सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङमा यामाहा मेगा एक्स्चेन्ज सुरु

बागलुङमा यामाहा मेगा एक्स्चेन्ज सुरु


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८२, मंगलबार

बागलुङ/जिल्लामा यामाहा मेगा एक्स्चेन्ज सुरु भएको छ । पुरानो कालीगण्डकी चलचित्र हल रहेको स्थानमा संचालित बेष्ट वान रेष्टुरेन्ट एण्ड व्याङकेटमा असार १ गतेदेखि सुरु भएको एक्स्चेन्ज कार्यक्रम असार ६ गतेसम्म संचालन हुने जनाइएको छ ।
यामाहा मोटरसाइकल एक्स्चेन्ज, फाइनान्स एण्ड एक्स्पेरिएसन्स जस्ता सुविधा यहाँ पाइने छ । ग्राहकको चाहनालाई मध्यनगर गर्दै यो कार्यक्रम संचालन गरिएको यामाहा शो रुम (टिएन अटोभेन्चर) बागलुङका प्रबन्ध निर्देशक नविन कार्कीले जानकारी दिए ।
मेगा एक्स्चेन्ज कार्यक्रममा यामाहा ब्राण्डको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्दा न्युनतम भ्यालुएसन ५० हजार रुपैयाँ प्राप्त हुनेछ भने अन्य जुनसुकै ब्राण्डमा कम्तिमा २५ हजार रुपैयाँ मूल्यांकन हुनेछ । १० हजार रुपैयाँ थप मूल्यांकनको सुविधासहित ६ हजार रुपैयाँ छुट पनि प्रदान हुने बताइएको छ ।
फ्रि एसेसरिजसहित एक वर्षको रोड ट्याक्स पनि निशुल्क हुने व्यवस्था मिलाइएको कार्कीले बताए । ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध हुने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->