गाउँसभाका अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरु ।
१.यतिबेला हामी रघुगंगा गाउँपालिकाको १९औँ गाउँसभाको अत्यन्तै महत्वपूर्ण क्षण र अवसरमा जुटिरहेका छौँ । नेपालको संविधानको धारा २३० तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम गाउँपालिका उपाध्यक्षलाई प्राप्त भएको अधिकारलाई विशेष जिम्मेवारीको रुपमा बोध गर्दै आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रम यस सम्मानित गाउँसभासमक्ष प्रस्तुत गर्न गइरहेको छु ।
२.यस अवसरमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, राजनीतिक क्रान्ति एवं संघर्षका मोर्चाहरुमा वीरतापूर्वक नेतृत्व गरी जीवन आहूति दिनुहुने ऐतिहासिक तथा महान सहिदहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । साथै राष्ट्रहित,राष्ट्रिय सार्वभौमिकता‚भौगोलिक अखण्डता‚लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग, बलिदान र विभिन्न जनजीविकाका आन्दोलनहरूको गौरवपूर्ण इतिहासलाई स्मरण एवं बेपत्ता र पीडित नागरिकहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।
३.संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको दोस्रो निर्वाचनबाट हामीले यस गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी ग्रहण गरेको तेस्रो वर्ष पूरा भइसकेको छ । यस अवधिमा गाउँपालिकाबासीहरुप्रति पूर्ण उत्तरदायी बनेर हामीले आमनिर्वाचनका समयमा यहाँका नागरिकहरुमाझ गरेका विभिन्न वाचा तथा घोषणाहरुको समुचित सम्बोधन गर्ने कार्यमा हरदम, हरदिन, हरक्षण खटिरहेका छौँ । साथै सबै गाउँपालिकाबासीहरुबाट पाएको आत्मीय माया, ममता तथा प्राप्त उचित सुझाव, सल्लाह, र सकारात्मक आलोचनाका लागि हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु ।
४.आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट तर्जुमाका क्रममा स्थानीय राजश्व परामर्श समिति, विभिन्न विषयगत समितिहरु, बजेट तथा कार्यक्रम तर्जुमा समिति, विभिन्न राजनैतिक दल, संघ–संस्था, विद्वतवर्ग, नागरिक समाजको आम धारणा समेतलाई यस बजेटमा समेट्ने हरसम्भव प्रयत्न गरेको छु । साथै गाउँपालिकाको सन्तुलित एवं समावेशी विकास, आर्थिक वृद्धि, सुशासन, दिगो पूर्वाधार विकास, रोजगारी तथा सीपमूलक तालिम, पर्यटन विकास र सामाजिक विकासको कार्यमा बजेटलाई लक्षित गर्ने अधिकतम प्रयास गरेको छु ।
५.मानव जीवनको रक्षा, सामाजिक आर्थिक क्रियाकलापहरु सञ्चालनको व्यवस्था, सहजीकरण तथा नियमन गर्नु तथा स्थानीयहरुको अति आवश्यकीय पूर्वाधार सम्बन्धी जटिलताहरुको सीमित स्रोतबाट उच्च सन्तुष्टि प्राप्त हुने गरी आफ्ना कार्यक्रमहरु परिलक्षित गर्नुस्थानीय सरकारको न्यूनतम दायित्व हो भन्ने कुरालाई आत्मसात गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि प्रतिबद्ध भई आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु ।
६.नेपालको संविधान,नेपाल सरकारका प्रचलित कानूनहरु,नेपालको दीर्घकालीन विकास लक्ष्य, सोह्रौँ आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमर बजेट, गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम, आवधिक विकास योजना र बजेट, रघुगंगा गाउँपालिकाको दोस्रो आवधिक विकास योजना, स्थानीय राजनैतिक दलहरु, स्थानीय विज्ञ, नागरिक क्षेत्रका अगुवा, विषयगत समिति लगायत सरोकारवाला संघ(संस्थाहरुको सुझावलाई बजेट तर्जुमाको मार्गदर्शनको रुपमा लिएको छु । साथै यस गरिमामय सभामा गाउँपालिका अध्यक्षज्यूबाट प्रस्तुत आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रमलाई प्रमुख आधार बनाएको छु ।
७.दिगो विकास लक्ष्यले राखेका अपेक्षाहरू प्राप्त गर्नका लागि समपूरक तथा परिपूरक भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोध गरी दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न प्रयास गरेको छु । साथै नेपालको दीर्घकालीन सोच ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई ‘समृद्ध रघुगंगा‚ सुखी रघुगंगाबासी’का रूपमा आन्तरिकीकरण गर्न जोड दिएको छु ।
८.अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पूँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेको छु । कार्यान्वयन योग्यता, विकासको आवश्यकता, नागरिकका अपेक्षा र विषय विज्ञहरूको सुझावलाई मध्यनजर गरी बजेट तयार गरेको छु ।
सभाका अध्यक्षज्यू, सभाका सदस्यज्यूहरु ।
९.उपलब्ध स्रोत र साधनको न्यायोचित वितरण तथा दिगो र समावेशी विकास मार्फत आर्थिक‚सामाजिक असमानताको अन्त्य गर्दै आत्मनिर्भर उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने संघ तथा प्रदेशको सिद्धान्तमा ऐक्यबद्धता रहने गरी आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटका उद्देश्य तथा प्राथमिकता निर्धारण गरिएको छ । प्रस्तावित बजेटका उद्देश्यहरु निम्न अनुसार रहेका छन्–
क.गाउँपालिकाको अर्थतन्त्रलाई चलायमान बनाइ उच्च, दिगो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने,
ख.शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता नागरिकका अत्यावश्यकीय सेवालाई गुणस्तरीय र आम नागरिकको पहुँचमा सहज रुपमा पु¥याउने
ग.सुशासन कायम गरी नागरिक मैत्री सेवा प्रवाह गर्ने
घ.योजना निर्माण, विकास र समृद्धिमा सार्वजनिक,निजी र सहकारी क्षेत्रको साझेदारी अभिवृद्धि गर्ने
ङ. हरेक नागरिकको जीवन अमूल्य हुने भएकोले विभिन्न महामारीजन्य रोगहरू र विपद्बाट नागरिकको जीवनरक्षा गर्ने
च.उपलब्ध साधन, स्रोत र क्षमताको आदर्शतम् प्रयोग गरी सर्वाङ्गीण विकासलाई निरन्तरता दिने
छ.लोकतन्त्रका लाभहरूको समानुपातिक‚समावेशी र न्यायोचित वितरण गर्दै लोककल्याणकारी भूमिकालाई प्रभावकारी बनाउँदै लैजाने,
ज.सामाजिक‚आर्थिक र भौतिक पूर्वाधार विकासमार्फत् समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने
झ. स्थानीय नेतृत्वको विकास र सेवा प्रवाहमा सरल,सहज र समावेशी पहुँच सुनिश्चित गर्ने
ञ.स्थानीय तहमा विधायिकी,कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने ।
सभाध्यक्ष महोदय एवम् सभासदस्यज्यूहरु ।
अब म रघुगंगा गाउँपालिकाकोगत आर्थिक वर्ष २०८०।८१ को यथार्थ आर्थिक अवस्थालाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
१०. गत आर्थिक वर्ष २०८०।०८१ मा आन्तरिक आय १ करोड ३० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएकोमा १ करोड १३ लाख ६१ हजार ७ सय ३२ रुपैयाँ ४० पैसा प्राप्त भएको छ भने अघिल्लो आर्थिक वर्षमा खर्च नभई आल्या रहेको रकम ४ करोड ९५ लाख ५१ हजार ८ सय २६रुपैयाँसहित आन्तरिक आयतर्फ कुल रकम ६ करोड ९ लाख १३ हजार ५ सय ५८ रुपैयाँ ४० पैसा वास्तविक आम्दानी भएको जानकारी प्रस्तुत गर्दछु । जुन रकम अनुमानित आन्तरिक आयको प्रक्षेपण भन्दा १६ लाख ३८ हजार २ सय ६७ रुपैयाँ ६० पैसा कम संकलन भएको यथार्थ अवस्थाको जानकारी गराउँदछु । नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान बापत ७ करोड ९१ लाख रुपैयाँको आय अनुमान गरिएकोमा ७ करोड ३५ लाख ६३ हजार रुपैयाँ वास्तविक निकासा प्राप्त भएको छ । त्यसैगरी सङ्घीय राजस्व बाँडफाँडबाट ८ करोड ६८ लाख ११ हजार ६ सय रुपैयाँको आय अनुमान गरिएकोमा ७ करोड ४६ लाख १७ हजार ३ सय २ रुपैयाँ २ पैसा वास्तविक निकासा प्राप्त भएको छ ।
११. गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान तर्फ९५ लाख ११ हजार रुपैयाँ आय अनुमान गरिएकोमा ७१ लाख ३३ हजार २ सय ५० रुपैयाँ वास्तविक निकासा प्राप्त भएको छ । प्रदेश राजस्व बाँडफाँडबाट ७४ लाख ६५ हजार रुपैयाँआय अनुमान गरिएकोमा ८१ लाख ५८ हजार ४ सय ३० रुपैयाँयथार्थआम्दानी प्राप्त हुन आएको छ ।
१२.गत आर्थिक वर्षको सङ्घीय सरकार सशर्त अनुदानतर्फ २१ करोड ७९ लाख ६३ हजार रुपैयाँ आय अनुमान गरिएकोमा १९ करोड २ लाख ५ हजार ७ सय १९ रुपैयाँ ३८ पैसा तथा विशेष अनुदानतर्फ ७० लाख रुपैयाँ आय अनुमान गरिएकोमा ५० लाख ४६ हजार ५ सय ६७ रुपैयाँ यथार्थ आय भएको छ । साथै संघीय सरकारको समपूरक अनुदान तर्फ ५० लाख रुपैयाँ आय अनुमान गरिएकोमा ३७ लाख २६ हजार ५ सय ३५ रुपैयाँ वास्तविक आय प्राप्त हुन आएको छ । प्रदेश समपुरक अनुदान तर्फ ६० लाख आय अनुमान गरिएकोमा ४० लाख ४२ हजार २ सय रुपैयाँ वास्तविक आय प्राप्त भएको व्यहोरा प्रस्तुत गर्दछु ।
१३.यसरी गत आर्थिक वर्षमा ४८ करोड ६४ लाख २ हजार ४सय २६ रुपैयाँ आय प्रक्षेपण गरिएकोमा वास्तविक आम्दानी ४२ करोड ७४ लाख ६ हजार ५ सय ६१ रुपैयाँ ८० पैसा वास्तविक आय प्राप्त हुन आएको छ । जुन कुल बजेट प्रक्षेपणको ८७ दशमलव ८७ प्रतिशत आम्दानी प्राप्त भएको यथार्थ व्यहोरा पेश गर्दछु ।
१४। त्यसैगरी सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता बापत ११ करोड ५७ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ११ करोड ५३ लाख ७३ हजार ९ सय ४० रुपैयाँ ६६ पैसा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । साथै स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमतर्फ ११ लाख ४० हजार रुपैयाँ बजेट निकासा भइ खर्च भएको छ ।
१५. गरिबसँग विश्वेश्वर कार्यक्रमतर्फ ४ लाख १५ हजार बजेट प्राप्त भएकोमा ४ लाख १० हजार ३ सय ५५ रुपैयाँ खर्च भएको छ । त्यस्तै राष्ट्रपति महिला सशक्तिकरण परियोजनातर्फ ११ लाख रुपैयाँ स्विकृत बजेट प्राप्त भएकोमा १० लाख ८९ हजार ६ सय ७० रुपैयाँ निकासा भई खर्च भएको छ ।
अब म गत आर्थिक वर्ष २०८०।८१ मा भएको स्रोतगत खर्च विवरण पेश गर्न चाहन्छु ।
१६.गत आर्थिक वर्ष २०८०।८१ मा आन्तरिक राजश्वतर्फ ५ करोड ३९ लाख १८ हजार ६ सय ७४ रुपैयाँ १२ पैसा यथार्थ खर्च भएको छ । नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ६ करोड ३० लाख ९४ हजार ७ सय ९८रुपैयाँ वास्तविक खर्च भएको छ भने सङ्घीय राजस्व बाँडफाँडतर्फ ६ करोड २ लाख २८ हजार ८ सय २७ रुपैयाँ २९ पैसा वास्तविक खर्च भएको छ ।
१७. गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानतर्फ ७० लाख ९३ हजार २ सय २८ रुपैयाँ यथार्थ खर्च भएको छ । प्रदेश राजस्व बाँडफाँडतर्फ ५६ लाख ८० हजार ३ सय ९७ रुपैयाँ वास्तविक खर्च भएको छ ।
१८.सोही आर्थिक वर्षमा सशर्त अनुदान सङ्घीय सरकारतर्फ १९ करोड २ लाख ५ हजार ७ सय १९ रुपैयाँ ३८ पैसा तथा विशेष अनुदानतर्फ ५० लाख ४६ हजार ५ सय ६७ रुपैयाँ र संघीय सरकारको समपूरक अनुदानतर्फ ३७ लाख २६ हजार ५ सय ३५ रुपैयाँ यथार्थ खर्च भएको छ ।
१९.गण्डकी प्रदेश सरकारको समपूरक अनुदानतर्फ ४० लाख ४२ हजार २०० रुपैयाँ यथार्थ खर्च भएको व्यहोरा पेश गर्दछु ।
२०. गत आर्थिक वर्षको बजेटबाट कुल रकम ३९ करोड ३० लाख ३६ हजार ९ सय ४५ रुपैयाँ ७९ पैसा खर्च भएको छ, जुन कुल विनियोजनको ८० दशमलव ८० प्रतिशत र कुल निकासा रकमको ९१ दशमलव ९५ प्रतिशत वित्तीय प्रगति हासिल हुन आउँछ । जसमध्ये चालु खर्चतर्फ २९ करोड ८४ लाख ८१ हजार १ सय ३४ रुपैयाँ र ५६ पैसा खर्च भएको छ । जुन कुल चालु खर्च विनियोजनको ८२ दशमलव ९८ प्रतिशत चालु खर्चतर्फ वित्तीय प्रगति हासिल हुन आएकोछ भने पूँजीगत खर्चतर्फ ९ करोड ४५ लाख ५५ हजार ८ सय ११ रुपैयाँ २३ पैसा खर्च भएको छ, जुन कुल पूँजीगत खर्च विनियोजनको ७५ दशमलव २६ प्रतिशत पूँजीगत वित्तीय प्रगती हासिल हुन आएको छ ।
२१.प्रस्तुत गत आर्थिक वर्षको वित्तीय उपलब्धि सोभन्दा अघिल्लो आर्थिक वर्षको तुलनामा २ दशमलव १६ प्रतिशत बढी भएको छ । जहाँ अघिल्लो आर्थिक वर्ष२०७९।०८० मा ७८ दशमलव ६३ प्रतिशत वित्तीय प्रगति हासिल भएको यथार्थ व्यहोरा जानकारी गराउँछु ।
गाउँ सभाका अध्यक्ष महोदय, गाउँसभाका सदस्यहरु ।
अब म चालु आर्थिक वर्ष २०८१।८२ को संशोधित बजेट तथा आय तथाव्ययको जेठ मसान्तसम्मकोयथार्थ स्थिति प्रस्तुत गर्दछु ।
२२.चालु आर्थिक वर्षमा आन्तरिक आय १ करोड४५ लाख रुपैयाँ प्राप्त हुने संशोधित अनुमान रहेकोमा २०८२ जेठ मसान्तसम्म १ करोड २२ लाख ३५ हजार २ सय १७ रुपैयाँ ३१ पैसा प्राप्त भएको छ भने गत आर्थिक वर्षको बैंक मौज्दात ३ करोड ४४ लाख १ हजार २ सय १९ रुपैयाँ ८३ पैसा समेत आन्तरिक स्रोतको बजेट ४ करोड ६६ लाख ३६ हजार ४ सय ३७रुपैयाँ १४ पैसा प्राप्त भइ ३ करोड २१ लाख ५० हजार ८ सय ८९ रुपैयाँ ८० पैसा खर्च भएको छ । त्यसैगरी नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान बापत ७ करोड ८२ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत भएकोमा जेठ मसान्तसम्म ७ करोड ११ लाख ६२ हजार रुपैयाँ प्राप्त भइ ३ करोड ४३ लाख ६५ हजार ६ सय १ रुपैयाँ २६ पैसा खर्च भएको छ । सङ्घीय राजस्व बाँडफाँडतर्फ ९ करोड २२ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत भएकोमा ७ करोड २३ लाख २६ हजार ४ सय १४ रुपैयाँ ५७ पैसा आम्दानी भइ ५ करोड २ लाख ८४ हजार ८ सय ६१ रुपैयाँ ४० पैसा खर्च भएको छ ।
२३.गण्डकी प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानतर्फ ९४ लाख ५७ हजार रुपैयाँ संशोधित बजेट स्वीकृत भएकोमा जेठ मसान्तसम्म ९४ लाख ५७ हजार रुपैयाँ वास्तविक आय प्राप्त भइ ३४ लाख ५९ हजार ८ सय ४९ रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेश सरकारको राजस्व बाँडफाँड तर्फ १ करोड १४ लाख ३८ हजार रुपैयाँ राजश्व प्राप्त हुने संशोधित अनुमान गरिएकोमा जेठ मसान्तसम्म ७८ लाख ३२ हजार ६ सय २५ रुपैयाँ वास्तविक आय प्राप्त भइ २६ लाख २१ हजार ७४ रुपैयाँ ४० पैसा खर्च भएको छ ।
२४.चालु आर्थिक वर्षको सशर्त अनुदान सङ्घीय सरकारतर्फ २१ करोड ८२ लाख ४४हजार रुपैयाँको संशोधित बजेट प्राप्त भएकोमा जेठ मसान्तसम्म १९ करोड १४ लाख ४८ हजार ३ सय ५० रुपैयाँ वास्तविक आम्दानी भई १४ करोड ३४ लाख ५५ हजार १ सय १८ रुपैयाँ ११ पैसा खर्च भएको छ भने सङ्घीय सरकार विशेष अनुदानतर्फ १ करोड २५ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत भएकोमा जेठ मसान्तसम्म २२ लाख १२ हजार ३ सय १५ रुपैयाँ आम्दानी प्राप्त भइ आम्दानी बराबर नै खर्च भएको छ ।
२५.गण्डकी प्रदेश सरकारको समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँको संशोधित बजेट स्वीकृत भइजेठमसान्तसम्म ३० लाख रुपैयाँ आम्दानी भइ १२ लाख ८३ हजार १ सय ७३ रुपैयाँ ८९ पैसा खर्च भएको छ । त्यस्तै गण्डकी प्रदेश विशेष अनुदानतर्फ ४० लाख बजेट विनियोजन प्राप्त भएकोमा जेठ मसान्तसम्म २० लाख निकासा प्राप्त भइ १२ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ ।
२६.संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ताबापत् ११ करोड ३१ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा तेस्रो त्रैमासिकसम्मको रकम निकासा भइ ८ करोड ७८ लाख ५९हजार ९ सय ८० रुपैयाँ वितरण गरी सकिएको छ भने चौथो त्रैमासिक लाभग्राहीको बैंक खातामा प्रविष्ट हुने अन्तिम चरणमा पुगेको छ ।
२७.यसरी चालु आ.व.को जेठ मसान्तसम्म ४० करोड ६० लाख ७२ हजार ४ सय ४१ रुपैयाँ ८० पैसा वास्तविक आम्दानी भइ २७ करोड १० लाख ८६ हजार ८ सय ८२ रुपैयाँ ८६ पैसा खर्च भएको छ ।
२८.चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म चालु खर्चतर्फ २२ करोड २६ लाख ४ हजार ६ सय ५७ रुपैयाँ ७१ पैसा अर्थात् ६१ दशमलव ५१ प्रतिशत खर्च भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ० दशमलव ३७ प्रतिशत कम खर्च भएको छ । पूँजीगत खर्चतर्फ४ करोड ८४ लाख ८२ हजार २ सय २५ रुपैयाँ १५ पैसा अर्थात ३८ दशमलव ८९ प्रतिशत भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ६८ प्रतिशत कम रहेको छ । चालु र पूँजीगत बजेटको औषत खर्च कुल बजेटमा ५५ दशमलव ७२ प्रतिशत रहेको छ । जुन सोही अवधिको तुलनामा ० दशमलव १५ प्रतिशतले कम रहेको छ ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु ।
अब म गाउँपालिकाको विकासका चुनौती तथा अवसरहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
२९. प्रस्तुत चालु आर्थिक वर्षको २०८२ जेष्ठ मसान्तसम्मको वित्तीय तथा भौतिक प्रगति विवरणको आधारमा तयार गरिएको संक्षिप्त समीक्षाको प्रवृत्ति विश्लेषण गर्दा आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न सन्दर्भमा कतिपय चुनौतीहरुको सामना गर्नुपर्ने साथै केही अवसरहरु समेत रहेको देखिएको छ । गाउँपालिकाको विकाससँग सम्बन्धित योजना तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्दै गर्दा देखा परेका केही चुनौतीहरुलाईसमेत यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
चुनौतीहरु
क. नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधन सहित) बमोजिमका व्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने
ख.सीमित स्रोत र साधनबाट असीमित जनचाहना तथा हरेक क्षेत्रतर्फका आवश्यकताहरुलाई एकमुष्ट रुपमा तत्कालै सम्बोधन गर्ने
ग. विभिन्न सात तहसम्मको योजना प्रक्रिया पूरा गरी योजना माग, छनोट, प्राथमिकीकरण र कार्यान्वयनमा कानूनी व्यवस्था अनुरुपको उत्तरदात्वि पूरा गर्न स–साना योजनाहरुलाई वडा तहबाट सम्बोधन गर्न लगाइ मझौला आकारका योजनामा गाउँपालिकाको बजेटलाई केन्द्रित गर्ने
घ.उपभोक्ता समितिको काम कारवाहिमा पारदर्शीता, जवाफदेहीता र अर्थपूर्ण जनसहभागिता कायम राख्ने
ङ.ठेक्का तथा उपभोक्ता समितिमार्फत् गरिने कार्य समयमा सम्पन्न गर्ने
च.गैरसरकारी संस्थाको बजेट,कार्यक्रमलाई गाउँपालिकाको प्राथमिकता क्षेत्रमा केन्द्रित गर्ने
छ. दिगो विकासको लक्ष्य प्राप्त गर्न नीति तथा कार्यक्रममा लक्ष्यहरुलाई स्थानीयकरण गर्ने
झ. आन्तरिक राजश्व संकलनको लक्ष्यलाई हासिल गर्न स्थानीय नागरिक तथा स्थानीय सरकारप्रति एक अर्काका पूरकका रुपमा रहेको आभाष दिलाउँदै घरदैलोको सरकारका रुपमा आशा र भरोषाको सञ्चार गर्ने
ञ .आर्थिक संकटका कारण नेपाल सरकार तथा प्रदेश सरकारबाट अनुमान गरिएको राजश्व तथा अनुदानको रकम सबै प्राप्त हुने अवस्थाको सुनिश्चितता नहुँदा तर्जुमा गरिएका योजनाहरुको कार्यान्वयनमा द्विविधा हुने समस्या निदानको पहल गर्ने
आदरणीय सभाध्यक्ष तथा सभा सदस्यज्यूहरु ।
प्रस्तुत चुनौतीहरुको सामना गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि यस गाउँपालिकाको सामाजिक, आर्थिक, वातावरणीय तथा भौगोलिक विशिष्टताका कारण प्राप्त हुन सक्ने अवसर र सम्भावनाहरुलाई समेत नकार्न वा नजरअन्दाज गर्न सकिँदैन, जसलाई संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।
अवसर तथा सम्भावनाहरुः
क. जिल्लाको सदरमुकामबाट दोस्रो नजिकको स्थानीय सरकारको रुपमा रहेको स्थानीय तह भएको
ख.हावापानी तथा जलवायुको दृष्टिबाट उचित वातवरण भएको
ग. विभिन्न स्थानीय स्रोत र साधनहरु उपलब्धता भएकाले उक्त स्रोतको परिचालन गरी स्थानीयस्तरमा उद्योग,पर्यटन तथा अन्य व्यवसाय सञ्चालनमा सहजता देखिएको,
घ. गाउँपालिका र वरिपरिका क्षेत्रलाई प्याकेजको रुपमा धार्मिक, ऐतिहासिक सम्पदा एवं उष्णदेखि शितोष्ण जलवायु भएका विविधतायुक्त प्राकृतिक सौन्दर्यका स्थानहरु जस्तैः आइसफल, धवलागिरी सेन्चुरीमार्ग, झीँ, टोड्के, रुइसे, मालिका मन्दिर, वेगखोलाको लामो पुल, भगवती मन्दिर, रानीपौवा, दर्मिजा तातोपानी कुण्ड, मण्डलीथान, रिखार मन्दिरलगायतकाउत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने देखिएको
ङ. स्थानीय स्तरमा उपलब्ध भएका खनिज तथा नदीजन्य पदार्थको व्यवस्थित उत्खनन् र उपयोग गरी गाउँपालिकाको विकास निर्माण तथा आयस्रोत बढाउन सकिने देखिएको
सभाका अध्यक्ष महोदय, सभाका सदस्यज्यूहरु
अब म आगामी आर्थिक वर्ष २०८२।८३ को क्षेत्रगत र विषयगत रुपमा विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु ।
आर्थिक विकास/कृषि विकास
३०. ‘कृषिलाईउद्यम, कृषकलाई उद्यमी’ भन्नेअभियानलाई निरन्तरता दिँदै निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषिमा गाउँपालिकालाई आत्मनिर्भर तुल्याउन यन्त्रिकीकरण र विशिष्टीकरण कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा आधुनिक कृषि औजार, उपकरण र मेसिनरी खरिदमा अनुदान सहयोगउपलब्ध गराउन १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु । साथै नेपाल सरकार र प्रदेश सरकारसँगको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यावसायीकरण र पूर्वाधार निर्माण गर्नेतर्फ विशेष जोड दिएको छु ।
३१.आथिर्क वर्ष२०८२।०८३ मा गाउँपालिका भित्रका सम्पूर्ण वास्तविक कृषकहरुलाई किसान सूचीकरण कार्यक्रममार्फत् सूचीकृत गरी स्वीकृत कृषकहरुलाई वर्गीकरणसहितको किसान परिचय नम्बर अंकित ‘कृषक परिचय पत्र’वितरण गरी सहुलियतका कार्यक्रममा समावेश हुनेव्यवस्थाकालागि१लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
३२. सिंचाइ अभाव भएका क्षेत्रलाई लक्षित गरी साना सिंचाइ योजनाहरू सञ्चालन गर्ने उद्देश्यलेकृषकलाई७५ प्रतिशत अनुदानमा साना सिंचाइका सामग्री खरिदमा सहयोग गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
३२. कृषकहरुलाई विभिन्न मौसमी तरकारी खेतीका लागि वडा कार्यालय मार्फत बीउ मिनी किटवितरण गर्ने तथा तरकारीमा आत्मनिर्भरता र पोषण सुरक्षामा सहयोग पु¥याउने अपेक्षासहित आवश्यक बजेट विनियोजन गरेको छु ।
३४.मौरीपालन व्यवसायलाई विस्तार गर्न एवं फस्टाउनका लागि व्यावसायिक मौरीपालनसम्बन्धी तालिम प्रदान गर्न एवं मौरीपालन सामग्री खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
३५.कृषि उत्पादकत्व बढाउन एकीकृतमाटो व्यवस्थापनका लागि माटो परीक्षण गर्न तथा माटोको अम्लियपना सुधार गर्नका लागि कृषि चुन सहुलियतमा वितरण गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
३६.कृषकको आवश्यकता अनुसार सुन्तला, किवि, फलफूल नर्सरी, च्याउखेती विषयमा स्थलगत तालिम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
३७.कृषक समूहहरूलाई परिचालन गरी सामूहिक उत्पादनमा सक्रियतापूर्वक एवं कृषि समूहकोसहकार्यमार्फत् कृषि उपजको बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
३८.उन्नत जातको गहुँको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरी गहुँको उत्पादन र गुणस्तरमा सुधार ल्याउने विश्वासका साथ उक्त कार्यक्रमका लागि यथेष्ट बजेट विनियोजन गरेको छु ।
३९.अघिल्ला आर्थिक वर्षहरुमा अनुदानमा वितरण भएका कृषि मेसिनरी औजारहरुकोसमेत सघन अनुगमन अनुदान वितरण प्रणालीलाई आवश्यक सुधार तथा पारदर्शिता कायम राख्नका लागि यथोचितबजेटको व्यवस्था गरेको छु ।
४०.गाउँपालिकामा उन्नत जातका सुन्तलाबगैँचाको क्षेत्र विस्तारमा सहयोग प्रदानगर्नका लागि सुन्तलाको बिरुवा खरिद गरी निःशुल्क वितरण गर्न ५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छु । साथै सुन्तला पकेट स्थापना गरी सुन्तलाको उत्पादकत्व अभिवृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग गर्नकृषकहरुलाई यथोचित परामर्श र सहयोग प्रदान गर्नका लागि संघीय ससर्त अनुदानमार्फत् १२ लाख रुपैयाँ विनियोजनको व्यवस्था गरेको छु ।
पशुपंक्षी विकास
४१.पशुपंक्षीको लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्री खरिद गरी सम्पूर्ण वडाका पशु सेवा केन्द्रमार्फत् सबै समयमा अटुट रुपमा वितरण गर्ने सुविधा उपलब्ध गराउनका लागि १५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छु ।
४२.भेडा र बाख्राको उत्पादकत्व अभिवृद्धि गर्न घुम्ती गोठका भेडा र बाख्रामा आन्तरिक तथा बाह्य परजीविजन्य रोगहरुको नियन्त्रणका लागि औषधि खरिद गरी वितरण गर्नका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
४३.बंगुर पालन व्यवसायलाई वृद्धि गर्नका लागि बंगुर प्रवद्र्धन कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
४४.एक गाउँ एक पशु प्राविधिकहरू तथा अन्य पशु प्राविधिकहरुको क्षमता अभिवृद्धि गरी कार्यसम्पादनमा सुधार ल्याउन प्राविधिकस्तरीय तालिमका लागि यथोचित बजेटको व्यवस्था गरेको छु ।
४५.पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधान गर्न आवश्यक सिमेन नाइट्रोजनको ढुवानी र व्यवस्थापन कार्यका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
४६.कृषकहरुको माग र वास्तविक आवश्यकता पहिचानका आधारमा सिपमुलक तालिम सञ्चालन गरी कृषकको ज्ञान संघीप अभिवृद्धि गर्न यथोचित बजेट व्यवस्था गरेको छु ।
४७.गाउँपालिकाभित्र घरपालुवा र सामुदायिक कुकुरहरुको संख्या नियन्त्रण तथा रेबिज रोगको जोखिम न्यूनीकरणका लागि निरन्तरता दिन निशुल्क कुकुर बन्ध्याकरण शिविरकार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
४८.कृषकलाई पशुपंक्षीको बिमा गर्न प्रोत्साहितगर्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने गरी बजेटको व्यवस्था गरेको छु ।
४९.पशु सेवा प्रवाहमा संलग्न प्राविधिकहरुलाई आवश्यक भौतिक साधन, सामग्री तथा सुविधा उपलब्ध गराई उनीहरुको कार्यक्षमतालाई सेवा प्रभावकारितामा अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
५०.गाउँपालिका भित्रका पशुपंछीमा देखिएका रोगहरूको पहिचान गरी उपचारका लागि पशु चिकित्सकको नेतृत्वमा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्न ४ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छु ।
रोजगार प्रवद्र्धन
५१.स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदि नियन्त्रण र सामाजिक पूर्वाधार लगायतका योजना तथा कार्यक्रममा आवश्यक पर्ने निर्माण सामग्री व्यवस्थापन गरी रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’सँग गाउँपालिकाबाट ३३ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छु ।
५२.आन्तरिक रोजगारी प्रवद्र्धनको लागि वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशिलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाएको छु ।
५३.संघीय सरकारबाट प्राप्त भइरहने प्राविधिक सहायक र रोजगार सहायकको तलब आगामी आ।व। देखि प्राप्त नहुने हुँदा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा रोजगार सेवा केन्द्रको सेवालाई निरन्तर रुपमा प्रवाह गर्न प्राविधिक सहायक र रोजगार सहायकको निरन्तरता आवश्यक पर्ने हुँदा त्यसका लागि गाउँपालिकाबाट आवश्यक बजेट व्यवस्था गरी रोजगार सेवा केन्द्रको सेवालाई निरन्तरता दिएको छु ।
उद्योग
५४.गाउँपालिकाक्षेत्रभित्रकाउद्यमगर्नचाहनेमहिला, दलित, अपाङ्गताभएकाव्यक्ति, विपन्न नागरिकहरुको विवरणसङ्कलनगरी उनीहरुलाई क्रमशः उद्यमशिलताविकासरस्वरोजगारकालागि सीपमूलकतालिम, प्रविधिहस्तान्तरणगरी दीर्घकालीनव्यवसायसँगजोड्न आवश्यक व्यवस्था मिलाएको छु ।
५५.गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम (मेड्पा) सञ्चालन निर्देशिका २०७७ बमोजिम गरिबी निवारणका लागिस्थानीय स्तरमा सम्भाव्य लघुउद्यमी पहिचान, छनोट तथा सम्भाव्यता अध्ययनका आधारमा गरिबीको रेखामुनि रहेका घरपरिवार भनी ठहरिएका परिवारलाई लक्षित समूह मानी सोही समुहका सदस्यलाई उद्यमशिलताका माध्यमद्वारा लघुउद्यमी र लघुउद्यम सृजना हुने गरी स्वरोजगार बन्न सक्ने व्यवस्था मिलाएको छु ।
सहकारी
५६. सहकारीसंस्थाहरुकोउचित प्रवद्र्धनरनियमनगर्नसहकारीसंघ, विषयगतसहकारीसंघरप्रारम्भिकसहकारीसंस्थासमेतकोलागतसाझेदारीमासहकारीसचेतना, सहकारीव्यवस्थापन, सहकारीलेखा, सहकारीप्रविधिजस्ताविषयहरुकोतालिमसञ्चालनगर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
५७. सबैसहकारीसंस्थाहरुलाईसहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) माआबद्धगर्ने तथासमानउद्देश्यभएकासहकारीसंस्था एकीकरणगर्नप्रोत्साहनगर्नुका साथै निष्क्रियसहकारीको दर्ता खारेजीतथा परिसमापन (लिक्युडेसन)सम्बन्धी प्रबन्ध गरेको छु ।
पर्यटन
५८.रघुगंगापर्यटनविकाससमितिगठनगरीरघुगंगागाउँपालिकालाईधार्मिकपर्यटनर पर्यापर्यटनक्षेत्रकोरुपमाविकास गर्न पर्यटन प्रवद्र्धनका लागि यथेष्ट बजेट विनियोजन गरेको छु ।
५९.गाउँपालिका क्षेत्रभित्ररहेका धवलागिरी आइसफल, धवलागिरी सेन्चुरीमार्ग, झीँ, टोड्के, रुइसे, मालिका मन्दिर, वेगखोलाको लामो पुल, भगवती मन्दिर, रानीपौवा, दर्मिजा तातोपानी कुण्ड, मण्डलीथान, रिखार मन्दिर लगायतसबैपर्यटकीयगन्तव्यहरुलाईनिश्चित आधारमा ‘पर्यटनगन्तव्यनम्बर प्रदानगरीव्यापक प्रचार–प्रसारगर्ने गरी पर्यटन प्रबद्र्धन गर्ने व्यवस्था मिलाएको छु ।
गाउँसभाका अध्यक्ष महोदय,सदस्यज्यूहरु !
सामाजिक विकास
शिक्षा
६०. सामुदायिकविद्यालयहरुकोशैक्षिकगुणस्तरअभिवृद्धिगर्न,पछाडिपरेकाविद्यालयहरुलाईशैक्षिक पूर्वाधार, नवीनतम् शैक्षिकसामग्री, सूचनाप्रविधिरतालिममासहयोगका निम्ति कार्यक्रमसञ्चालनगर्न तथा आवश्यकता पहिचानका आधारमा विद्यालयका लागि कम्प्युटर खरिद गरी प्रविधिमैत्री विद्यालय बनाउने अभियानलाई पूर्णता आवश्यक बजेट विनियोजन गरेको छु ।
६१.शिक्षा अभियानमा सबैको पहुँच सुनिश्चित गर्न गाउँपालिकाभित्रका सबै बालबालिकाहरुलाई प्रारम्भिक बालविकास शिक्षादेखि आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको पहुँच सुनिश्चित गरेको छु ।
६२.सामुदायिक विद्यालयहरुका लागि प्रदान गरिँदै आएको विद्यालय सञ्चालन तथा व्यवस्थापन अनुदान र ‘प्रधानाध्यापक प्रोत्साहन भत्ता’ लाई निरन्तरता दिएको छु ।
६३.शैक्षिक पहुँच विस्तारका लागि सामुदायिक सिकाइ केन्द्रमार्फत्साक्षरता शिक्षा, निरन्तर शिक्षा र सीपमूलक कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिएको छु ।
६४. विद्यालयको सहज पहुँच बाहिर रहेका विद्यार्थीहरुका लागि विद्यालय छात्रावासको व्यवस्था गरी शिक्षाको पहुँचमा अभिवृद्धि हुने कार्यलाई निरन्तरता दिएको छु ।
६५. विभिन्न अतिरिक्त क्रियाकलापहरुको माध्यमबाट विशिष्ट कला र क्षमता भएका बालबालिका तथा किशोरकिशोरीका लागि ‘विद्यार्थी प्रतिभा पहिचान’ कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
६६.गाउँपालिकास्तरीय शैक्षिक क्यालेण्डर निर्माण गरी विद्यालयहरुलाई अनिवार्य रुपमा ‘शैक्षिक क्यालेण्डर’ लागू गर्न गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
६७. शिक्षकहरुकोकक्षाअवलोकनरउपलब्धिमापनगर्नविषयविज्ञसमूहगठनगरीपरिचालनगर्न,विज्ञसमूहकोअवलोकनबाटविद्यालय एवं शिक्षककोसिकाइउपलब्धिकोमापन गर्न तथा विद्यालयकोअनुगमनलाई प्रभावकारीबनाउनवस्तुगतअनुगमनकार्यसूचीतयारगरी कार्यान्वयनगर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।अनुगमनप्रतिवेदनरविज्ञसमूहबाटभएकोसिकाइउपलब्धिकोमापनको आधारमा ‘उत्कृष्टविद्यालय,उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थी छनोट गरीपुरस्कृतगर्न यथोचित बजेटको प्रबन्ध मिलाएको छु ।
६८.विद्यालयकोदिवाखाजाव्यवस्थितगर्न एवं समग्रशैक्षिकगतिविधिकोनियमितअनुगमनरसुधारकोलागिआवश्यक बजेट विनियोजन गरेको छु ।
६९.सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुको महिनावारी चक्रलाई व्यवस्थित गरी उनीहरुको सिकाइ कार्यमा नियमितता दिन आवश्यक स्यानिटरी प्याडको व्यवस्थाका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएको छु । विद्यालय तहमा अध्ययनरत सबै बालबालिकालाई ‘निःशुल्क पाठ्यपुस्तक’ को व्यवस्था गरी सबै बालबालिकाहरुलाई विद्यालय शिक्षामा पहुँच सुनिश्चित गर्न र स्थानीय पाठ्यपुस्तक निर्माण गरी उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
७०.नेपालसरकारको आ.व.२०८२।०८३कोबजेटमाघोषणाभएबमोजिमबालविकास सहजकर्ता र विद्यालयकर्मचारीकोतलबमागाउँपालिकाबाटप्रदान गरिँदै आएको थप रकमलाई रिन्तरता दिने प्रबन्ध मिलाएको छु ।
७१.नमूना विद्यालय विकास कार्यक्रम’ लाई निरन्तरता दिइ एउटा विद्यालयमा भएका अनुकरणीय अभ्यासलाई अन्य विद्यालयमा हस्तान्तरणको वातावरण सिर्जना गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छु ।
७२.कृषि पेशालाई मर्यादित र सम्मानित पेशाका रुपमा विकास गर्ने उद्देश्यले कृषि शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाको एकमात्र प्राविधिक विद्यालय श्री मुक्तिधाम माध्यमिक विद्यालयमा कृषि शिक्षा अध्ययनरत २ र ३ नं. वडा बाहिरका विद्यार्थीहरुका लागि छात्रवासको प्रबन्ध गर्नेगरी६ लाख रुपैयाँ बजेट सुनिश्चितगरेको छु ।
७३.विद्यालयहरुमा अध्ययनरत किशोर किशोरीहरुका लागि स्वास्थ्य र मनोसामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गरी स्वास्थ्य परामर्श दिन ‘विद्यालयसँग स्वास्थ्यकर्मी कार्यक्रम’ सञ्चालनका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
७४.शैक्षिक रुपमा नमूना तथा उदाहरणीय कार्य नतिजा प्रदर्शन गरिरहेका विद्यालयहरुको शैक्षिक गतिविधि तथा कार्यक्रम अवलोकन गरी उक्त कार्यलाई अनुशरण गर्न गराउनका लागि यस गाउँपालिकाअन्तर्गतका प्रधानाध्यापक तथा शिक्षा समितिलाई शिक्षण अवलोकन भ्रमण सञ्चालन गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छु ।
७५.बालविकासकक्षाहरुमा बालमैत्रीसिकाइसामग्रीहरुकोव्यवस्थापनगरिनेछ। बालबालिकाको बसाइ व्यवस्थापनका लागि कक्षाकोठा व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिन २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
७६.नेपाल सरकारसँगको सहकार्यमा ‘उद्यमशिलतामैत्री शिक्षा’ लाई अवलम्बन गरी श्रम क्षेत्रमा रहेको सीपयुक्त जनशक्तिको अभाव र सीपहीन जनशक्ति जगेडा रहने समस्यालाई समाधान गर्न सघाउ पु¥याउने गरी आवश्यक प्रबन्ध मिलाएको छु ।
युवा तथा खेलकुद
७७. ‘स्वास्थ्यकालागिखेलकुद, राष्ट्रकालागि खेलकुद’ भन्नेनारालाईआत्मसाथगर्दैविद्यालयतहबाटै विभिन्नविधाकोखेलकुदकोअभ्यासरव्यावसायिकखेलाडीकोउत्पादनगर्नअन्तरविद्यालयस्तरीय ‘राष्ट्रपतिरनिङशिल्ड खेलकुद प्रतियोगिता’ सञ्चालन गरिनेछ, जसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
७८.रघुगंगागाउँपालिकाक्षेत्रभित्ररहेकाविभिन्नखेलप्रशिक्षकर खेलाडीहरुलाई जिल्ला, प्रदेशतथाराष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरुमाभागलिनप्रोत्साहनगरिने र उत्कृष्टखेलाडीतथाप्रशिक्षकलाईसम्मानतथापुरस्कृतगरिने कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
७९.खेलकुद क्षेत्रबाट महत्वपूर्ण पहिचान बनाएको यस गाउँपालिकालाई खेलकुद क्षेत्रबाट अझ अगाडी बढाउने तथा युवा खेलाडीहरुको पहिचान गरी खेलाडी एवं खेलकुदलाई जोड्ने तथा खेलाडी र खेलकुद क्षेत्रप्रति सम्मान बढाउने उद्देश्यले ‘गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता’ तथा ‘वडाध्यक्ष कप खेलकुद प्रतियोगिता’ सञ्चालन गरिने छ । जसका लागि पर्याप्त बजेट विनियोजन गरेको छु ।
आदरणीयअध्यक्ष महोदय,सदस्यज्यूहरु !
स्वास्थ्य तथा आयुर्वेद
८०.महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक बिदाइ,सञ्चार खर्चतथाराष्ट्रिय अभियानहरुमा खटिएबापत् प्रोत्साहनस्वरुप थप यातायात खर्चको लागि आवश्यक बजेट विनियोजन गरेको छु । साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यकता अनुसार समीक्षा कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाएको छु ।
८१. खोपबाट बचाउन सकिने रोगहरुको रोकथाम, नियन्त्रण, निवारण र उन्मूलनका लागि सर्भिलेन्स लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ । यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
८२.बढ्दो मानसिक स्वास्थ्य समस्या तथा नसर्ने रोगहरुको प्रकोप न्यूनीकरण गर्न समुदायस्तरमा स्क्रिनिङ्ग एवम् व्यवस्थापनको लागि अभियान सञ्चालनगर्न ३ लाख रुपैयाँ बजेटको व्यवस्था मिलाएको छु ।
८३.स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइहरुबाट निःशुल्क वितरणको लागि आवश्यक औषधि तथा सर्जिकल सामग्री साथै ल्याव सञ्चालनको लागि प्रयोगशाला सामग्रीहरुको नियमित आपूर्ति हुने व्यवस्था गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
८४.नेपाल सरकारको दिगो विकास लक्ष्य अनुसार २०३० सम्म आमा र बच्चामा हुने कुपोषण घटाउने प्रयोजनका लागि गर्भवती तथा सुत्केरी महिलाहरुको पोषण प्रवद्र्धन गर्न आ.व. २०७५।०७६ देखि सुरु गरिएको उपाध्यक्ष उपहार कार्यक्रम ‘सुत्केरी महिलाहरुका लागि स्वास्थ्यकर्मीसहित उपाध्यक्ष उपहार कार्यक्रम’ एवं ‘पोषिलो खाना, कोसेली झोला’ कार्यक्रमलाई निरन्तरता दिइनेछ । जसका लागि ५ लाख रुपैयाँ बजेट विनियोजनको व्यवस्था मिलाएको छु ।
८५.विश्वमा नसर्नेतथा मानसिक रोग र आत्माहत्या जस्ता घटनाहरु दिन प्रतिदिन बढ्दै गएकाले ‘अध्यक्षसँग जेष्ठ नागरिक, नसर्ने रोग तथा मनोसामाजिक परामर्श कार्यक्रम’ नाराका साथ नसर्ने रोग (मुटुरोग, मुधुमेह, क्यान्सर, मृगौला, उच्च रक्तचाप, छारे, मानसिक रोग, आत्महत्या) जस्ता घटनाहरुलाई कम गर्न जनचेतना कार्यक्रम सञ्चालन तथा उक्त रोगहरुको स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गर्न जेष्ठ नागरिकको घरमा महिनाको एकपटक स्वास्थ्यकर्मी परिचालन गर्नका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
८६.नेपाल सरकारले तोके बमोजिमको लक्ष्य पूरा गर्न ३० वर्ष माथिका ९५ प्रतिशत महिलाहरुमा प्रजनन् स्वास्थ्य रुग्णता (पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, अव्सट्रेटिक फिस्टुला र आङ खस्ने समस्या) को स्क्रिनिङ्ग तथा व्यवस्थापनसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
८७. घरमा हुने सुत्केरी दर घटाइ मातृ तथा नवशिशु मृत्युदर घटाइनेछ । साथै गर्भवती महिलाहरुको स्वास्थ्य निगरानी बढाउन र पोषणको व्यवस्थालाई निरन्तरता दिन २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छु ।
८८.स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइहरुको लागि कार्यालय सञ्चालन तथा व्यवस्थापनमा सहजीकरण गर्न आवश्यक प्रबन्ध मिलाएको छु ।
८९.खोप कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरी नियमित खोप सुदृढीकरण, अनुगमन, पूर्ण खोप सुनिश्चितता र दिगोपना, वडारपालिका घोषणा कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
९०.नेपाल सरकारको दिगो विकास लक्ष्य नं. २ अनुसार २०८७ सालसम्म हरेक स्थानीय तहलाई पोषणमैत्री स्थानीयतह घोषणा गर्ने कार्यकम रहेकाले ८ वटै वडामा रहेकासुनौलो हजार दिनका आमा र नागरिकहरुको पोषण सुधार कार्यकम सञ्चालनका लागि कृषि र भेटेरिनरीसँग समन्वय गरी पोषण प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
९१। महिला स्वास्थ्य स्वयंसेविकाहरुले सर्वसाधरण जनता र बिरामीहरुको प्रत्येक्ष सम्पर्कमा रही सेवा दिनुपर्ने भएकाले निजहरुको उपचारको लागि ‘स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरिनेछ। जसका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
९२.स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तथा आपूर्ति व्यवस्थापन सूचना प्रणालीलाई थप सुदृढ र व्यवस्थापनका लागि आवश्यक अभिलेख तथा प्रतिवेदन फारामहरु व्यवस्थापन गर्न चाहिने बजेटको प्रबन्ध गरेको छु ।
९३.बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ्ग कर्मचारीहरुको क्षमता विकासका लागि ‘क्लिनकल मेन्टरिङ्ग तथा स्थलगत अनुशिक्षण’ कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
९४.नागरिकहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी गाउँपालिकाका विभिन्न वडामा विभिन्न रोगहरुसँग सम्बन्धित स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ । यसरी शिविरहरु सञ्चालन गर्दा यसपूर्व कुनै शिविर सञ्चालन नभएका वडाहरुलाई प्राथमिकतामा राखी सञ्चालन गरिने छ । जसका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
९५.विभिन्न सेवामा छुट सेवाग्राहीहरुको ट्रेसिङ्ग गरी स्वास्थ्य सेवाको पहुँच तथा उपभोग वृद्धिका लागि स्वास्थ्यकर्मीहरुलाईसञ्चार सुविधाको व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
९६.विद्यार्थीहरुमा सचेतना वृद्धि गरी बालविवाह न्यूनीकरण गर्न, कम उमेरमा हुने गर्भधारणलाई रोक्न, महिनावारी स्वच्छता राख्न, किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ‘विद्यालय स्वास्थ्य शिक्षा’ कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाएको छु ।
९७.स्वास्थ्य चौकीहरुमा स्वच्छ वातावरण कायम राख्न तथा हराभरा बनाइ राख्न सबै स्वास्थ्य चौकीहरुमा करेसाबारी तथा बगैँचा निर्माणगर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
९८.स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवाहरुको गुणस्तरीयता वृद्धि गर्न न्यूनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाएको छु ।
९९.रघुगंगा गाउँपालिकाअन्तर्गत सामुदायिक स्वास्थ्य इकाइ र प्रसूती सेवा केन्द्रमा गाउँपालिकाको तर्फबाट अतिरिक्त स्वास्थ्यकर्मी परिचालन गरी नागरिकको आधारभूत स्वास्थ्य सेवा लिन पाउने मौलिक हकलाई सुनिश्चितता प्रदान गरेको छु ।
१००. प्रदेश सरकारसँगको सहकार्यमा जोखिममा परेका गर्भवती महिलाहरुको ‘हेली उद्धार’ कार्यलाई सञ्चालन गर्ने व्यवस्था मिलाएको छु ।
१०१.प्रदेश सरकारसँगको सहकार्यमा सबै स्वास्थ्य चौकीहरुमा विद्युतीय स्वास्थ्य अभिलेखीकरण प्रणालीको सुरुवातगर्ने प्रबन्ध गरेको छु ।
१०२. आयुर्वेदसेवालाईप्रभावकारीबनाउनआयुर्वेदस्वास्थ्य, योग, ध्यान तथा आयुर्वेद प्रवद्र्धन कार्यक्रम, नागरिक आरोग्य कार्यक्रम तथा गाउँघर क्लिनिक कार्यक्रमसञ्चालन गरिने छ। यसका लागि १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
सामाजिक सुरक्षा
१०३.सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको पहिचान तथा नवीकरणमा सहजता र पारदर्शी बनाउन राष्ट्रिय परिचय नम्बरको माध्यमबाट बायोमेट्रिक भेरिफिकेसन गर्ने उद्देश्यले आखाँको माध्यमबाट स्क्यान गर्नको लागि आइ स्क्यानर डिभाइसको खरिद गरिनेछ । जसका लागि ३ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छु ।
१०४.सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित समूहहरुलाई बैंकिङ्ग प्रणालीमार्फत् विद्युतीय माध्यमबाट भत्ता वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाउन, व्यवस्थापन प्रणालीमा थप सहजता र यथार्थ विवरण सङ्कलन गर्नुका साथै लाभग्राहीहरुलाईसामाजिक सुरक्षा भत्ताको प्रत्याभूति दिलाउनको लागि सबै वडाहरुमा त्रैमासिक रुपमा भत्ता वितरण कार्यक्रम सञ्चालन गरिनेछ । त्यसको लागि ३ लाख रुपैयाँ बजेटको सुनिश्चितगरेको छु ।
१०५. राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उपलब्ध गराएको व्यक्तिगत घटना दर्ताको पूर्णता मापनसम्बन्धी कार्यविधि, २०८१ बमोजिम अनुसार व्यक्तिगत घटना दर्ताको पूर्णता मापन तथा घोषणा गर्ने कार्यक्रमका लागि १ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
सामाजिक विकास तथा लैङ्गिक समावेशीकरण
१०६.बालबालिकाहरुकोरेखदेख संरक्षण पालनपोषण र शिक्षाको आधारका रुपमा प्रत्यक बालिकाहरूको हितको लागि छोरी पेवा बचत कार्यक्रमलाई निरन्तरता दिइनेछ । यसका लागि छोरी पेवा बचत कार्यक्रम अन्तर्गत २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छु ।
१०७.अपाङ्ग,एकल महिला, विधवा वञ्चितिकरणमा परेका महिलाहरूको लागिरोजगारी तथा स्वरोजगारीका अवसर वृद्धि र क्षमता विकासका लागि ‘उपाध्यक्ष महिला सशक्तिकरण तथा महिला उद्यमशिलता प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरिनेछ । जसका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
१०८.हाम्रो समाजमा भएका वा हुने गरेका राम्रा, असल, सिर्जनशील कार्य तथा अभ्यासहरुलाई उजागर गर्नका लागि ‘हाम्रो समाज, राम्रो समाज’ कार्यक्रम सञ्चालन गरिनेछ । जसका लागि आवश्यक बजेट र स्रोत सुनिश्चित गरेको छु ।
१०९.ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्ने वातावरण श्रृजना गर्नका लागि कार्यक्रम गर्ने गरी आवश्यक बजेट छुट्याएको छु ।
११०. गैरसरकारी संघ–संस्थाहरुबाट सञ्चालित हुने कार्यक्रमको अभिलेखीकरण गर्न, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक प्रबन्ध गरेको छु ।
१११.दिगो विकास लक्ष्य बमोजिम लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालबालिकाहरुलाई सशक्त बनाउन तथा दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी,जवाफदेही र समावेशी संस्थाको स्थापना गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न यथेष्ट बजेट विनियोजन गरेको छु ।
११२.बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्न ‘बालमैत्री स्थानीय शासन प्रवद्र्धनसम्बन्धी बालबालिका तथा युवा सम्बन्धि कार्यक्रम’ सञ्चालन गरिनेछ । जसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
११३.परम्परागत रुपमा सङ्गठित भइ सामूहिक काम गर्दै आएका महिला तथा आमा समूहहरुलाई संस्थागत गरी परिचालन तथा क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
११४. घरेलु हिंसा, छुवाछुतजस्तासामाजिककुरीति हटाउने पहलकदमीका साथकार्यक्रमसञ्चालनगरिनेछ साथै ‘लैंगिकरयौनिकहिंसान्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’ सञ्चालनगरिने छ । यसका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु ।
११५. अपाङ्गताभएका व्यक्तिहरुका लागि ‘अपाङ्गतालक्षित कार्यक्रम’ सञ्चालन गरिने छ । अपाङ्गता भएका व्यक्तिको पहिचान र वर्गीकरणको मापदण्ड अद्यावधिक गरी परिचयपत्र वितरण वितरण गर्ने व्यवस्था मिलाएको छु ।
गाउँ सभाका अध्यक्ष महोदय,सदस्यज्यूहरु !
पूर्वधारविकास
भवन तथा बस्ती विकास
११६.गाउँपालिकाको कार्यालय व्यवस्थापनका लागि संघीय सरकार तथा प्रदेश सरकारसँगको समन्वयमा व्यवस्थित एवं सुविधासम्पन्न ‘प्रशासनिक भवन निर्माण’ कार्यलाई निरन्तरता दिन २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
११७।.गाउँपालिकास्थित १ नं। वडा कार्यालयको भवन निर्माण सम्पन्न भइसकेको र सभाहल नभएको हुनाले उक्त कार्यलाई सम्पन्न गर्नका लागि वडा तथा गाउँपालिकाको तर्फबाट आवश्यक बजेट विनियोजन गरेको छु ।
११८.गाउँपालिकाक्षेत्रभित्रनिर्माणहुनेसबैसार्वजनिकपूर्वाधारलाईअपाङ्गमैत्रीरबालमैत्रीबनाउने कार्यनीति अख्तियार गरी कार्यक्षेत्रमा सोहीबमोजिम कार्य गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
सडक तथा पुल
११९.गाउँपालिकाअन्तर्गतका सबै वडाका सडकलाई निर्वाध रुपमा सबै महिनामा सञ्चालनमा ल्याउन र वर्षायाममा बिग्रेको बाटो मर्मत तथा सम्भार गर्ने गरी ‘नियमित सडक मर्मत सम्भार तथा सञ्चालन’शीर्षकमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
१२०.रघुगंगा गाउँपालिका वडा नं. २ भगवती मैदानदेखि बेगखोला, बेगदेउराली, बाँदुक तिप्ल्याङ सडकको मापदण्ड बमोजिम स्तरोन्नति गर्न संघीय समपुरक अनुदान तथा गाउँपालिका तर्फको साझेदारीबाट गरी १ करोड बजेट विनियोजन गरेको छु ।
१२१.गाउँपालिकाभित्रका सबै महत्वपूर्ण सडकहरु स्तरोन्नति तथा मर्मत सम्भार गर्ने कार्यलाई प्रभावकारी रुपमा प्राथमिकताका साथ अगाडी बढाउन यथेष्ट बजेटको व्यवस्थापन गरेको छु ।
१२२.गाउँपालिकाभित्र निर्माणाधीन विभिन्न हाइड्रोपावरहरुसँगको समन्वयमा हाइड्रो प्रभावित वडा एवं क्षेत्रहरुमा सडक स्तरोन्नति गर्नका लागि आवश्यक पहल गरिने व्यहोरा प्रस्तुत गर्दछु ।
खानेपानीतथा सरसफाइ
१२३. गाउँपालिकाक्षेत्रभित्रसञ्चालनमारहेकाखानेपानीआयोजनाहरुलाईयथाशक्यछिटोसम्पन्नगर्नसमन्वय रसहजीकरणसाथै यथेष्ट बजेटको व्यवस्था गरेको छु ।
१२४.गाउँपालिकाको ठूलो जनसंख्या लाभान्वित हुने वडा नं.४, जगाखोलादेखि दग्नाम–दर्मिजा–फूलबारी हुँदै मौवाफाँट गाउँपालिका केन्द्रसम्मको खानेपानी आयोजनालाई निर्माण प्रक्रियामा अगाडी बढाउन संघीय सरकार विशेष अनुदानबाट१ करोड २३ लाख बजेट व्यवस्था गरेको छु ।
१२५.गाउँपालिकाको ५ र ६ नं.वडाका बासिन्दालाई एक घर एक धारा खानेपानीको व्यवस्था गर्न वृहत घोप्टेखोला खानेपानी आयोजनासँगको सहकार्य गर्ने गरी यथेष्ट बजेटको व्यवस्था गरेको छु ।
१२६.गाउँपालिकाका आवश्यक विभिन्न स्थानमा खानेपानीका आयोजनाहरु निर्माण सम्पन्न गर्नका लागि आवश्यक बजेटको विनियोजन गरेको छु ।
१२७। गाउँपालिकाभित्र शुद्ध खानेपानीको व्यवस्थाका लागि ‘खानेपानीका मुहानहरुको पहिचान, संरक्षण, गुणस्तर परीक्षण, निर्मलीकरणर सरसफाई गर्ने कार्य’ लाई निरन्तरताका लागि ३ लाख बजेट विनियोजन गरेको छु ।
सञ्चारतथासूचनाप्रविधि
१२८. गाउँपालिकाकाविकासगतिविधि, सेवाप्रवाहरसामाजिकपरिचालनलगायतगाउँपालिकाबाटसम्पादनहुने क्रियाकलापहरुलाई वेबसाइट तथा सामाजिक सञ्चालमार्फत् निरन्तरप्रकाशन गर्ने कार्यलाई निरन्तरता दिइ सेवाप्रवाहलाई सूचनाप्रविधियुक्त बनाउन आवश्यक पहल गरेको छु ।
गरिमामय सभाका अध्यक्षज्यू,सदस्यज्यूहरु !
सुशासन तथा संस्थागत विकास
सार्वजनिक सेवा प्रवाह
१२९.सार्वजनिक सेवालाई प्रभावकारी बनाउन नेपाल सरकारसँगको समन्वयमा ‘फेसलेस सेवा’को बिस्तार गर्ने,गाउँपालिकाभित्र सदाचारिता, नैतिकता, मितव्ययिता, कुशलता र प्रभावकारिता झल्कने गरी कार्य गर्ने कर्मचारीलाई ‘गाउँपालिका उत्कृष्ट कर्मचारी’ पुरस्कारबाट सम्मान गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१३०.कार्यालयबाट गरिने सेवा प्रवाहलाई छिटो, छरितो, चुस्त, दुरुस्त, मितव्ययी, पारदर्शी, जवाफदेही र निष्पक्ष बनाइ सेवाप्रवाहमा सर्वसाधारणको सरल, सहज र समावेशी पहुँच सुनिश्चित दर्ता, चलानी तथा चिठ्ठीपत्र र सिफारिसलगायतका कार्यहरु अनलाइन प्रणाली मार्फत गर्न आवश्यक बजेट विनोयोजन गरेको छु ।
१३१.नेपाल सरकारबाट प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम बमोजिम कायम गरिएको कर्मचारीहरुको महंगी भत्तालाई यस पालिबाटसमेत थप गरी मासिक ५ हजार कायम गर्ने व्यवस्था मिलाएको छु ।
१३२.कार्यालयको काम नियमित रुपमा सञ्चालन गर्न आवश्यक जनप्रतिनिधि तथा कर्मचारीको तलबभत्ता, सेवा, सुविधा, मेशिनरी औजार, फर्निचर तथा फिक्चर्स लगायत कार्यालय सञ्चालन तथा सेवा प्रवाहका विभिन्न खर्च शीर्षकहरुमा आवश्यक बजेट विनियोजनको व्यवस्था मिलाएको छु ।
१३३. कर्मचारीहरुलाईउच्च मनोबलकासाथआफ्नोजिम्मेवारी पूरा गर्नेवातावरणतयारगर्नउत्प्रेरणारक्षमताविकासकाकार्यक्रमहरुसञ्चालन गर्न र विभिन्न स्थानीय तह तथा कार्यालयहरु एवं संघ–संस्थासँग असल अभ्यास आदान–प्रदान गर्नजनप्रतिनिधितथाकर्मचारीहरुका लागिअध्ययन–अवलोकनभ्रमणकार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
१३४.योजनाव्यवस्थापनरसेवाप्रवाहकोसम्बन्धमासार्वजनिक सुनुवाइ, सार्वजनिकपरीक्षण, सामाजिकपरीक्षण, ग्राहक सन्तुष्टि सर्वेक्षण, सुझावतथागुनासोसङ्कलनगर्नका लागि यथेष्ट बजेटको व्यवस्था गरेको छु ।
१३५.गाउँपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुसँगको समन्वयमा नागरिकहरुमा वित्तीय सचेतना अभिवृद्धि गन ‘वित्तीय साक्षरता कार्यक्रम’का लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
समन्वय र सहकार्य
१३६.विपद् व्यस्थापन, साझा पूर्वाधार निर्माण, सडकसञ्जाल, कानूनतर्जुमा, कर निर्धारण, स्थानीय दररेट निर्धारणलगायतकासाझासरोकारका विषयहरुको व्यवस्थापनमा एकरुपता ल्याउन अन्तरपालिकासमन्वय बैठक सञ्चालनका लागि बजेटको व्यवस्था गरेको छु ।
१३७. अन्तरपालिका र अन्तर्देशीयअसलअभ्यासकोआदान–प्रदान, स्थानीयशासनकोसंस्थागतविकासरअन्तरपालिकासमन्वयलाईप्रभावकारीबनाउन ‘एकप्रदेश ःएक पालिका’, अन्तर्राष्ट्रिय, स्थानीय सरकार तथा संघ–संस्थासँगभगिनीसम्बन्धकायमगर्न यथेष्ट बजेट विनियोजन गरेको छु ।
न्यायिक समिति
१३८.न्यायिक प्रक्रियामा भएका जटिलता हटाउने तथा न्याय सम्पादनको प्रक्रियालाई छिटो, सहज तथा लागतमैत्री बनाउने, मेलमिलाप केन्द्र व्यवस्थापनसम्बन्धी कार्यविधि बनाई मेलमिलाप केन्द्रको गठन, मेलमिलापकर्ता सूचीकृत, तालिम प्रदान तथा प्रोत्साहन साथै मेलमिलाप केन्द्रको अनुगमन गरी मेलमिलापकर्ताहरुको कार्यसम्पादन तथा विवाद व्यवस्थापन गर्न थप टेवा पुग्ने गरी आवश्यक बजेट विनियोजन गरेको छु ।
१३९.प्रत्येक वडामा समयानुकुल कानूनी सचेतनासम्बन्धी तालिम तथा कार्यक्रम सञ्चालन गरिनेछ । लैङ्गिक हिंसामा परेका नागरिकहरुको संरक्षणका लागि स्थानीय लैङ्गिक हिंसा निवारण कोष कार्यविधि बनाई कोष सञ्चालन गर्नेगरी उक्त कोषमा २ लाख बजेट विनियोजन गरेको छु ।
सभाका अध्यक्षज्यू एवं सभा सदस्यज्यूहरु ।
वन, वातावरण तथा विपद् व्यवस्थापन
१४०. गाउँपालिकास्तरीयविपद्जोखिमन्यूनीकरणतथाप्रतिकार्ययोजनाका आधारमा जोखिम प्रभावित क्षेत्र पहिचान तथा नक्साङ्कन गरी जोखिमबाट हुन सक्ने सम्भावित दुर्घटनाका लागि पूर्वसावधानी अपनाइ अन्तर पालिकास्तरीयविपद्जोखिमन्यूनीकरणतथाप्रतिकार्ययोजनानिर्माणगर्नआवश्यक बजेट विनियोजन गरेको छु ।
१४१.विपद् व्यवस्थापनपूर्वतयारी, उद्धार, राहतर पुननिर्माणतथा पुनस्र्थापनाकालागि विपद् व्यवस्थापनकोषलाई मजबुत बनाउनका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
कर तथा राजश्व सङ्कलन
१४२। गाउँपालिकाको विद्यमानराजश्वतथाकरनीतिरदरहरु वैज्ञानिक, वस्तुनिष्ठ, प्रगतिशीलरकरदातामैत्रीबनाउने, गाउँपालिकाक्षेत्रभित्ररहेकासबैव्यापार, व्यवसाय दर्ता गर्नेअभियानसञ्चालनगरिने र गाउँपालिकाका सबै वडामा राजश्व सङ्कलन, कर शिक्षा तथा कर सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु । यसरी आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि गाउँपालिकाबाट ५० करोड ११ लाख ४० हजार ८ सय २० रुपैयाँ बराबरको योजना तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट प्रस्ताव पेश गरेको छु ।
सभाका अध्यक्ष महोदय,सदस्यज्यूहरु !
अब म आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तुत गरिएको बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि लिइएको राजश्व सङ्कलनका प्रमुख आधारहरु प्रस्तुत गर्दछु ।
क. रघुगंगा गाउँपालिकाले स्वीकृत गरेका मौजुदा करका श्रोतहरुका आधारमा स्वीकृत राजश्व असुली प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
ख. कर तथा गैरकर राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन कानूनी तथा संस्थागत सुधार गरिनेछ । कर तथा गैरकरका दरलाई प्रगतिशील बनाइ राजस्व परिचालन गर्ने व्यवस्था मिलाएको छु ।
ग. रोडा, ढुङ्गा, गिटी, बालुवा, चुनढुङ्गालगायतका दहत्तर बहत्तर शुल्क, विज्ञापन कर र मनोरञ्जन कर स्थानीय तहबाट संकलन गरी विभाज्य कोष खातामा जम्मा गरी ६० प्रतिशत स्थानीय तहमा राखी ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा हुने कानूनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
घ. प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी सम्भावित बगरक्षेत्रहरूबाट दहत्तर बहत्तर सङ्कलन गरी आन्तरिक आय वृद्धि गर्ने लक्ष्य लिएको छु ।
ङ.गाउँपालिका भित्रमा सम्पत्ति करलाई थप व्यवस्थित बनाइ सङ्कलन गरिनेछ ।
च. गाउँपालिकाका विभिन्न वडामा रहेका स्थानीय श्रोतहरुको अध्ययन गरी अवस्था र आवश्यकता अनुसार कानून निर्माण गरी सम्भाव्य श्रोतहरुको समुचित उपयोगको नीति लिइएको छ ।
छ. गाउँपालिका भित्र सञ्चालित ठूला आयोजनाको निर्माणका कारण सडक जीर्ण हुने अवस्था आएमा त्यस्तो जीर्ण अवस्थाको मूल्याङ्कनका आधारमा स्थानीय सडक उपयोगसम्बन्धी शुल्क लगाउन आवश्यक नीति निर्माण गरिने छ ।
ज.रघुगंगा खोलाको प्रारम्भिक वातावरणीय अध्ययन गरी प्रतिवेदनका आधारमा नदी खोलाको पर्यावरणीय सन्तुलन नबिग्रने गरी नदीजन्य पदार्थको उत्खनन गरी आन्तरिक श्रोत वृद्धि गरिने छ ।
झ.स्थानीय कर राजश्व विज्ञ परामर्शदाताको माध्यामबाट स्थानीय कर राजश्व सम्बन्धी अध्ययन गराइ प्राप्त तथ्यका आधारमा सरोकारवालाहरुको सहभागितामा प्रशिक्षण गराइ स्थानीय करको पहिचान तथा करलाई परिभाषित गरी स्थानीय कर राजश्वको स्थायित्वमा आम गाउँपालिकाबासीहरुको उत्तरदायित्व वृद्धि गरिने छ ।
ञ. राजस्व सम्बन्धमा व्यवस्था गर्न प्रस्ताव गरिएको आर्थिक विधेयक २०८२ साल श्रावण १ गतेबाट कार्यान्वयन हुने व्यवस्था मिलाएको छु ।
अब म बजेटमा उल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।
१४३. नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड २८ लाख रुपैयाँ, सङ्घीय सरकारको राजश्व बाँडफाँडतर्फ १० करोड २५ लाख ७३ हजार ८ सय २० रुपैयाँ, सङ्घीय सरकार सशर्त अनुदानतर्फ २१ करोड ८८ लाखरुपैयाँ, सङ्घीय सरकार विशेष अनुदान तर्फ १ करोड २३ लाख रुपैयाँ र सङ्घीय सरकार समपूरक अनुदानतर्फ ७० लाख रुपैयाँ गरी सङ्घीय सरकारबाट प्राप्त हुने गरी ४३ करोड ३४ लाख ७३ हजार ८ सय २० रुपैयाँको बजेट प्राप्त हुन आएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ १ करोड १ लाख ६७ हजार रुपैयाँ, राजश्व बाँडफाँडतर्फ १ करोड १५ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ६० लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ गरी गण्डकी प्रदेश सरकारबाट जम्मा ३ करोड १६ लाख ६७ हजार रुपैयाँको बजेट प्राप्त हुन आएको छ । त्यसैगरी आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्वतर्फ १ करोड ५ लाख रुपैयाँको बजेट अनुमान गरिएको छ भने यस आर्थिक वर्षमा खर्च नभइ बाँकी रहने रकम २ करोड ५५ लाख रुपैयाँ हुने अनुमान गरी आन्तरिक आयतर्फ जम्मा ३ करोड ६०लाख रुपैयाँ रहने अनुमान गरिएको छ । सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र आन्तरिक राजश्व (आगामी आर्थिक वर्षको अनुमान र चालु आर्थिक वर्षमा खर्च नभई बाँकी रहने रकम) समेत गरी जम्मा ५० करोड ११ लाख ४० हजार ८ सय २० रुपैयाँ कुल आय प्राप्त हुने अनुमान गरी सोही बमोजिम व्ययको व्यवस्था मिलाएको छु ।
सभाका अध्यक्ष महोदय,गाउँसभाका सदस्यज्यूहरु ।
१४४. यस बजेटको पूर्ण कार्यान्वयनमा नागरिक सहभागितालाई नागरिकको अधिकारको रुपमा स्थापित गरी स्वशासन र जनताद्वारा शासनको चरितार्थ गरी जनताप्रति पूर्ण जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्ने कार्यमा हाम्रो सरकार पूर्ण प्रतिबद्ध र निरन्तर प्रयत्नशिल छ ।
१४५.यो बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने गाउँपालिका अध्यक्ष, गाउँसभाका सदस्यहरू, विभिन्न राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सहकारी क्षेत्र र विद्वत वर्ग,नागरिक समाजका तथा पत्रकार जगतबाट प्राप्त सुझाव, सहयोग र सल्लाहप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
१४६. प्रस्तुत बजेटको सफल कार्यान्वयनमा सम्बद्ध सबै पक्षको पूर्ण सहयोग रहने अपेक्षा गरेको छु ।साथै मुलुकभित्र र बाहिर रहनु भएका सबै नेपालीलाई ‘समृद्ध रघुगंगा, सुखी रघुगंगाबासी’ निर्माणको हाम्रो सरकारको महान अभियानमा सहभागी हुन हार्दिकतापूर्वक आव्हान गर्दछु ।
धन्यवाद ! जय रघुगंगा गाउँपालिका ! जय रघुगंगावासी !




