शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

स्थानीय तहलाई २ अर्ब अनुदान

स्थानीय तहलाई २ अर्ब अनुदान


  • ढाेरपाटन संवाददाता
  • असार १ २०८२, आइतबार

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशका स्थानीय तहका लागि २ अर्ब १० लाख ५९ हजार रुपैयाँ अनुदान दिने भएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट प्रस्तुत गर्दै यो बताएका हुन् ।

गुरुङका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश बमोजिम जनसंख्या र भूगोलका आधारमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न लागिएको हो । यो रकम समानिकरण, सशर्त, समपुरक र विशेष अनुदान अन्तर्गत रहेको उनले बताए ।

मन्त्री गुरुङले अहिले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->