सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोट नगरपालिकाको बजेट ७१ करोड ७४ लाख

गलकोट नगरपालिकाको बजेट ७१ करोड ७४ लाख


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८२, आइतबार

बागलुङ/जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ७१ करोड ७४ लाख रुपियाँको बजेट ल्याएको छ ।

गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले शनिबार सार्वजनिक गरेको बजेटमा चालुतर्फ ५१ करोड ४२ लाख ३६ हजार ६ सय र पूँजीगततर्फ २० करोड ३१ लाख ६९ हजार गरी कुल ७१ करोड ७४ लाख ५ हजार ६ सय रुपियाँ बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ११ करोड ५१ लाख, राजस्व बाँडफाँटबाट १० करोड ४८ लाख ७५ हजार नौ सय ६४, सशर्त अनुदानबाट ३६ करोड ५३ लाख, विशेष अनुदानबाट एक करोड ३६ लाख प्राप्त हुने अनुमान गरेको छ भने गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमा एक करोड ४८ लाख २१ हजार, राजस्व बाँडफाँटबाट एक करोड २० लाख एक हजार, विशेष अनुदानबाट ४० लाख, समपुरक अनुदानबाट ६० लाख प्राप्त हुने अनुमान गरेको छ ।

आन्तरीक राजस्व एक करोड ९३ लाख बजेट विनियोजित गरिएको छ । युवा लक्षित कार्यक्रम तथा खेलकुदका लागि १८ लाख, लैङ्गिक समानता र सामाजिक समावेशिकरणका लागि ५९ लाख, कला संस्कृति र साहित्य तर्फ चार लाख, सहकारी क्षेत्रको विकास र प्रवर्धनको लागि चार लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ३८ लाख र वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रका लागि ५० लाख विनियोजन गरिएको छ ।

यस्तै, भौतिक पूर्वाधार तर्फका योजना कार्यान्वयन गर्न संघीय सर्शततर्फ एक करोड २० लाख र गलकोट नगरबाट ८ करोड १३ लाख र संघीय र प्रदेश अनुदानअन्तर्गत ३ करोड १२ लाख गरी ११ करोड ६५ लाख, उद्यमशीलता विकास तथा रोजगारी प्रवर्धनका लागि संघीय सशर्त अनुदान ३७ लाख र नगरपालिकाबाट १४ लाख गरी ५९ लाख १४ हजार र पर्यटनमा १२ लाख विनियोजित गरिएको छ ।

आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी क्षेत्रको समग्र कार्यक्रम सञ्चालन गर्नका लागि संघीय सशर्त अनुदानबाट २३ लाख एक हजार र नगरपालिकाबाट विनियोजित ६५ लाख गरी ८८ लाख एक हजार, पशुपन्क्षी विकास क्षेत्रका लागि सङ्घीय सशर्त अनुदानबाट १९ लाख १० हजार र नगरपालिकाबाट ३६ लाख गरी ५५ लाख १० हजार र सामाजिक विकासमा नगरपालिको ८ लाख, संघीय शसर्त २ लाख र प्रदेश शसर्त दुई लाख गरी १२ लाख विनियोजन गरिएको निउरेले बताए ।

शिक्षातर्फ नगरपालिको २ करोड २८ लाख, सशर्त अनुदान ३० करोड ११ लाख, संघीय विशेष अनुदानतर्फ १ करोड ३६ लाख र प्रदेश विशेष अनुदानमा ४० लाख गरी ३४ करोड १५ लाख, स्वास्थ्यतर्फ नगरपालिकाको दुई करोड ३७ लाख, शसर्त अनुदानसहित ५ करोड ५६ लाख गरी ७ करोड ९३ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->