आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गौरवका योजनालाई एक करोड बजेट

गौरवका योजनालाई एक करोड बजेट

पालिकाको दुई वटा गौरबको योजनाको लागि एक करोड, संघ तथा प्रदेश समपुरकतर्फ तीन करोड रकम बजेट विनियोजन गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • असार १० २०८२, मंगलबार

बागलुङ/काठेखोला गाउँपालिकाले कृषि, पशुपालन र शिक्षालाई जोड दिएर आगामि आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक, सामाजिक र पूर्वाधार बिकासलाई सँगसँगै अघि बढाउनेगरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएको छ ।

गाउँपालिकाको १७ औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष तेज बहादुर थापाले बजेटमा ५८ करोड ६९ लाख ८३ हजार रुपैयाँको अनुमानीत बजेट प्रस्तुत गरे । सर्शत (चालु)तर्फ ३१ करोड १२ लाख,सशर्त (पूजिगत) एक करोड ४० लाख, चालु तर्फको खर्च सात करोड ३० लाख, पुर्वधार विकासमा २ करोड १९ लाख, सामाजिक विकासतर्फ तीन करोड २१ लाख खर्चहुने अनुमान गरिएको छ ।

गाउँपालिकाले ८ वटा वडामा तीन करोड ७० लाख रुपैयाँ वजेट विनियोजन गरेको छ । पालिकाको दुई वटा गौरबको योजनाको लागि एक करोड, संघ तथा प्रदेश समपुरकतर्फ तीन करोड रकम बजेट विनियोजन गरेको छ ।

यस्तै संघिय सरकार समपुरक अनुदान ढोलकाटेचोक, तंग्रमाम वडा कार्यालय भवन, सात्लेस हुदै धम्जा देउराली सडक स्तरोन्तीको लागि १ करोड २१ लाख बजेट नियोजन गरेको छ । पालिकाले आर्थिक बिकास कृर्षि, पर्यटन,उद्योग तथा बाणिज्य,सहकारी र वित्तिय क्षेत्रको लागि १ करोड १५ लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->