सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

विपन्नको उपचारमा सघाउन ‘जैमिनी स्वास्थ्य उपचार कोष’

विपन्नको उपचारमा सघाउन ‘जैमिनी स्वास्थ्य उपचार कोष’

चालु आर्थिक बर्षको बजेटमार्फत २५ लाख रुपैयाँ जम्मा गरेर प्रारम्भ भएको कोषमा नगरले आगामि आर्थिक वर्षका लागि थप २५ लाख बजेट बिनियोजन गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८२, सोमबार

बागलुङ/बागलुङको जैमिनी नगरपालिकाले बिपन्न नागरिकको निशुल्क उपचारका लागि स्थापना गरेको “जैमिनी स्वास्थ्य उपचार कोष” बृद्धि गरेको छ । चालु आर्थिक बर्षको बजेटमार्फत २५ लाख रुपैयाँ जम्मा गरेर प्रारम्भ भएको कोषमा नगरले आगामि आर्थिक वर्षका लागि थप २५ लाख बजेट बिनियोजन गरेको हो ।

नगरले कोषमा योगदान गर्न चाहने सर्वसाधारणका लागि चालु आर्थिक बर्षबाट कार्यबिधि तयार गरेर खुल्ला गर्ने भएको हो । सोमबार जैमिनी नगरपालिकाको १७ औं नगरसभामा आगामि आर्थिक बर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख हरिहर शर्माले कोषलाई प्रभावकारी बनाइने बताए । उपचार खर्चको अभावमा जैमिनीबासी कसैलाई पनि उपचारबाट बञ्चित नगर्नेगरी कोष बनाउन थालिएको हो ।

त्यस्तै नगरले स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वयंसेविका प्रोत्साहन, स्वास्थ्य संस्थाका संरचना निर्माणदेखि स्वास्थ्य शिविरसम्मका कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षभित्रै नगरलाई बालमैत्री नगर घोषणा गर्ने भएको छ । बालमैत्री नगर तयार गर्न दुई करोड बजेट विनियोजन भएको छ ।

नगरले लिड विद्यालय, जैमिनी संस्कार शिक्षाका लागि बजेट विनियोजन गरेको छ । जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता र सुकुम्बासी मुक्त नगरपालिका घोषणा कार्यक्रम बजेट मार्फत सार्वजनिक भएका छन् । जैमिनीले किसान परिचयपत्र युक्त नगरपालिका घोषणा गर्न आठ लाख रुपैयाँ बिनियोजन गरेको छ । नगरपालिकाले आगामि आर्थिक वर्षका लागि ७५ करोड ४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->