शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पोखराको बजेट ८ अर्ब ३५ करोड १२ लाख

पोखराको बजेट ८ अर्ब ३५ करोड १२ लाख


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८२, आइतबार

पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगर प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै आइतबार नै उपप्रमुख मन्जुदेवी गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा चालु र पूजीगत खर्च कति भन्ने उल्लेख छैन । प्रमुख आचार्य सोमबारदेखि चीन भ्रमणमा जाने भएकाले हतारमा ल्याइएको बजेट त्रुटी नै त्रुटीयुक्त भेटिएको हो । बजेटको स्रोतमा संघीय सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड १२ लाख (३७.५ प्रतिशत), आन्तरिक आयबाट ५ अर्ब २२ करोड ३१ लाख (६६.५ प्रतिशत) प्राप्त हुने अनुमान गरिएको छ ।

खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड अनुमान गरिएको छ । वडा कार्यालयतर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड, शहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड बजेट प्रस्ताव गरिएको छ । आन्तरिक राजश्व परिचालनतर्फ करक्षेत्रको अंश ३ अर्ब २३ करोड ७२ लाख २७ हजार रहेको छ । स्थानीय राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड १५ लाख १४ हजार हुने अनुमान गरिएको छ ।

प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार, संघीय राजस्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार, संघीय अनुदानबाट ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदानबाट ८ करोड १५ लाख ४६ हजार ब्यहोरिने बजेटमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->