लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायिक व्यूटिसियनहरुका लागि दुई दिने प्रोफेसनल व्यूटि सेमिनार (एड्भान्स मेकअप एण्ड हेयरस्टाईल) तालिम प्रदान गरिएको छ ।
असार ४ र ५ गते आयोजना गरिएको तालिममा संघमा आवद्ध २३ जना प्रोफेसनल व्यूटिसियनहरुको सहभागिता रहेको थियो ।
तालिम समापनमा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले पछिल्लो समय व्युटिपार्लरको अत्याधिक माग रहेकाले उनीहरुको सिपलाई अझ बढि निखारता दिन र आफ्नो व्यवसायलाई टेवा पुग्ने गरी तालिमको आयोजना गरेको बताए । उनले सिप संगसगै आयआर्जनमा जोडिनका लागि सहभागीलाई आग्रह गरेका थिए ।
तालिमका प्रशिक्षक गिता गिरीले सिकाई जिवनको महत्वपुर्ण पाटो भएकोले सिपलाई ब्यवसायमा जोडेर आयआर्जन वढाउन आगह गरेकी थिईन् ।
कार्यक्रममा सहभागीहरुको तर्फबाट रुपकला श्रेष्ठले तालिम अति फलदायी भएको र यस्ता एड्भान्स तालिमले व्यवसायलाई उत्साह र समयानुसारको परिवर्तनसँगै अगाडि बढ्न मद्दत पुग्ने धारणा राखेकी थिईन् ।
कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी समन्वय उपसमिति संयोजक गंगा मल्लले सबै सहभागीलाई व्यवसायीक रुपमा अगाडि बढ्न यस प्रकारको तालिम फलदायी हुने विश्वास व्यक्त गरिन् ।
संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिइन् भने स्वागत कार्यक्रम संयोजक इन्दिरा रोकाले गरेकी थिईन् ।





