सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कालीका मन्दिरमा जेठको आम्दानी २८ लाख

कालीका मन्दिरमा जेठको आम्दानी २८ लाख


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८२, मंगलबार

बागलुङ/बागलुङ कालीका भगवती गुठीले जेठ महिनाभर २८ लाख ८७ हजार रुपियाँ आम्दानी भएको छ । सोही महिना १५ लाख रुपैयाँ खर्च भएको छ ।

मन्दिर व्यवस्थापन समितिले मासिक आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हो । अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको गुठीको बैठकले उक्त जानकारी दिएको हो । जेठ महिनामा कालीका मन्दिरमा भक्तजनले चढाएको भेटीबाट १७ लाख ५३ हजार कमाइ भएको हो । त्यस्तै चामल बिक्री गरेर ४२ हजार, बोकाको टाउको बिक्रीबाट ७७ हजार, कुखुराको टाउको बिक्रीबाट ४ हजार ९ सय रुपियाँ आम्दानी भएको हो ।

त्यस्तै भाडाको सटरबाट ३ लाख ९ हजार, बिबाहबाट ५ हजार, आर्थिक सहयोगबाट १ लाख संकलन भएको बताइएको छ । परेवा बिक्रीबाट ५ लाख ५० हजार, पंडितबाट १४ हजार ६ सय तथा राँगोबाट २ हजार आम्दानी भएको बताइएको छ ।

जेठ महिनामा गुठीले १५ लाख ८१ ह्जार रुपैयाँ खर्च गरेको छ । जेठमा तलबतर्फ ३ लाख, ९० हजार, विद्युत ३१ ह्जार, अतिथि सत्कार १ लख २६ हजार, आर्थिक सहयोग ३० हजार खर्च गरेको हो । पुर्वाधार विकास तथा निर्माणतर्फ ५ लाख २५ हजार, पुजा खर्च ३६ हजार, पोशाकमा ५० हजार, खाद्यान्न तथा आबास ७७ हजार ९ सय र यातायात भ्रमण ७५ हजार खर्चेको हो । इन्धनतर्फ २६ हजार बिज्ञापन ३ हजार र त्यसबाहेक चैत्राष्ठमी मेलाको २ लाख खर्च तिरेको पनि कोषाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । व्यय घटाएर गुठीमा जेठ महिनामा १३ लाख ५ हजार रुपियाँ बचत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->