सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ नगरको बजेट एक अर्ब ३१ करोड

बागलुङ नगरको बजेट एक अर्ब ३१ करोड

काङ्ग्रेसको पार्टी कार्यालय बनाउनका लागि ७० लाख विनियोजन


  • ढोरपाटन संवाददाता
  • असार १० २०८२, मंगलबार

बागलुङ/ बागलुङ नगरपालिकाले आगामि आर्थिक बर्षका लागि एक अर्व ३१ करोडको बजेट ल्याएको छ । नगर उपप्रमुख राजु खड्काले १७ औं नगरसभाको चौथो बैठकमा उक्त बजेट प्रस्तुत गरे । खड्काले आगामि आर्थिक बर्षमा १ अर्व ३० करोड ९५ लाख ५८ हजार ५ सय ६९ रुपैयाँँ, बिभिन्न स्रोतबाट आम्दानी हुने र सोही अनुसारको खर्चको प्रस्ताव गरेका हुन् । बजेटमा खर्च कटौतीको प्रस्ताव गरिएको छ । बालमैत्री स्थानीय शासनको दिगोपना लगायतका कार्यक्रम बजेटमा समाबेश छन् । बजेटले काङ्ग्रेसको पार्टी कार्यालय बनाउनका लागि ७० लाख बिनियोजन गरेको छ । यसको सवै क्षेत्रवाट विरोध सुरु भइसकेको छ । नगरपालिकाले श्रम बैंक स्थापना गर्न पनि बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->