाम्फले आजदेखि पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । सोरुमको आधिकारीक डिलरको रुपमा इच्छाशक्ति अटोमोबाइल्स नियुक्त भएको छ ।

नेपालमा ट्रायम्फको विस्तारका क्रममा यो सोरुम महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ । यस सोरुमबाट पोखरा लगायत गण्डकी प्रदेशका बाइकरहरुलाई अन्तराष्ट्रिय मोटरसाइकल नजिकबाट अनुभव गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । आजमात्रै उद्घाटन गरिएको सोरुमबाट ५० मोटरसाइकल डेलीभरी भएको र यसले स्थानीय ग्राहकको उत्साह झल्किएको कम्पनीको भनाई छ । इच्छाशक्ति अटोमोबाइल्सका आगोषमान बुद्धाचार्यले स्थानीय ग्राहकबाट प्राप्त सकरात्मक प्रतिक्रियामा आफ्नो उत्साह व्यक्त गर्दैै पोखराको बाइकप्रेमीबाट पाएको प्रतिक्रिया साँच्चिकै उत्साहजनक रहेको बताए । ‘पहिलो दिनमै ५० मोटरसाइकल डेलीभर हुनु ट्रायम्फप्रतिको भरोसा हो’, उनले भने, ‘हामी पोखरामै अन्तराष्ट्रिय स्तरको सेवा उपलब्ध गराउन पूर्ण प्रतिबद्ध छौ ।’

ट्रयाम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ मोटरसाइलक सवारी मात्र नभए निर्भरता, अखण्डता र विश्वासको प्रतिक रहेको बताए । ‘पोखराबाट पाएको स्वागतप्रति आभारी छौ’, उनले भने ‘यहाँका ग्राहकहरुसंग दीर्घकालिन सम्बन्धन बनाउन इच्छुक छौ ।’ कम्पनीले ट्रायम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० गरी दुई मोडेलका मोटरसाइकल विक्री थालेको हो । कम्पनीका अधयक्ष इच्छामान बुद्धाचार्र्य अनुसार ट्रायम्फ स्पीडको मुल्य ६ लाख ४९ हजार ९ सय र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । पोखराको यो नयाँ सोरुममा प्रशिक्षित अन्तराष्ट्रियस्तरको सेवा सुविधा उपलब्ध गराइएको छ। कम्पनीले आफ्नो आउटलेटलाई बिक्री, सेवा र स्पेयर पाट्ससहितको सबै सेवासुविधा रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->