पाेखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षकका लागि कृषि तथा भूमी व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यसैगरी उद्योग तथा पर्यटन मन्त्रालयलाई ८४ करोड २१ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट प्रस्तुत गर्दै यो बताएका हुन् ।





