नगर सभाका सदस्य ज्यूहरु
१. नेपाली जनताको लामो त्याग र बलिदानबाट तयार भएको नेपालको संविधानको संवैधानिक अधिकार अनुसार स्थापना भएको यहाँहरुको घर गाँउको सरकार जैमिनी नगर सरकारको प्रमुखको रुपमा नीति तथा कार्यक्रम पेश गर्नुअघि म सम्पूर्ण अग्रज शहिदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्न चहान्छु । साथै, घाईते र अपाङ्गहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
२. नेपालको संविधानको अनुसूचि ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ अनुसार नगरपालिकाका काम कर्तब्य र अधिकारलाई आत्मसात गरी विकास प्रतिको आम चहानालाई सम्बोधन गर्न जैमिनी नगरपालिका क्रियाशिल र प्रतिबद्द छ ।
३. न्यूनतम् स्रोत र साधनबीच गाउँ नै गाउँ र उच्च पहाडी भेगले भरिएको बस्तीमा आशाको सञ्चार भर्दै भरपर्दो संस्थाको रुपमा जैमिनीलाई स्थापित गर्ने प्रयत्न जारी छ ।
४. आदरणीय नगरबासी नागरिकको हित र अधिकार सुनिश्चित गर्न समृद्व जैमिनी, खुसी र आत्मनिर्भर जैमिनीबासीको नारालाई सफल पार्न हाम्रो प्रयास र यहाँहरुको रचनात्मक सल्लाह सुझाव र मार्गदर्शनलाई आत्मसात गर्दै संवैधानिक व्यवस्था, दिगो विकासको लक्ष्य, प्रथम जैमिनी नगर आवाधिक योजनाको उद्देश्यसहित नागरिकको विकासप्रतिको चहानालाई सहि रुपमा सम्बोधन होस् भन्ने हेतुले यो नीति तथा कार्यक्रम तयार गरिएको छ ।
५. हामीलाई प्राप्त साधन स्रोतको अधिकतम सदुपयोग गरी समानुपातिक र सन्तुलित रुपमा विकासको लाभ सबै क्षेत्र र वर्गमा वितरण गर्न न्यायिक दृष्टिकोण अपनाईएको छ ।
६. नगरपालिका स्थापना भएको आठौं वर्ष प्रवेश गरिरहँदा पनि नगरपालिका हुन चाहिने न्यूनतम् पूर्वाधार र सुचकमा काम गर्नुपरेको अवस्थालाई मध्यनगर गर्दै आम नागरिकमा देखिने विकास र आम नागरिकले सुन्ने स्थानीय सरकारको रुपमा स्थापित हुन विभिन्न योजना, कार्यक्रम र अभियानलाई यसै नीति तथा कार्यक्रममार्फत जोड्न चाहन्छु ।
७. नगर सरकारको रुपमा जैमिनीमा यस अवधिमा देखिएका अवसर र चुनौतीहरुलाई यहाँहरुकै सल्लाह, सुझाव र मार्गनिर्देशनका आधारमा निम्नानुसार चित्रित गर्दछु ।
अवसरहरु
–जैमिनी नगरपालिकाको प्रथम आवधिक योजना तयार र राजश्व सुधार योजना तयार भई कार्यान्वयनमा रहेको ।
–जैमिनी नगरपालिकाहुँदै जाने राष्ट्रिय राजमार्ग कालिगण्डकी करिडोर यसै आ.व.मा सम्पन्न हुन लागेको र यसले दुई छिमेकी भारत र चिन जोड्ने भएकाले आर्थिक र पर्यटकीय सम्भावनालाई उजागर गर्न सकिने ।
–समग्र जग्गाको वर्गीकरण गरी उत्पादन र उपभोगका आधारमा विभाजन गरिएको ।
–जैमिनीको सडक विकास गर्ने नगर सडक गुरुयोजना तयार गरी कार्यान्वयनमा रहेको ।
–कृषि, पर्यापर्यटन जलस्रोत र खानीको सम्भावनाको खोजी गरी यथोचित उत्पादन र उपभोग बढाउन काम सुरुवात भएको ।
–विकासका गतिविधिसँगै आर्थिक गतिविधि क्रमशः चलायमान हुन थालेको, विकासका नविनतम् उपायहरु र सम्भावनाको खोजि भएको ।
चुनौतीहरु
–बढ्दो बसाईसराईलाई नियन्त्रण गरी स्थानीय स्तरमा रोजगारीका अवसरहरु सिर्जना गर्नु ।
–नागरिकको बैदेशिक रोजगारीका लागि पलायन हुने संख्याको बृद्धि दरलाई नियन्त्रण गर्नु ।
–प्रतिस्पर्धी मानव जनशक्ति तयार गरी लगानी र स्वः उद्मशीलता अभिवृद्दि गर्नु ।
–न्यूनतम् नगरस्तरीय पूर्वाधार तयार गर्नु ।
–आम नागरिकको चाहना र विकासको अभिलाषालाई परिपुर्ति गर्ने स्रोत र साधनहरुको कमी हुनु र सोको खोजी गर्नु ।
–कृषियोग्य जमिनको सहि सदुपयोग गरी उत्पादन र उत्पादकत्व बढाउनु ।
–सेवाको गुणस्तर अभिवृद्दि गरी नागरिकमैत्री सेवा प्रवाह गर्नु ।
नगर सभा उपाध्यक्ष र सदस्य ज्यूहरु
अब म बिषयगत क्षेत्रका नीति र कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक विकास
कृषि तथा पशु सेवा
८. समृद्ध जैमिनीको आधार, कृषि बजारीकरण र पूर्वाधार भन्ने मूल नाराका साथ यस वर्षलाई कृषि तथा पशुपन्छी बजारीकरण वर्षका रुपमा मनाइने छ । कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण सहज बनाउन कृषि एम्बुलेन्स संचालन गरिने छ ।
९. जैमिनीका किसानलाई किसान सुचिकरण प्रणालीमा आवद्ध गरी किसान परिचयपत्र वितरण गर्दै किसान परिचयपत्रयुक्त नमूना पालिका घोषणा गरिने छ ।
१०. नगरपालिकालाई सुन्तला र केरामा पुर्ण आत्मनिर्भर बनाई निर्यात प्रवर्धन गर्ने उद्देश्यका साथ ‘सेरा जाउँ केरा खाउँ’ भन्ने नारासहित स्थापना भएको केरा पकेट विकास कार्यक्रमको निरन्तरता र सुन्तला जात फलफुलको क्षेत्र विस्तार, आयआर्जनमा सुधारसहित सुन्तला पकेट विकास कार्यक्रम संचालन गरि किसानको आयआर्जनमा टेवा पुर्याइने छ ।
११. मौरी ब्यवसायलाई प्रवर्धन गर्न मौरी विकास कार्यक्रम संचालन गरिने छ ।
१२. नगरपालिका भित्रका सम्भाव्य क्षेत्रमा काजु, मेकाडेमियानट, एभोकाडो, किवी, ओखर लगायत फलफुल बालीको उत्पादन प्रवद्र्धन गरिने छ ।
१३. परम्परागत रैथाने बालीलाई संरक्षण प्रवर्धन गर्न रैथाने प्रकारका बालीहरु सिरिम्ले मकै, कोदो, फापर, सिस्नो, टिमुर, भाँगो, आलु र निउरो लगायतको उत्पादन र बजारीकरण (प्याकेजिङ र लेवलिङ) कार्यक्रम संचालन गरिने छ । रैथाने बालीका परिकारलाई दिवा खाजा र नगरपालिकाका विभिन्न कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिने छ ।
१४. फलफूल बिरुवाको स्थानीयस्तरमा नै स्रोत तयार पार्न नर्सरी स्थापना गरिने छ ।
१५. स्वस्थ माटो, स्वस्थ जीवन भन्ने नाराका साथ माटो परीक्षणलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाइने छ ।
१६. नगरपालिकामा नगरस्तरीय मिनि माटो ल्याब स्थापना तथा हरेक वडामा घुम्ति माटो परिक्षण शिविर संचालन गरिने छ ।
१७. बादर आतंक न्युनिकरण गर्न आवश्यक उपायहरुको खोजी गर्दै पुराना गाउँ बाँदर बगैंचा निर्माणको लागि आवश्यक पहलसंगै बाँदरले कम क्षति पुर्याउने फलफुल र मसलाबालीको विस्तारमा जोड दिईने छ ।
१८. संघ तथा प्रदेश सरकारको सहयोगमा जैमिनी नगरका सबै कृषियोग्य जमिनमा क्रमशः सिंचाई सुबिधा विस्तार गर्दै लगिने छ ।
१९. पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवम् सरोकारवाला निकायसँग फलफूल, अलैंची तथा बाख्राजोन विकास कार्यक्रममा आवश्यक सहकार्य गरिने छ ।
२०. कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषि प्रसार कार्यक्रमलाई ब्यवस्थित गर्दै उन्नत बिउ उत्पादन, मल, बिषादी, सीप, प्रविधि र औजारमा आवश्यक सहयोग एवम् सहजीकरण गरिने छ ।
२१. कृषिमा प्रयोग हुने रासायनिक मल, बिषादीलाई निरुत्साहित गर्दै अर्गानिक खेतीतर्फ उन्मुख कृषि कार्यक्रम संचालन गर्ने नीति लिईने छ ।
२२. साना किसानलाई कृषि कार्यक्रममा समावेश गर्न कृषि समुह गठन तथा परिचालन गरिने छ ।
२३. दुध उत्पादन प्रवद्र्धन र नश्ल सुधारका लागि ‘निशुल्क नश्ल सुधार दुग्ध उत्पादनको आधार’ भन्ने नाराका साथ निशुल्क रुपमा कृत्रिम गर्भाधान कार्यक्रम संचालन गरिने छ । दुध उत्पादनको अनुदानमा निरन्तरता दिने नीति लिईएको छ ।
२४. मासु र अण्डा आयातलाई प्रतिस्थापन गर्न व्यवसायिक पशुपन्छीपालक कृषकलाई उत्पादनमा जोड दिने उद्देश्यले मासु र अन्डामा उत्पादन र बिक्रीमा आधारित अनुदान दिईने नीति लिईएको छ ।
२५. पशुपन्छीको औषधि खोप तथा उपचार सेवा, पशु आहारा ब्यवस्थापनका लागि घाँसेबाली विकासका लागि आवश्यक कार्यक्रम संचालन गरिने छ ।
२६. व्यावसायिक गोरुपालक, राँगोपालक र बंगुरपालक कृषकलाई प्रोत्साहन तथा संरक्षण गरिने छ । पाडापाडीबाट उत्पादन हुने मासुको निर्यातलाई जोड दिन पाडापाडी प्रवद्र्बन कार्यक्रम संचालन गर्न पहल गरिने छ ।
२७. कृषकको गुनासो तथा सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न किसान कल सेन्टर कार्यक्रमलाई निरन्तरता दिइने छ ।
२८. मानव स्वास्थ्यमा असर पर्ने पशुजन्य उपज मासुको खाद्य स्वच्छताका लागि नगरपालिका भित्रका मासु पसल सुधार कार्यक्रम संचालन गरिने छ । मासु उत्पादनका लागि पाडा पाल्ने कार्यलाई संरक्षण एवम् प्रोत्साहन गरिने छ ।
२९. दुग्ध सहकारीको स्तरोन्नतीको लागि बृहद कार्यक्रम संचालन गरिने छ । दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रमलाई व्यवस्थित गर्दै दुग्धजन्य परिकारहरुलाई मुल्य श्रृंखलासँग जोडी कार्यक्रम संचालन गरिने छ ।
३०. नगरपालिकाको साझेदारीमा संचालित नाफामुखी हुन नसकेका र बन्द रहेका फर्महरुलाई व्यवस्थित र सुचारु गर्नका लागि पहलकदमी नीति लिईने छ ।
३१. संघ, प्रदेश र स्थानीय तहका साझा कार्यक्रमहरुलाई समन्वय र सहकार्यमा संचालन गर्ने नीति लिईएको छ ।
सहकारी तथा वित्तिय क्षेत्र
३२. नगरपालिका क्षेत्रभित्रका सहकारीलाई सहकारी लेखा तथा वित्तिय व्यवस्थापन तालिम प्रदान गरिने छ र सोका लागि आवश्यक सहकार्य गर्ने नीति लिईने छ ।
३३. नगरपालिकाभित्रका सबै क्रियाशिल सहकारीहरुको प्रभावकारी नियमन गरी सहकारीप्रति आम नागरिकको विश्वास र भरोसा अभिबृद्धि गरिने छ ।
३४. सहकारीका सिद्धान्त, मुल्य र मापदण्डहरुको अनुशरण गरी समग्र सहकारी क्षेत्रलाई स्वःनियमनको अभ्यास गर्ने थलो बनाउन आन्तरिक नियन्त्रण, बाह्य परीक्षण र निहित स्वार्थपूर्ण द्वन्द व्यवस्थापनका लागि उपयुक्त व्यवस्था गरिने छ ।
३५. वित्तिय पहुँच विस्तार गरी सबै नागरिकको बैँक तथा वित्तिय संस्थामा अनिवार्य खाता खोल्ने विषयलाई वैंक तथा वित्तिय संस्थासँगको सहकार्यमा संचालन गरिने छ ।
अर्थ, उद्योग, बाणिज्य र लघुउद्यम
३६. दिगो रोजगारी र उद्यमशिलता प्रवद्र्धनको लक्ष्यलाई आत्मासाथ गर्दै सीप विकास लघुउद्यमका कार्यक्रमलाई प्रवद्र्धन गरिने छ । गरिबीको रेखामुनी रहेका घरपरिवार भनि ठहरिएका परिवारलाई उद्यमशिलताका माध्यमद्वारा लघु–उद्यमी र लघु–उद्दम सृजना गरी वस्तु उत्पादन, स्वरोजगार, आत्मानिर्भर रोजगारीको अवसर सृजना गरिने छ ।
३७. जिविकोपार्जनको लागि लघु उद्ममीलाई असल उद्दम अभ्यास सिकाउन भ्रमण लगायत सीपमुलक कार्यक्रममा जोडिने छ, साथै प्रोत्साहनका कार्यक्रम संचालन गरिने छ ।
३८. परम्परागत सीप तथा पेशा गर्नेहरुका लागि प्रोत्साहन र नतिजामुखी कार्यक्रम संचालन गरिने छ ।
३९.उपयुक्त जग्गाको खोजी गरी औद्योगिक ग्रामको प्रारम्भिक खाका तयार गरिने छ । निजी क्षेत्र, सहकारी तथा बाह्य लगानीकर्ताहरूको नेटवर्किङलाई प्राथमिकता दिईने छ ।
४०. विकास निर्माणका आवश्यक पूर्वाधारहरु सडक, बिजुली, पानी, डम्पिङ साइट र व्यावसायिक तालिम केन्द्र निर्माणका लागि पहलकदमी लिईने छ ।
४१. स्थानीय उत्पादन संकलन, स्तरीकरण र ब्राण्डिङ प्रवद्र्धन गरिने छ । घरेलु तथा महिला उद्यमीहरूको बजार पहुँच विस्तार गरिने छ ।
४२. महिला तथा युवालाई लक्षित उद्यमी क्लब र संघ गठन गर्न प्रोत्साहन गरिने छ ।
धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटन प्रवद्र्धनः
४३. जैमिनीधाम, शिवपुरीधाम, थन्थाप भगवतीमाई, हात्तीढुंगा, सत्यवती, कमल जैसी, गाजादह, भैरवस्थान सम्मको धार्मिक रुट निर्माण गरी सो रुटहरुमा सांकेतिक पाटी, विश्राम स्थल, खानेपानी जस्ता पूर्वाधार निर्माण गर्दै लगिने छ ।
४४. जैमिनीधाम, गाईथुने, पुतलीगह्रा, पुरानो गाउँ, हाडीकोट, रिठेडाँडा र सतिढुंगालाई प्राकृतिक तथा साहसिक रुटका रुपमा विकास गरिने छ ।
४५. स्थानीय युवामार्फत पर्यटन गाइड र होमस्टे व्यवस्थापन तालिम संचालन गरिने छ ।
४६. परम्परागत पर्व, जात्रा र मेलाहरूको वार्षिक क्यालेन्डर अनुसार मनाउन आवश्यक व्यवस्थापन गरिने छ ।
४७. स्थानीय पोशाक, नाच र लोकगीत तथा लोक संस्कृति संरक्षणमा आधारित सांस्कृतिक कार्यक्रम संचालन गरिने छ ।
पूर्वाधार विकास
४८. नगरपालिकालाई पूर्वाधारको क्षेत्रमा प्राप्त हुने स्रोतसाधन संघीय तथा प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी स्वीकृत आयोजनाका लागि प्राप्त बजेटलाई नगरको आवश्यकता, प्राथमिककता र उपयोगिताको आधारमा न्युन लागतमा अधिकतम प्रतिफल हुनेगरी पूर्वाधार विकासका आयोजनाहरु संचालन गरिने छ । जैमिनीको दीर्घकालिन सोंच र नीतिअन्तर्गत रही नगरपालिकाको प्रथम आवधिक योजना र सडक गुरुयोजनाले तोकेका प्राथमिकतामा आधारित रही पुर्वाधारजन्य आयोजनाहरुको कार्यान्वयन गरिने छ ।
४९. विज्ञ सम्मेलनबाट सडक पुर्वाधारको लागि प्राप्त सुझावको आधारमा दिगो, वातावरणमैत्री, उत्पादन र रोजगारीमा टेवा पुर्याउने गरी सडक पुर्वाधारको विकासमा जोड दिइने छ । विकट क्षेत्र र अति आवश्यक देखिएका बस्ती केन्द्र जोड्ने सडकबाहेक नयाँ सडक खोल्ने कार्य पुर्ण रुपमा बन्द गरिने छ । सडक निर्माणमा संघीय र प्रादेशिक स्तरबाट सञ्चालित योजनाहरुमा दोहोरो नपर्ने गरी बजेट विनियोजन गरिने छ ।
५०. नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म र नगरका मुख्य पर्यटकीय एंव सांस्कृतिक महत्वका क्षेत्र जोडने सडकलाई संघिय र प्रदेश सरकारको सहकार्य र समन्वयमा स्तरोन्नती गर्दै कालोपत्रेको स्तरसम्म पुर्याउन विशेष प्राथमिकता साथ कार्य गरिने छ । नगरभित्रका सबै सडकलाई मुख्य सडक, सहायक सडक र टोलवस्ती स्तरका सडकमा विभाजन गरी प्राथमिकताको आधारमा स्तरोन्नती गरिदै लगिने छ ।
५१. दिगो र वातावरणमैत्री सडक पुर्वाधार निर्माण तथा सुधार कार्यका लागि नाली निर्माण, टेवा पर्खाल, पानी र घुम्ती सुधारजस्ता कार्यलाई उच्च प्राथमिकता दिई कार्य गरिने छ । जलाधार तथा महत्वपूर्ण वन सम्पदालाई असर पर्ने गरी निर्माण गरिने सडक तथा अन्य पूर्वाधार निर्माण कार्यलाई निरुत्साहित गरिने छ ।
५२. संघ र प्रदेश सरकारको बजेटबाट कार्यान्वयन गर्नेगरी नगरपालिकाभित्र स्वीकृत भइ निर्माण कार्यको प्रारम्भिक चरणमा रहेका, अधुरा र अलपत्र अवस्थाका सडकहरुको छिटो र प्रभावकारी कार्य सम्पादनको लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिने छ ।
५३. नगरभित्रका कच्ची सडकहरु वर्षाको पानी निकास, बाढी र पहिरोको कारण क्षतिग्रस्त भई वर्षेनी मर्मत सुधार गर्न ठूलो खर्च गर्नुपरेकोले मर्मत सुधारको कार्यलाई व्यवस्थित, मितव्ययी र प्राथमिकताका आधारमा मर्मत सुधार गर्न तथा अन्य निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सुधार गर्न वडास्तरमा रहेका वडागत मर्मत सुधार कोषमा नै बजेट व्यवस्थापन गर्ने कार्यलाइ निरन्तरता दिइने छ । वर्षातको समयमा भल र पानीबाट सडकको संरक्षण गर्न निश्चित समयका लागि सडक हेरालु राख्ने गरी भएको व्यवस्थालाई थप प्रभावकारी बनाईने छ ।
५४. जैमिनीभित्र यात्रुवाहक सवारी साधनलाइ व्यवस्थित गर्न बसपार्क निर्माणको शुरुवात गरिने छ । नगरपालिका केन्द्रबाट विभिन्न वडासम्म र केन्द्रबाट बाहिर जाने सबै सडकमा यातायात व्यवसायीलाई सार्वजनिक सवारी संचालनका लागि प्रोत्साहन गरिने छ ।
५५. नगरभित्रका प्रमुख सडकमा आवश्यक पर्ने मोटरेवल पुलहरुको पहिचान भएका स्थानमा प्राथमिकीकरण गरि क्रमशः कार्यान्वयनको लागि पहल गरिने छ ।
५६. जैमिनीको आवधिक योजनामा सूचीकृत भएका सबै साना सिँचाई योजनाहरुलाई प्राथमिकताको आधारमा निर्माण तथा मर्मत सुधार गर्दै जाने नीति अवलम्वन गरिने छ । निर्माण सुरु भईसकेका ठुला आयोजनाहरुको समयमै निर्माण सम्पन्न गर्न प्रभावकारी समन्वय र अनुगमन गरिने छ ।
५७. भवन निर्माण तथा सडक मापदण्ड २०७८ लाई आधार मानी भवन तथा घरको निर्माणमा पुर्ण नक्सापास गर्ने कार्य अनिवार्य रुपमा लागू गरिने छ । राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माणको अनुमति, अनुगमन र नियमन गरिने छ । बनिसकेका भवन तथा संरचनाहरुको व्यवस्थित अभिलेखिकरण गरिने छ ।
५८. जैमिनी नगरपालिका अन्तर्गतका बजार क्षेत्रमा मापदण्डविपरीत बनेका घर टहरा हटाई व्यवस्थित शहर निर्माण गर्न पहल गरिने छ । नगर क्षेत्रभित्रको रिङरोड तथा मुख्य सडकको अवधारणाका आधारमा बजारक्षेत्र विस्तार गर्ने नीति लिइने छ । संघिय तथा प्रदेश कानुनको अधिनमा रहि नगरपालिकाको शहरी बस्ती विकासलाई व्यवस्थित गर्न जोड दिईने छ ।
५९. नगरपालिकामा रहेका घरविहिन विपन्न परिवार, विपदबाट आवास गुमाएका परिवार तथा गोठ र छाप्रामा बसोबास गर्ने परिवारलाई व्यवस्थित आवासको व्यवस्था मिलाइने छ । नगरभित्र खर तथा फुसका छाना भएको घरमा बसोबास गर्ने परिवारको लागि टिनको छाना उपलब्ध गराउने नीति र कार्यक्रमलाई निरन्तरता दिइने छ ।
६०. नगरपालिकाको निर्माणधिन प्रशासकीय भवन र वडा नं. ३ को वडा कार्यालय भवन यसै आ.व.भित्र सम्पन्न गरिने छ । वडा नं. ९ को वडा कार्यालय भवन र स्वास्थ्य चौकीको जग्गा प्राप्ति भएपश्चात निर्माण कार्य अगाडी बढाउन पहल गरिने छ । साथै, नगर भित्रका अन्य प्रशासकिय भवÞनलाई आवश्यकताको आधारमा निर्माण सुधार गरिने छ । नगरपालिका भित्रका सामुदायिक विद्यालय र अन्य सामुदायिक एवम् संस्थागत भवनहरुलाई संरक्षित र व्यवस्थित गर्दै सार्वजनिक हितमा प्रयोग गरिने छ ।
६१. नगरभित्रको पूर्वाधार निर्माणलाई दिगो र गुणस्तरीय बनाउन शुरू गरिएको पुर्वाधार ल्याबलाई थप व्यवस्थित गर्दै प्रभावकारी उपयोगमा ल्याईने छ ।
६२. नगरपालिकाले तोकेका १३ वटै दिगो सडकहरुको स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
६३. सबै नागरिकलाई कम्तिमा पनि १५ मिनेटको पैदल दुरीमा सडक पहुँचमा पुर्याउन थप गर्नुपर्ने सडकलाई प्राथमिकतामा राखी बजेटको प्रवन्ध गरिने छ । सहज रुपमा यातायात सेवाको पहुँच अभिबृद्दि गर्न सहायक पूर्वाधारहरु निर्माण र व्यवस्थापनमा जोड दिईने छ ।
६४. नगरपालिकाभित्र निर्माण सम्पन्न भएका सबै झोलुङ्गे पूलहरुको सूची अद्यावधिक गरिने छ । निर्माण सम्पन्न सबै झोलुङ्गे पूलको संरक्षण गरिने छ । आवश्यकता पहिचान भई सूचिकृत भएका लामो तथा छोटो दुरीका झोलुङ्गे पूलको निर्माण गर्न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिने छ ।
६५. नगरपालिकाले निर्माण गरेको नगर सडक यातायात गुरुयोजना र जग्गा वर्गिकरणले निर्धारण गरेका क्षेत्रहरुको उपयोगिताको आधारमा विकास संरचना तयार गर्ने र सडकको लगत कट्टा गर्ने नीति लिईने छ ।
६६. नगर क्षेत्रको कृषि, आवासीय र व्यवसायिक जग्गा आदि वर्गीकरण अनुसार नगरबासीलाई योजनाबद्ध ढंगले जग्गा उपयोग गर्न प्रोत्साहन गरिने छ, यसका लागि स्पष्ट मापदण्ड तथा योजना स्वीकृति प्रक्रिया सहज बनाउदै जग्गाको प्रकार अनुसार प्रत्येक वर्ष क्रमशः छुट्याउदै जाने नीति लिईने छ ।
६७. नगर क्षेत्रको अद्यावधिक भु उपयोग नक्सा तयार गरी जिआइएस प्रविधिको माध्यामबाट सार्वजनिक रुपमा जानकारी गराईने छ, जसले नागरिकहरुलाई सही निर्णय लिन सहयोग पुर्याउने छ ।
६८. नगरक्षेत्रभित्र संचालन गरिने पुर्वाधारजन्य विकास आयोजनालाई बालमैत्री, अपाङ्गमैत्री, लैङिक समानता तथा सामाजिक समावेशिकरणमैत्री बनाउँदै जलवायु परिवर्तन, भु–वनावट, जनसंख्या र बस्ती विकासको आधारमा दिगो र उत्थानशिल विकासमा जोड दिइने छ ।
जलविद्युत तथा वैकल्पिक उर्जा
६९. सबै नागरिकको घरमा विद्युत पहुँच सुनिश्चित गरिने छ । नगरपालिकाभित्र रहेका काठेपोल विस्थापन गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिने छ ।
७०. नगरपालिकाभित्र सब–स्टेशन निर्माणका लागि विद्युत प्राधिकरणसँग सहकार्य गरिने छ ।
७१. नगरका मुख्य बजार क्षेत्र र सार्वजनिक भवन लगायतका स्थानमा सौर्य बत्ति÷स्मार्ट लाइट जडानको कार्यलाई निरन्तरता दिइने छ ।
७२. जैमिनी नगरपालिकाभित्र रहेका सबै लघु जलविद्युत आयोजनालाई प्रचलित ऐन नियमको विपरित नहुने गरि व्यवस्थित ढंगबाट संचालन गर्न आवश्यक सहजिकरण गरिने छ । निजी क्षेत्रबाट उत्पादित विद्युतको रोयल्टी यस नगरपालिकाले पाउने गरि सरोकारवाला निकायसँग समन्वय गरिने छ ।
७३. नगर क्षेत्रभित्र पहुँच नपुगेका क्षेत्र, वर्ग र समूहसम्म नविकरणीय उर्जा र यसको प्रविधिको पहुंच बढाई जीवनस्तरमा सुधार र रोजगारीमा बृद्धि गर्ने नीति लिइने छ ।
७४. वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र गैरसरकारी निकायको समन्वयमा जैमिनी नगर क्षेत्रभित्र मागको आधारमा बायोग्यास तथा इन्डक्सन चुलो जडानको कार्यलाई अगाडी बढाइने छ ।
सूचना तथा सञ्चार
७५. जैमिनीका सबै वडाका बस्ती, टोल र संस्थामा सरल र सस्तो रुपमा सहज पहुँच भएको संचार सेवा पुर्याउन सरकारी तथा निजी क्षेत्रका सबै सेवा प्रदायक संस्थासँग समन्वय र सहकार्य गर्दै सूचना प्रविधि तथा संचार क्षेत्रलाई व्यवस्थित गरिने छ ।
७६. सूचना प्रविधिको प्रयोगमा बृद्धि गर्दै फाइलहरुलाई लामो समयसम्म सुरक्षित राख्ने डिजिल माध्यमको प्रयोग गरिनेछ । नगरपालिकाका हरेक सूचना समाचार र कार्यक्रमहरु वेवसाइट, मोबाइल एप्स, डिजिटल नोटिश बोर्ड, अडियो नोटिस बोर्ड, फेसवुकमार्फत नियमित अध्यावधिक गरि सूचना सम्प्रेषणमा सुदृढीकरण गर्दै पारदर्शिता कायम गरिने छ । सेवाप्रवाहमा सूचना प्रविधिको प्रयोगबाट सुदृढिकरण गरि छिटो छरितो तथा विश्वसनियता कायम गरिने छ ।
७७. सबै कर्मचारीलाई क्षमता अभिबृद्धि गर्न कम्युटर तथा सूचना प्रविधि सम्बन्धी तालिम दिने व्यवस्था गरिने छ । सूचना प्रविधिको उच्च प्रयोग गर्दै सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र प्रभावकारी तथा प्रविधिमैत्री बनाउन सञ्चालनमा रहेका राजस्व शाखा, योजना, जिन्सी र दर्ता चलानी शाखा व्यवस्थापनमा सफ्टवेर प्रणालीहरुलाई सुदृढिकरण गरिने छ ।
७८. नगरभित्रका संचार माध्यमको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पु¥याइने छ । राष्ट्रिय तथा जिल्लास्थित संचार माध्यमसँग सहकार्य गरिने छ । नगरपालिका क्षेत्रमा इन्टरनेटको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाको केन्द्रमा फ्रि वाइफाइको प्रबन्ध गर्दै लगिने छ ।
७९. नगरमा सहज रुपमा सेवा प्रवाह गर्नका साथै सेवाको प्रक्रिया सम्बन्धी जानकारी डिजिटल रुपमा प्रस्तुत गर्नको लागि डिजिटल नागरिक वडापत्रको प्रयोग गरिने छ ।
८०. नगरपालिका र वडा कार्यालयमा आधुनिक र हाई स्पिड इन्टरनेट विस्तारका लागि पहल गरिने छ । नेपाल टेलिकम सँगको समन्वयमा फाइवर लाइन विस्तारसँगै संचार टावर निर्माणका लागि पहल गरिने छ ।
वन वातावरण तथा विपद् व्यवस्थापन
वन वातावरण र भू संरक्षण तथा विपद् व्यवस्थापन
८१. विपद उत्थानशिल समाज सिर्जना गर्नेमा जोड दिंदै विपद् प्रतिकार्य योजना अनुसार विपद्जन्य जोखिमको पुर्वानुमान, रोकथाम, राहत र पुर्नस्थापनाका लागि आवश्यक तयारी गरिने छ । विपद् प्रतिकार्य योजनालाई अध्यावधिक गरिने छ ।
८२. विपदबाट हुन गएको धनजनको क्षतिमा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको विपद् व्यवस्थापन कोषलाई निरन्तरता दिईएको छ ।
८३. विपद् जोखिम क्षेत्रको पहिचान गरी भौगर्विक अध्ययन गरिने छ । प्रभावमा आधारित मौसम पुर्वानुमानको जानकारी गराउने तथा विपद्का घटनामा तिब्र समन्वय र प्रतिकार्य गर्नका लागि आपत्तकालिन कार्यसञ्चालन केन्द्रलाई व्यबस्थित रुपमा संचालन गरिने छ । विपद्को छिटो सूचनाका लागि स्वयमंसेवक सञ्चार प्रणालीको विकास गरिने छ ।
८४. खाली जग्गामा वृक्षारोपण, हरियाली प्रबद्र्धन तथा वनको संरक्षण र कमजोर भु–बनोट रहेका स्थानमा वृक्षारोपण गरि जल, जमिन तथा वातावरण संरक्षण र जीविकोपार्जनको अवसरमा वृद्धि गरिने छ ।
८५. प्राकृतिक स्रोतका जैविक बिविधता संरक्षणका लागि प्रकृतिमा रहेका रैथाने वनस्पति, जलचर र जनावर आदि संरक्षणका लागि कानूनको अक्षरशः पालना गर्ने गराईने छ ।
८६. विपद् प्रतिकार्य तयारीका लागि विभिन्न संघ संस्थासँग समन्वयमा साझेदारीमुलक विपद् प्रतिकार्य सम्बन्धी तालिम र सचेतना कार्यक्रम गरिने छ । विपद्जन्य घटनाको पूर्व तयारी, प्रतिकार्य तथा उद्धारका लागि संघ, प्रदेश र अन्य संघसंस्थासँग सहकार्य गरिने छ ।
फोहोरमैला व्यवस्थापन
८७. फोहोरमैलाको सहि व्यवस्थापनका लागि उत्पन्न विन्दुमा फोहोरको वर्गीकरण गर्न प्रचारात्मक अभियान चलाईने छ भने सुविधा सम्पन्न फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनसहित लगानी स्रोतको खोजी गरिने छ । फोहोरमैला ब्यवस्थापनका लागि अन्तरपालिका साझेदारीको लागि पहल गरिने छ ।
८८. वातावरणमैत्री स्थानीय शासनलाई आत्मसात गर्दै वडा तहमा फोहोरमैला उत्सर्जन सहि व्यवस्थापन गर्ने प्रणाली विकास गरिने छ । स्थानीय उत्पादन सामाग्रीलाई फोहोरमैला बिसर्जनका लागि प्रयोगमा ल्याइ स्वरोजगारलाई प्रबद्र्धन गरिने छ । ४० माईक्रोनभन्दा कम तौलका प्लाष्टिकजन्य झोलाको बिक्री वितरणलाई नियन्त्रण गरिने छ ।
८९. जैमिनी नगरपालिकाको नगर क्षेत्र र नगरउन्मुख क्षेत्रलाई सफा सुन्दर र व्यवस्थित राख्न बजार क्षेत्रमा कम्तिमा एक घर एक गमला कार्यक्रम प्रवद्र्दन गरिने छ ।
सामाजिक विकास
शिक्षा यूवा तथा खेलकुद
९०. ‘गुणस्तरीय शिक्षाको आधारशिला, सुधारिएको पाठशाला’ भन्ने मुल नारासहित गुणस्तरीय शिक्षण सिकाई वातावरण तयार गर्न विद्यालयको परिसरदेखि कक्षा कोठासम्म, शिक्षक र प्रधानाध्यापकको भूमिकादेखि अभिभावकको जिम्मेवारीसम्म निर्धारण गरिएका सुचक सहितको शिक्षाको न्यूनमत् सेवा गुणस्तर मापदण्ड विद्यालय स्तरीकरण तथा शैक्षिक गुणस्तर परीक्षण सूचक २०८१ क्रमशः सबै विद्यालयमा लागु गरिने छ । सुचकको आधारमा प्रोत्साहन र पुरस्कारको व्यवस्था गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिइने छ । हरेक वर्ष उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी र उत्कृष्ट वर्ष विद्यालय र उत्कृष्ट उद्यमी अभिभावकलाई सम्मान तथा पुरस्कार दिईने छ ।
९१. सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि जैमिनी नगरपालिकामा छनौट भएको लिड स्कुललाई मुर्त रुप दिई नगर क्षेत्रकै उत्कृष्ठ शैक्षिक गन्तब्यको रुपमा विकास गरिने छ । ीभबचलष्लन, भ्बचलष्लन बलम म्भखभयिउष्लन को सोच सहितको यस विद्यालयलाई सबै शैक्षिक संस्थाहरुको नेतृत्वदायी संस्थाको रुपमा विकास गरिने छ । सोका लागि आवश्यक साधन स्रोत जुटाउन संघ, प्रदेश सरकार एंव निजी क्षेत्रसँग साझेदारीका लागि पहल गरिने छ ।
९२. एक वडा एक आवासिय माध्यमिक विद्यालय, एक विद्यालय एक करेसाबारी बनाउने गरी हरित विद्यालय कार्यक्रम सञ्चालन गरिने छ । यसबाट विद्यार्थीहरुलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजा तयार हुने विश्वास लिईएको छ ।
९३. विद्यार्थीलाई पढदै कमाउँदै कार्यक्रमद्वारा उद्दमशिलता तथा उत्पादनसँग जोड्ने र शिक्षकलाई प्रविधिसँग जोड्ने क्रियाकलापहरु संचालन गरिने छ । स्थानीय उत्पादनलाई पाठ्य सामाग्रीको रुपमा प्रयोग गरिने छ ।
९४. नगरपालिकाले प्राविधिकधारको विद्यालय सञ्चालनका लागि गर्दै आएको सहयोगलाई वृद्वि गरी छात्रावासको स्तरोन्नतीका लागि आवश्यक प्रवन्ध गरिने छ । शान्तिदिप बहुमुखि क्याम्पसको स्नातक तह छात्रवृत्ति कार्यक्रमलाई साझेदारी मोडलमा निरन्तरता दिईएको छ ।
९५. ज्ञानमा आधारित सीप र सिर्जना विकास गर्ने हेतुले भोकेशनल ट्रेनिङसहित नवप्रवर्तनमा आधारित प्रवर्तनशाला तथा व्यावसायिक सीप विकास केन्द्र निर्माणको प्रक्रिया अगाडि बढाईने छ ।
९६. नगरस्तरीय सार्वजनिक पुस्तकालय स्थापनाका लागि स्थानीय बुद्दिजीवि, गैसस लगायत सँग समन्वय गरिने छ । सामुदायिक सिकाई केन्द्रलाई थप व्यवस्थित र क्रियाशिल बनाई विविध तालिम सञ्चालन गर्न अनुदानको व्यवस्था गरिने छ ।
९७. एसईई दिने विद्यार्थीको मनोबल बढाई प्राप्ताङ्कमा सुधार गर्न क्रयास् कोर्स साथै बृत्ति विकास परामर्श सेवा कार्यक्रम सञ्चालन गरिने छ ।
९८. बालबालिकामा अन्तरनिहित विभिन्न प्रतिभाको प्रष्फुटनका लागि नगर स्तरीय अतिरिक्त क्रियाकलाप, सृजनात्मक लेखन प्रतियोगिता पढाई मेला, प्रतिभा पहिचान र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने छ । शिक्षक तथा बिद्यार्थीका स्थानीय प्रतिभालाई राष्ट्रिय मञ्चहरुमा पुग्न सक्ने वातावरण बनाउन सहयोग गरिने छ ।
९९. सामुदायिक विद्यालय र बालविकास केन्द्रहरुको सत्यापन कार्यसञ्चालन गरी भौगोलिकता, विद्यार्थी संख्या तथा आवश्यकताका आधारमा विद्यालय र बालबिकास केन्द्र समायोजन र शिक्षक दरबन्दी मिलान एवं व्यवस्थापन र पुर्नवितरणलाई निरन्तरता दिइने छ ।
१००. विद्यालय स्तरमा स्काउट ट्रुपको गठनलाई निरन्तरता दिइ सोको प्रभावकारी परिचालन गर्दै शिक्षक विद्यार्थीलाई अनुशासन नैतिकता र समाज सेवामा लाग्ने उत्प्रेरणा अभिवृद्दि गर्दै योग तथा संस्कार शिक्षामा जोड दिइने छ ।
१०१. विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धी गर्न आवश्यकताका आधारमा शैक्षिक सामग्री तथा पाठ्यसामग्रीहरु वितरण गर्नुका साथै वार्षिक शैक्षिक क्यालेण्डर र शैक्षिक योजना निर्माण गरी सम्पुर्ण विद्यालयको शैक्षिक गतिविधीहरुमा एकरुपता कायम गरिने छ । शैक्षिक सामग्री तथा पाठयोजना सहितको शिक्षक डायरीसहित शिक्षक कक्षाकोठामा प्रवेश अनिवार्य बनाइने छ ।
१०२. विषयगत शिक्षक तालिम, पुर्नताजगी तालिम, सुचना प्रविधि तालिम, विद्यालय लेखा र जिन्सी व्यवस्थापन तालिम तथा प्रअहरुलाई विद्यालय व्यवस्थापन तालिम लगायत आवश्यकतामा आधारित तालिम सञ्चालनमा जोड दिइने छ ।
१०३. प्र.अ., बालविकास सहजकर्ता र नगर शिक्षा समिति बैठक थप व्यवस्थित गर्नुका साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावक संघका अध्यक्ष र अभिभावकहरुलाई काम, कर्तब्य र अधिकारप्रति सचेत र जागरुक गराउन अभिभावक शिक्षा कार्यक्रम संचालनमा जोड दिइने छ ।
१०४. सबै सामूदायिक विद्यालयहरुलाई जंकफुड निषेधित क्षेत्र घोषणा गरी विद्यालयमा दिवा खाजा कार्यक्रम व्यवस्थित गरिने छ । बाल विकासदेखि कक्षा ६ सम्म दिवा खाजाको आवश्यक प्रबन्ध मिलाइने छ ।
१०५. कक्षा ६ देखी कक्षा १२ सम्म अध्ययन गर्ने सामूदायिक विद्यालयका सबै छात्राहरुलाई सेनेटरी प्याड व्यवस्था गरिने छ र डिस्पोजल मेसिनको प्रयोग अनिवार्य गरी विद्यालयमा स्वास्थ्य र सरसफाई मापदण्ड लागु गरिने छ ।
१०६. सबै माध्यमिक र आधारभुत विद्यालयहरुमा विज्ञान प्रयोगशाला र आइसिटी ल्याबको व्यवस्था गरिने छ । साथै माध्यामिक तहको विद्यालयमा स्थानीय ज्ञान र पहिचानमा आधारित सामाजिक सास्कृतिक संग्रहालयहरुको स्तरबृद्वि गरिने छ ।
१०७. सबै सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानीका लागि बालमैत्री धारा र शौचालय निर्माणको प्रबन्ध मिलाइने छ ।
१०८. विद्यार्थीहरुका लागि ऋचभबतष्खभ ीभबचलष्लन धष्तज द्यययप ँचभभ ँचष्मबथ एचयनचबm लाई प्रभावकारी सञ्चालनको व्यबस्था मिलाइने छ । आवश्यकता र बास्तविक जीवनसँग जोड्ने र कर्म सिकाउने जीवनोपयोगी सीपमा आधारित स्थानीय पाठ्यपुस्तक क्रमशः निर्माण गरि कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
१०९. खेलकुद विकासका लागि विभिन्न खेल गतिविधिहरु सञ्चालन गरिने छ । जसका लागि नगर खेलकुद विकास समितिलाई थप व्यवस्थित गर्न स्रोत साधनको प्रवन्ध गरिने छ । बार्षिक खेलकुद तालिका बनाई खेल गतिविधि हुनेछन् । नगर स्तरमा एक खेलकुद शिक्षकको व्यवस्थालाई निरन्तरता दिँदै खेलकुद, सिकाई र प्रतिभाको छनौटलाई व्यवस्थित गरिनेछ ।
११०. राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता र विद्यालय स्तरीय खेलकुद प्रतियोगिताहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
१११. बाल विकास केन्द्रका सहजकर्ता, विद्यालय कर्मचारी, खेलकुद शिक्षक र प्रअहरुको नगरपालिकाबाट थप भएको तलबभत्ता तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिइने छ ।
११२. शैक्षिक कार्यक्रमहरुलाई प्रभावकारी र गुणस्तरीय रुपमा संचालनका लागि बिभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थासँग सहकार्य गर्ने नीति अवलम्वन गरिने छ ।
स्वास्थ्य
११३. सबै नागरिकलाई सेवाको पहुँच पुर्याई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न प्रवद्र्धनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक सेवामा जोड दिदै नवप्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गरिने छ ।
११४. नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ को मर्मअनुसार जनताको आधारभुत स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचमा पुर्याउन जैमिनी नागरिक स्वास्थ्य उपचार कोषलाई सुदृढीकरण गर्दै लगिने छ । आर्थिक बिपन्नताका कारण उपचारको बन्चितीमा परेका नागरिकको लागि अस्पतालको उपचार खर्च क्रमशः आंसिकबाट पूर्ण रुपमा जिम्मा लिने नीति लिईने छ । साथै जैमिनी नागरिक स्वास्थ्य उपचार कोषमा योगदान गर्न चाहने नागरिकलाई उपचार कोषमा योगदान गर्न आव्हान गरिने छ ।
११५. स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन प्रविधिको प्रयोग गरी सबै स्वास्थ्य संस्थाको डिजीटलाईजेसन कार्यक्रमलाई थप ब्यवस्थित गरिने छ । जैमिनीले संकलन गरेको पारिवारीक स्वास्थ्य प्रोफाईललाई अध्यावधिक गर्दै सबै नागरिकलाई हेल्थ आईडि उपलब्ध गराउने प्रकृया अगाडि बढाउनुको साथै प्रविधिमैत्री परामर्श उपचार सेवा (टेलिमेडिसिन) कार्यक्रम संचालन गरिने छ । नागरिकलाई बिशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्न विशेषज्ञ एकिकृत स्वास्थ्य शिविर संचालन गरिने छ ।
११६. खोप सेवाको गुणस्तरियता कायम राख्दै सुक्ष्मयोजना सहित पुर्णखोप दिगोपनालाई सुनिश्चित गरिने छ र पुर्ण खोप नीतिलाई कार्यान्वयन गर्दै लगिने छ । खोपबाट बचाउन सकिने रोगबिरुद्ध नेपाल सरकारले थप गरेका खोपहरु क्रमशः थप गर्दै लगिने छ । लक्षित समुहका किशोरीहरुको लागि पाठेघरको मुखको क्यान्सर बिरुद्धको रोगको एच.पि.भि. खोप समेतलाई निरन्तरता दिईने छ ।
११७. गर्भावस्थाको जटिलता पत्ता लगाई उक्त सेवा प्रदान गर्ने उद्देश्यले ग्रामिण भिडियो एक्सरे सेवालाई निरन्तरता दिनुको साथै गर्भका कारणले गर्भवती आमा र गर्भको बच्चा जोखिममा परि अस्पतालसम्म प्रेषण गर्नुपरेमा दिईने आकस्मिक यातायात खर्चलाई निरन्तरता दिईने छ ।
११८. बढ्दै गईरहेको नसर्ने रोगलाई न्यूनीकरण गर्न समुदाय स्तरमा स्वास्थ्यकर्मीबाट समुदायको केन्द्रमा स्वास्थ्य परीक्षण गर्नुका साथै टेष्टकिटको माध्यमबाट नसर्ने रोगको स्क्रिनिङ गरी आवश्यक उपचार सल्लाह र प्रेषणको व्यवस्था मिलाउने र हाल बढ्दै गईरहेको नागरिकमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको जोखिम न्यूनीकरण तथा ब्यवस्थापनको लागि व्यक्तिगत र सामूहिक मनोपरामर्श सेवा सञ्चालन गरिने छ ।
११९. नगरपालिका क्षेत्रभित्र बहुक्षेत्रीय पोषण कार्यक्रम संचालन गरी पुर्ण पोषित नगरपालिका बनाउन गर्भवती आमा र बच्चाको सुरक्षाको लागि गर्भवतिको साथी पोषण, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंम सेविका कार्यक्रमलाई थप परिमार्जनसहित नमुना पोषण विशेष कार्यक्रमलाई बहुक्षेत्रीय अबधारणा अनुसार कार्यक्रम निरन्तरता दिईने छ ।
१२०. सबै स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरुको पदपुर्ति, स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड लागु हुनेगरी संस्थाको ब्यबस्थापन गरी सुचक केन्द्रीत स्रोतको प्रबन्ध गर्ने व्यवस्था मिलाईने छ ।
१२१. नगरपालिकाको केन्द्रमा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नती गरी अस्पतालको भवन निर्माण कार्य शुरु गर्न स्रोत सुनिश्चितताको लागि संघ सरकारसँग आवश्यक पहल गरिने छ । नगर अस्पतालमा सिईओएनसी केन्द्र स्थापनाको प्रक्रिया अगाडी बढाउने नीति लिईने छ ।
१२२. सुत्केरी महिला, आकस्मिक बिरामी र जटिल दुर्घटनाबाट जोखिममा परेका नागरिकको उद्धारको लागि सबै वडाहरुमा पहुँच पुग्ने गरी एम्बुलेन्सको ब्यबस्थापन गर्नुको साथै हेली उद्दारको लागि बाँकी वडामा क्रमशः हेलिप्याड निर्माण गरिने छ ।
१२३. सबै स्वास्थ्य संस्थामा अत्यावश्यकीय औषधि तथा औषधिजन्य सामाग्रीको बर्षभरी नै नियमित आपुर्ति गरिनुको साथै प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित स्वास्थ्य बिमा कार्यक्रमलाई नागरिकको पँहुचमा पुर्याउन थप प्रचारात्मक अभियान संचालन गरिने छ ।
१२४. स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम बस्ती तथा जोखिमयुक्त स्थानमा क्षयरोग र कुष्ठरोगका बिरामीको खोज पड्ताल कार्यक्रम संचालन गरिने छ ।
१२५. विद्यालय स्वास्थ्य शिक्षामार्फत किशोरकिशोरी उमेर समुहका विद्यार्थीहरुलाई स्थानीय स्वास्थ्य संस्था र विद्यालयसँगको समन्वयमा पोषण, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामुलक स्वास्थ्य शिक्षाका कक्षाहरु संचालन गरिने छ ।
१२६. महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले समुदायमा गरेको सेवालाई उच्च सम्मान गर्दे स्वयंसेविकाहरुलाई उपलब्ध गराउँदै आएको यातायात खर्च तथा स्वास्थ्य बिमामार्फत प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिनुको साथै अन्तरपालिका अध्ययन अबलोकन भ्रमणको व्यवस्था गर्दै लगिने छ ।
१२७. स्वास्थ्यका कार्यक्रम संचालन गर्ने संघ संस्था एनजिडिएफ सम्बोधन परियोजना (फेयरमेड) लगायतका संघ सस्थासँगको सहकार्यलाई निरन्तरता दिईने छ ।
१२८. आयुर्वेद औषधालयहरुबाट प्रदान गरिने सेवालाई न्यूनतम सेवा मापदण्ड अनुसार प्रभावकारी बनाइने छ ।
१२९. नागरिक आरोग्य सेवा क्लिनिकको सेवालाई निरन्तरता दिईने छ । विद्यालय स्तरवाट नै स्वस्थ जीवनशैलिको विकासमा जोड दिई सकारात्मक सोचको विकास गर्न विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिने छ ।
१३०. स्तनपायी आमाको लागि स्तन्यबर्धक औषधी वितरणलाई थप प्रभावकारी बनाईने छ । चूर्ण औषधी उत्पादन र वितरणलाई गुणस्तरिय र प्रभावकारी बनाई अत्यावस्यक आयुर्वेद औषधीको उपलब्धता सुनिश्चित गरिने छ ।
खानेपानी तथा सरसफाई
१३१. खानेपानी तथा सरसफाई सम्बन्धी वास प्लानलाई कार्यान्वयनमा लगिने छ । एक घर एक धारा कार्यक्रमलाई अभियानात्मक रुपमा अगाडि बढाईने छ ।
१३२. खानेपानीको स्रोतको पानी परिक्षण गर्दा केही खानेपानीका स्रोतमा पिउन लायक पानी नदेखिएकाले मुहान संरक्षण कार्यक्रमलाई प्राथमिकता दिईने छ ।
१३३. नगरपालिकालाई पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ । सोका लागि गैरसरकारी संस्थाहरुसँग समन्वय गरिने छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
१३४. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि जैमिनी नगरपालिकाको लैससास नीति तथा रणनीतिले तय गरेको लक्ष्य र उद्देश्यअनुरुप लगानी केन्द्रित गरिने छ ।
१३५. दिगो विकासको लक्ष्य नं ५ लैङ्गिक समानता प्राप्त गर्ने विषयलाई स्थानीयकरण गरी सो अनुसार कार्यक्रम संचालन गरिने छ ।
१३६. आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक, अल्पसंख्यक र सिमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्वि हुने प्रकृतिका कार्यक्रम संचालन गरिने छ ।
१३७. सीप र उद्धमशिलता विकास गर्दै महिलाहरुको आर्थिक सशक्तिकरण गर्न रोजगार अभियान संचालन गरिने छ ।
१३८. बालबालिकामा लगानी सुनौलो भविष्यको थालनी भन्ने नारासहित बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि आवश्यक कार्यक्रम सञ्चालन गरी २०८२ चैत्र मसान्तभित्र जैमिनीलाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गरिने छ ।
१३९. बालबालिकाको सर्वोत्तम हित, सर्वाङ्गिण विकासका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषयलाई प्राथमिकता दिई लगानी गरिने छ । बालमैत्री स्थानीय शासनका सूचक केन्द्रित पक्षहरुलाई जिम्मेबार र जवाफदेही बनाइ सूचकहरुलाई पूर्णता दिन र सोको दिगोपनाका लागि बहुपक्षीय सहभागितात्मक सचेतनामूलक अभियानहरु सञ्चालन गरिने छ ।
१४०. महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धीको राष्ट्रिय कार्ययोजना, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पारित प्रस्ताव नं १३२५ र १८२० को राष्ट्रिय कार्ययोजना, मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना र बेईजिङ घोषणा पत्रका प्रतिवद्वता कार्यान्वयनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने छ ।
१४१. दलित वर्गको इतिहास, संस्कृतिलाई संरक्षण सहित दलित र उत्पीडनको इतिहासलाई लिपिबद्ध गर्ने र दलित वर्गको सशक्तीकरण गर्ने उद्देश्यले राष्ट्रिय दलित संग्रहालयको स्थापनाको लागि संघ प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गरिने छ ।
१४२. दलित समुदायको सशक्तीकरण, क्षमता विकासका लागि तालिम कार्यक्रम सञ्चालन गरिनेछ । छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस लगायतका दिवसिय कार्यक्रमलाई सचेतनामुलक रुपमा प्रचारात्मक रुपमा सञ्चालन गरिने छ ।
१४३. दलितहरुको सीप तथा रोजगार प्रवद्र्धनका लागि भगत सर्वजित विश्वकर्मा उद्यमशिलता विकास तालिमलाई निरन्तरता दिईने छ ।
१४४. लैङ्गिक हिंसा निवारणका लागि जोड कोषको व्यवस्था गरी हिंसामा परेका पीडित तथा प्रभावितको तत्काल उद्धार, राहत तथा पुर्नस्थापनाका लागि आवश्यक कार्य गरिने छ ।
१४५. छोरी जन्मे घर, खुसीको लहर भन्ने मुल नारासहित संचालन भएको जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिईने छ ।
१४६. असहाय र अनाथ बालबालिकाको सुनौलो भविष्य सुनिश्चितका लागि त्यस्ता बालबालिकाको संरक्षकत्व जैमिनी नगरपालिकाले लिने छ । यसका लागि असहाय तथा अनाथ बाल संरक्षण कार्यक्रमको रुपमा आवासीय व्यवस्थासहित शैक्षिक व्यवस्था गरिने छ ।
१४७. सयुंक्त राष्ट्र संघीय बाल अधिकार महासन्धि १९८९ मा उल्लेख भए अनुरुपका प्रतिबद्धता कार्यान्वयन गर्न बालबालिकाका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिने छ ।
१४८. जैमिनी नगरपालिकाभित्र निर्माण हुने सार्वजनिक पुर्वधार संरचना अपांगता, बालबालिका, ज्येष्ठ नागरिक र महिलामैत्री बनाईने छ ।
१४९. हरेक वर्ष नगरपालिकाबाट संचालित कार्यक्रम र आयोजनाहरुको लैससास परीक्षण गरी लैंगिक उत्तरदायी बजेटलाई संस्थागत गर्दै लगिने छ ।
१५०. बालविबाह, बहुविवाह, लैङ्गिक हिंसा, छुवाछुत र दाईजो जस्ता सामाजिक कुप्रथा नियन्त्रणका लागि आवश्यक कार्यक्रम संचालन गरिने छ ।
सामाजिक सुरक्षा
१५१. सामाजिक सुरक्षा प्रणालीलाई थप व्यवस्थित गर्न बायोमेट्रिक संचालन प्रणाली सुचारु भइसकेकोले सामाजिक सुरक्षा भत्ता नविकरण र नयाँ दर्ता प्रणालीमा प्रविष्ट गर्दा अनिवार्य बायोमेट्रिक्स गरिने छ ।
१५२. सामाजिक सुरक्षा वितरण प्रणालीमा ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य चेक जाँचको समेत प्रवन्ध गरिने छ । सामाजिक सुरक्षा भत्तासँगै स्वास्थ्य जाँचको लागि टोली टोल स्तर सम्म परिचालन गरिने छ ।
१५३. अपाङ्गता भएमा व्यक्तिहरुको प्रकृति अनुसार जीविकोपार्जनका लागि सीप विकास तथा आयआर्जन सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ भने अपाङ्गता सहायता सामग्रीका लागि आवश्यक बजेटको प्रबन्ध गरिने छ ।
१५४. घरबारविहीनलाई घर र फूसका छाना विस्थापन कार्यक्रमलाई निरन्तरता दिइने छ । सुकुम्बासी समस्या समधानका लागि आवश्यक प्रक्रिया पुरा गरी यसैवर्ष नगरपालिकालाई सुकुम्बासी मुक्त पालिका घोषणा गरिने छ ।
१५५. नागरिकहरुमा अनुत्पादक क्षेत्रका खर्च कटौती गरि बचत गर्ने बानीको विकास गर्न वित्तिय साक्षरता कार्यक्रमलाइ अभियानको रुपमा सञ्चालन गरिने छ । यसका लागि पालिका क्षेत्रभित्रका बैङ्क तथा वित्तीय संस्थाहरु सँग समन्वय गरिने छ ।
श्रम रोजगार प्रवद्र्धन र विकास
१५६. नगरपालिका भित्र भौतिक पूर्वाधार निर्माण सम्बन्धी आयोजनाहरु सन्चालनमा स्थानीय श्रमको उपयोगलाइ जोड दिइने छ । जसका लागि महिला र पुरुषलाई समान कामका लागि समान ज्याला उपलव्ध गराई बेरोजगार युवाहरुको सीप र क्षमतालाई दक्ष बनाउदै उपयोगमा ल्याईने छ ।
१५७. वैदेशिक रोजगारमा भएका जैमिनीवासी नागरिकहरुलाई थप सुरक्षित बनाउन सरोकारवाला व्यक्ति र निकायहरुसँग सहकार्य गरिने छ । त्यसका लागि सुरक्षित आप्रवासन कार्यक्रमलाई थप व्यवस्थित गर्न आवश्यक पर्ने सुचना प्रवाहका लागि नगर स्तरमा रहेका सामुदायिक सिकाई केन्द्रमा कार्यरत परिचालिकाहरुलाई थप प्रोत्साहन सहित परिचालन गरिने छ ।
१५८. वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप, पूँजी र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाको आर्थिक वृद्दिमा परिचालन गरिने छ । त्यसका लागि आवश्यक कार्यक्रम तथा नीतिको व्यवस्था गरी कार्यक्रमहरु सञ्चालनको व्यवस्था मिलाइने छ ।
१५९. श्रम स्वीकृतीको प्रक्रियालाइ अझै प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन आवश्यक सहजिकरण गरिने छ ।
१६०. पूर्व सिकाई मान्यतामा आधारित निशुल्क सीप परीक्षण र प्रमाणिकरणको व्यवस्थाका लागि संघ र प्रदेश सरकारको सहकार्यमा आवश्यक व्यवस्था मिलाईने छ ।
सुशासन तथा संस्थागत विकास
१६१. नगरपालिका र यसअन्तर्गत रहेका कार्यालयहरूमा जडान गरिएका विद्युतिय हाजिरी प्रणालीलाई थप व्यवस्थित गरि संचालन गरिने छ ।
१६२. नतिजामा आधारित काम, सेवा प्रवाहमा सुधार, जनविश्वास अभिवृद्धि र संस्थागत सुशासन कायम गर्नका लागि च्ष्नजत ःबल ष्ल च्ष्नजत एबिअभ को नीति अवलम्वन गरिने छ । सेवा प्रवाहलाई निष्षक्ष, पारदर्शी र मितव्ययी बनाउन कर्मचारी र जनप्रतिनिधीहरूको जवाफदेहितामा अभिवृद्वि गरिनेछ । कानुनको परिपालना गरिने छ ।
१६३. नगरपालिकामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादनलाई नतिजासँग जोडदै कार्यसम्पादन सूचकका आधारमा कार्य सम्पादन नतिजा अनुसार कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई निरन्तरता दिइने छ ।
१६४. नगरपालिकाले प्रदान गर्ने सेवाहरु एकिकृत रुपमा प्रदान गर्न नगर कार्यपालिकाको परिसरमा एकल विन्दु सेवा प्रवाह केन्द्रको स्थापना गरि संचालनमा ल्याइने छ ।
१६५. नगरपालिका, वडा कार्यालय र सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा न्यूनतम सेवा प्रवाह मापदण्ड तर्जुमा गरी कार्यान्वयन गरिने छ ।
१६६. नगरपालिकाको सार्वजनिक सेवा प्रवाह, स्थानीय विकास व्यवस्थापन, वित्तिय व्यवस्थापन, स्थानीय आर्थिक विकास लागयत क्षेत्रमा हाँसिल गरेका उपलब्धीहरूको लेखाजोखा राख्ने मुल्याङ्कन प्रणालीलाई थप प्रभावकारी हुने गरी कार्यान्वयन गरिने छ ।
१६७. सेवाग्राहीहरुको सहजताका लागि योजनाहरुको वडा कार्यालयहरुमा नै सम्झौता गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
१६८. नगरसभा र नगरपालिकाका विषयगत समितिहरुको क्षमता विकासको कार्यक्रमहरु संचालन गरिने छ । लेखा समितिलाई क्रियाशिल बनाई महालेखा परिक्षकको कार्यालयबाट कायम भएका बेरुजुहरुको संपरीक्षण तथा फछ्र्यौट कार्यमा कार्यतालिका बनाई परिचालन गरिने छ । सार्वजनिक खर्चको प्रभावकारितामा जोड दिदै आर्थिक क्रियाकलाप संचालन गर्दा विनियोजन कुशलता, खर्चमा दक्षता र आर्थिक अनुशासनको मान्यतालाई अवलम्बन गरिने छ ।
१६९. सेवा प्रवाह सुधार तथा सेवाग्राही सन्तुष्टिका लागि व्यवस्थापन परिक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई सेवाग्राही सन्तुष्टी सर्वेक्षण जस्ता विधिको प्रयोग गरिने छ । वडा तथा नगर कार्यपालिकावाट प्रवाह हुने सेवालाई अनलाइन रजिष्ट्रेशन, कम्प्युटर बिलिङ जस्ता सूचना प्रविधिको प्रयोग मार्फत नागरिक मैत्री बनाईने छ ।
१७०. भ्रष्ट्रचारजन्य क्रियाकलापप्रति शुन्य सहनसिलताको नीति अवलम्बन गर्दै नगरका नीति तथा कानुनहरुको व्यापक प्रचारप्रसार, कार्यविधि सरलिकरण, प्रभावकारी गुनासो सुनुवाई संरचनाको व्यवस्था, सूचनाहरुको पार्दर्शिता र अनुगमन प्रणालीलाई थप व्यवस्थित गरिने छ ।
१७१. नगरपालिकाको सँगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनबमोजिम सबै कर्मचारीको कार्य विवरण तयार गरी सो अनुसार कार्यसम्पादन गर्ने व्यवस्था मिलाई सेवा प्रवाहलाई चुस्तदुरुस्त, सहज, सरल र प्रभावकारी बनाइने छ ।
१७२. कर्मचारी तथा शिक्षकको आन्तरिक सरुवालाई व्यवस्थित पारदर्शी र अनुमानयोग्य बनाउन आन्तरिक सरुवा सम्बन्धी मापदण्ड जारी गरिने छ । नयाँ प्रवेशी स्थायी कर्मचारीलाई निश्चित समय सेवा प्रवेश तालिमसँगै प्लयध थयगच ःगलष्अष्उबष्तिथ ९प्थ्ः० नगर दर्शन कार्यक्रममा अनिवार्य गरिनेछ । यसले नवप्रवेशी कर्मचारीलाई नगरपालिकाको सामाजिक, सांस्कृति र भौगोलिक सुचनाको जानकारी भई सेवा प्रवाहमा सहजता आउने विश्वास लिईएको छ ।
१७३. सार्वजनिक सरोकारका विषयमा सार्वजनिक सञ्चारका माध्यमबाट आम नागरिकलाई सूचना प्रवाहका लागि सहकार्य गरिनेछ । स्थानीय नागरिक समाज, बुद्दिजीवि, समाजसेवि लगायत सचेत सबै नागरिकसँग मैत्रीपूर्ण सहकार्यलाई अभिबृद्दि गरिने छ ।
१७४. अपराधिक क्रियाकलापलाई न्यूनिकरण गरी जनताहरूलाई शान्ती सुरक्षा र अमनचयनको अनुभुती दिलाउनका लागि जैमिनी नगरपालिकाको केन्द्र कुश्सीसेरा बजार क्षेत्रमा जडान गरिएका ऋऋत्ख् ऋबmभचब हरूलाई थप व्यवस्थित गरिने छ ।
१७५. असल अभ्यास सिकाईका लागि अध्ययन अवलोकन भ्रमणको नीति लिइने छ ।
अन्तरसम्बन्धीत विषयहरु
१७६. समृद्द जैमिनीका लागि जागरुक जैमिनीबासी भन्ने मुल नारा सहित राजश्व सुधारका क्षेत्रहरुमा राजश्व सुधार कार्ययोजनाले दिएका सुझावहलाई कार्यान्वयन गरिने छ । व्यवसायीमैत्री वातावरण निर्माणका लागि सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरिने छ ।
१७७. राजश्व संकलन प्रणालीलाई सुत्र मोडलमा लगिनेछ । आत्मसम्मान सहित सरल तरिकाले कर तिर्ने वातावरण बनाउन सुचना तथा सञ्चारको प्रयोगमा जोड दिईने छ ।
१७८. नगरपालिकामा मेलमिलापकर्ताको रुपमा सुचिकृत भएका मेलमिलापकर्ताहरुलाई शान्ति र विकास दुतका रुपमा परिचालन गरिनेछ । समूदाय स्तरमा विवादहरुको निरुपण कार्यलाई प्रभावकारी बनाईने छ । मेलमिलाप कार्यमा आमा समूह, स्वयंसेविका र युवा क्लब लगायतका सामाजिक संघ संस्थाहरुसँग समन्वय गरिने छ ।
१७९. न्यायिक सचेतना, कानूनी साक्षरता, सम्बाद र सम्मेलनमार्फत असल अभ्यासहरुको अनुसरण गरिने छ । न्यायिक समितिको काम कारवाहीलाई थप प्रभावकारी बनाउन डिजिटल सामाग्रीको प्रयोग गरिने छ ।
१८०. टोल विकास संस्थाहरु गठन नभएका स्थानहरुमा टोल विकास संस्थाहरु गठन गरी उद्देश्यको वारेमा बोध गराइ सामाजिक विकासका अभियानहरुमा परिचालन गरिने छ ।
१८१. प्राकृतिक स्रोतको बिक्रि वितरणका लागि सम्भावित नदी, खोलाजन्य पदार्थ, स्लेट र ढुङ्गा खानी सम्बन्धी प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन गरिने छ ।
१८२. धुवारहित चुल्हो स्थापना गरी गृहणीको स्वास्थ सुधार गर्ने मुल उद्देश्यले दिगो उर्जाको स्रोत विद्युतमा आधारित विद्युतिय चुल्हो प्रवर्धनका लागि सरोकारवाला संघ संस्थासँग समन्वय गरिने छ ।
१८३. नगरभित्रका सार्वजनिक सम्पतिको विवरण तयार गरिने छ । सार्वजनिक सम्पतिको दुरुपयोग रोक्दै यस्ता सार्वजनिक सम्पतिको संरक्षण र समुचित प्रयोगको लागि ध्यान दिईने छ ।
१८४. नगरपालिकाभित्र गरिने खोज अन्वेषण, अनुसन्धान, नवप्रवर्तन र आविष्कार जस्ता अनुसन्धानमूलक कार्यका लागि समन्वय र प्रोत्साहन गरिने छ ।
१८५. जैमिनी नगरपालिका भित्रको शान्ति सुरक्षा व्यबस्थालाई व्यवस्थित र प्रभावकारी बनाई नागरिकहरुको भरोसा योग्य बनाउन सुरक्षा निकायसँग सहकार्य गर्दै नगर भित्रका सुरक्षा निकायलाई सवलीकरणमा सहयोग गरी थप प्रभावकारी बनाइने छ ।
१८६. बसाईसराई र आप्रवासन जैमिनी नगरपालिकाको लागि चुनौतिको विषय बनेको छ । नगरबासीलाई आफ्नो थातथलोमा बसाई राख्न आवश्यक पर्ने भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिने छ ।
१८७. जैमिनीका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने रक्तसञ्चार केन्द्र, धौलागिरी पोजेटिभ समूह, व्रिटिस वोयलफेयरसँग समन्वय र साझेदारीमा कार्यक्रम सञ्चालन गरिने छ ।
१८८. साझा सरोकारका बिषयहरुलाई पहिचान गरि सम्भाव्य क्षेत्रमा लगानीका लागि अन्तरपालिका समन्वय र साझेदारीको नीति अवलम्वन गरिने छ ।
१८९. आगामी आ.ब.को वार्षिक योजना तर्जुमा गर्दा सन् २०३० सम्म पुरा गर्ने गरी तोकिएका दिगो विकासका लक्ष्यहरु (क्म्न्क) लाई विषयगत क्षेत्र अनुसार स्थानीयकरण गरी योजना तथा कार्यक्रम तर्जुमाका सन्दर्भमा उपयुक्त रणनीति तयार गरी लागु गरिने छ ।
१९०. नगरपालिकाको श्रोत साधनलाई मध्य नजर गरी आवश्यकता अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, सडकवोर्ड नेपाल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संघ संस्थाहरु सँग सहकार्य गर्दै अगाडि बढ्ने नीतिलाई निरन्तरता दिइने छ ।
अन्त्यमा, समृद्द जैमिनी खुसी र आत्मनिर्भर जैमिनीबासीको नारालाई सफल पार्न शिक्षा, स्वास्थ्य, कृषि उत्पादन पर्यटन र पुर्वाधार निर्माणमा जैमिनी नगरपालिकाको विशेष ध्यान दिएको छ । जैमिनीबासी नागरिकको जीवनस्तर उकास्न नगरपालिकाले लिएका नीति कार्यक्रम र बजेटमा सबैको जागरुक सहभागिता र सचेत खबरदारीको पनि अपेक्षा गर्दछौ । संस्थागत सुशासन कायम गर्दै उपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने नगरपालिकाको नीतिमा सबैको साथ सहयोगको अपेक्षा गर्दछु । नगरका सबै क्षेत्रमा समृद्दिको अभियानलाई साकार बनाउन सबैको सहभागिताको लागि अनुरोध गर्दछु । धन्यवाद ।
नर बहादुर पुन
नगर प्रमुख




