आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

ताराखोला गाउँपालिकाको बजेट ४० करोड ६७ लाख

ताराखोला गाउँपालिकाको बजेट ४० करोड ६७ लाख

गाउँपालिकाले आर्थिक विकासतर्फ १ करोड ४८ लाख ३५ हजार, सामाजिक विकासतर्फ सशर्त अनुदानसहित १९ करोड ८३ लाख ८२ हजार बजेट विनियोजन गरेको छ ।


  • पूर्णभद्र निउरे
  • असार १० २०८२, मंगलबार

बागलुङ/जैविक गाउँपालिकाको रुपमा परिचित पश्चिम बागलुङको ताराखोलाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४० करोड ६७ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार १८ औँ गाउँ सभामा ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोकाले बजेट सार्वजनिक गरेका हुन् । आगामी आर्थिक वर्षका लागि ताराखोला गाउँपालिकामा चालुतर्फ २२ करोड ७३ लाख ७० हजार र पुँजीगतर्फ १७ करोड ९३ लाख गरी कुल ४० करोड ६७ लाख ४७ हजार बजेट सार्वजनिक गरिएको हो ।

गाउँपालिकाले आर्थिक विकासतर्फ १ करोड ४८ लाख ३५ हजार, सामाजिक विकासतर्फ सशर्त अनुदानसहित १९ करोड ८३ लाख ८२ हजार, पुर्वाधार विकासतर्फ ११ करोड ५५ लाख ५१ हजार, विपद् व्यवस्थापनतर्फ ३० लाख ५० हजार, सुशासन तथा संस्थागततर्फ १ करोड ३२ लाख ६० हजार र पालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड १६ लाख ७० हजार विनियोजन गरेको छ ।

गाउँसभामा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापाले स्थानीय स्रोत र साधनको हिसाबले ताराखोला गाउँपालिका सबै स्थानीय तहभन्दा अगाडि रहेकोले स्रोत साधनको सदुपयोग गर्दै राजश्व वृद्धि गर्नुपर्ने जोड दिएका थिए । गाउँसभामा ताराखोला गाउँपालिकाका आर्थिक विकास समितिका संयोजक याम बहादुर श्रीसले मध्यकालिन खर्च संरचना प्रस्तुत गरेका थिए ।

उत्पादन बढाउन वितरणमुखी नीतिलाई निरुत्साहित गर्दै उत्पादनमा आधारित अनुदान नीति तथा कार्यक्रम लिएको ताराखोलाले आन्तरिक उत्पादन बढाई निर्यात वृद्धि गर्न तथा स्थानीय तहमा रोजगारी सिर्जना गर्न कृषक, कृषि समुह, निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरी एकीकृत उत्पादन र बजारीकरणलाई जोड दिएको छ ।

उत्पादन हुने हरेक वस्तुलाई बजारीकरण गरेर आयआर्जनमा जोड्ने, किसानलाई व्यवसायिक बनाउने तथा श्रमिकलाई गाउँपालिकाभित्रै अधिकतम रोजगारी दिने ताराखोलाले नीति लिएको छ । ताराखोलामा बजारीकरण गर्न सकिने धेरै उद्योगहरु छन् । ती साना तथा मझौला उद्योगलाई बजारमा जोड्दा स्थानीयबासीले रोजगारी पाउने, आयआर्जन बढ्ने र पालिकाको राजश्व समेत बढाउने पालिकाको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->