शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पर्सामा पनि दर्ता भयो रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा

पर्सामा पनि दर्ता भयो रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा


  • ढोरपाटन संवाददाता
  • असार १ २०८२, आइतबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एव पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमालामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो ।

प्रहरीले अनुसन्धान सकेर करिब १ महिना अघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले जानकारी दिए ।

उनका अनुसार त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो । लामिछानेसहित २९ जनालाई सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->