सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

देशलाई ऋणमुक्त बनाउने ढोरपाटनको घोषणा

देशलाई ऋणमुक्त बनाउने ढोरपाटनको घोषणा


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८२, शुक्रबार

बागलुङ/जिल्लाको ढोरपाटन नगरपालिकाले देशलाई ऋणमुक्त बनाउन भन्दै पाँच लाख बजेट विनियोजन गरेको छ । बिहिबार नगरपालिकाका कावा नगरप्रमुख धनबहादुर कायतले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा उक्त जानकारी गराइएको हो ।

नेपालको बैदेशिक र आन्तरिक ऋण धेरै छ । त्यो ऋणलाई सम्बोधन गर्न भन्दै ऋण तिर्ने शिर्षक राखिएको बताइएको छ । देशमा २६ खर्बभन्दा बढी ऋण रहेको अवस्थामा ढोरपाटनले ऋणमुक्त देश बनाउने अभियानका लागि पाँच लाख बजेट विनियोजन गरेको प्रतिवेदनमा उल्लेख छ ।

बजेटमा देशलाई ऋणमुक्त बनाउने अभियानका लागि ५ लाख विनियोजन गरिएको उल्लेख छ । ढोरपाटनले जस्तै सबैले आफ्नो दायित्वबोध गर्दै नेपाललाई ऋण बिनाको देश बनाउने अभियानमा हातेमालो गर्नुपर्ने शेरचनको भनाइ छ ।

बिहिबार १७ औँ नगरसभाबाट पारित आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम एवं बजेटमा नगरपालिकाले सरकारी तथा गैरसरकारी संस्थालाई ऋणमुक्त देश बनाउने अभियानमा हातेमालो गर्न अपिल गरिएको छ ।

कार्यपालिका सदस्य शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि उक्त अभियानलाई प्राथमिकता दिँदै सबैको साथ भएमा देश चाँडै ऋणमुक्त हुने उल्लेख छ । सरकारको पछिल्लो तथ्यांक अनुसार देशको कुल २६ खर्ब ५४ अर्ब ऋण छ । त्यसमध्ये १२ खर्ब ७२ अर्ब आन्तरिक र १३ खर्ब ८२ अर्ब बाह्य ऋण छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->