बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम

शेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८२, आइतबार

बागलुङ/एकता सहकारी संस्था लि. बागलुङले आफना शेयर सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको अग्रणी संस्थाले शनिवार बागलुङ नगरपालिका वडा नंम्वर २ का शेयर सदस्यहरुलाई सहकारी र सहकारीमा सदस्यको भूमिका बारे जानकारी गराईएको संस्था प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष युवराज राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारी र सहकारीमा सदस्यको भूमिका बारे ईश्वरठाकुर पौडेल र शान्ति ज्ञवालीले तथो संस्थाको गतिविधीका बारेमा प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी गराएका थिए ।

२०५६ सालमा स्थापना भएको यस संस्थाको हाल १ हजार ८ सय ८१ जना शेयर सदस्य रहेको बागलुङ नगरपालिका केन्द्रिय कार्यालय गल्कोट नगरपालिका र काठेखोला गाउँ पालिकामा सेवा केन्द्रमार्फत आफना सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । सस्थाको हाल ९ करोड २५ लाख शेयर पूँजी, बिभिन्न कोषमा ४ करोड रहेको र सदस्यहरुलाई २९ करोड लगानी गरेको प्रबन्धक राजभण्डारीले जानकारी दिए ।

कार्यक्रम संस्थाका सहसचिव एवं शिक्षा उपसमितिका संयोजक सुनिता पुरीको अध्यक्षता, उपसमिति सदस्य शान्ति ज्ञवालीले स्वागत र उपसमितिका सदस्य ईश्वरठाकुर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->