नगरसभाका अध्यक्ष महोदय,
नगरसभाका सदस्यज्यूूहरु
१. बागलुुङ नगरपालिकाको नगर उप–प्रमखको हैसियतले आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रम, आ.व. २०८१।८२ को प्रगति समिक्षासहित १७ औं नगरसभाको यो महत्वपूर्ण क्षण र विशेष अवसरमा नेपालको संविधानको धारा २३० बमोजिम स्थानीय तहलाई दिइएको अधिकार र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम उपस्थित भएको छु । बागलुङ नगरपालिकाले हालसम्म हासिल गरेका सबै प्रकारका उपलब्धीहरुलाई संस्थागत गर्दै थप उपलब्धी प्राप्तीका लागि यो बजेट र कार्यक्रम फलदायी हुने विश्वास लिएको छु ।
२. सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, दशवर्षे जनयुुद्ध, राजनैतिक क्रान्ति, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै जिवन उत्सर्ग गर्ने अमर शहिदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धासुुमन अर्पण गर्दछुु । साथै, बेपत्ता परिवार, घाइते तथा अपांगता भएका व्यक्तिलगायत सम्पूर्ण जनसमुदायप्रति हार्दिक अभिनन्दनसहित उच्च सम्मान प्रकट गर्दछुु ।
३. बागलुुङ नगरपालिकाको पहिलो जननिर्वाचित नगर प्रमुुख स्व. ऋृषीराम शर्मा तथा नगर उप–प्रमुुख पद्मचन्द्र राजभण्डारी लगायत अग्रज नेतृत्वहरुको महत्वपूुर्ण योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछुु ।
४. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोश्रो स्थानीय तहको निर्वाचनबाट हामीले यस नगरपालिकाको निर्वाचित जनप्रतिनिधीको जिम्मेवारी ग्रहण गरेको तीन वर्ष पुुरा भईसकेको छ । यस तीन वर्षमा नगरबासीप्रति पूूर्ण रुपमा उत्तरदायी बनेर कार्य गरिरहेका छौं र सबै नगरबासीबाट पाएको आत्मिय माया तथा प्राप्त सल्लाह, सुुझाव एवं स्वच्छ आलोचनाका लागि हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछुु ।
५. नेपालको संविधानले मुलुकमा दिगो शान्ती, सुशासन, विकास र समृद्धिको आकांक्षा राखेको छ । संविधान बमोजिम मौलिक हकको कार्यान्वयन गर्दै सोह्रौ योजना तथा हामीले लिएका सोच लक्ष्य र उद्देश्य हासिल गर्न समन्यायीक र दिगो आर्थिक वृद्धिमार्फत आम नागरिकको जीवनमा गुणात्मक सुधार ल्याउन, निरपेक्ष तथन बहुआयमिक गरिबीको अन्त्य गरी नागरिकको परिस्कृत एवं मर्यादित जिवनयापनको वातावरण सिर्जना गर्न र सामाजिक सुरक्षा तथा संरक्षण गर्दै न्यायपूर्ण समाजको निर्माण गर्नु आजको आवश्यकता हो । स्थानीय अर्थतन्त्रका कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादन तथा उत्पादकत्वका साथै श्रमको उत्पादकत्व अभिवृद्धि एवं उत्पादनसिल र मर्यादित रोजगारी सृजना गर्नु, आर्थिक श्रोतमा देखिएको असरलाई सम्बोधन गर्दै उत्पादन, बचत तथा लगानी अभिवृद्धि गर्नु, उपयोगमुखी आयात न्युनिकरण गरी व्यापार असन्तुलन घटाउँदै बाह्य क्षेत्रलाई स्थायित्व प्रदान गरि दीगो बनाउनु, विप्रेषण आप्रवाहलाई उत्पादनमुलक क्षेत्रमा लगाई अर्थतन्त्रलाई चलायमान बनाउनुु, विपद जोखिम न्यूनिकरणका क्षेत्रमा पुनरोत्थान, उत्थानशीलता र जलवायु अनुकुलनशीलता कायम गर्नु र नगरलाई आधारभूत उत्पादनमा आत्मनिर्भर बनाउन यो नगरसभा एक ढिक्का भएर लाग्न पर्ने आवश्यकता देखिन्छ । यो अवस्थामा पनि सन्तुुलित एवं समावेशी विकास, आर्थिक वृद्धि, सुुशासन, दिगो पूर्वाधार विकास, बालमैत्री स्थानीय शासनको दिगोपना, रोजगारी तथा शिपमुुलक तालिम, पर्यटन विकास र सामाजिक विकासको कार्यमा बजेट लक्षित गर्ने भरपुर प्रयास गरेको छुु ।
६. नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, नेपालको दीगो विकास लक्ष्य, सोह्रौ योजना, नेपाल सरकारको नीति तथा कार्यक्रम, गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम, मध्यकालिकन खर्च संरचना, आवधिक योजना र बागलुङ नगरपालिकाको आवधिक योजना, मध्यमकालिन खर्च संरचनाले निर्दिष्ट गरेका योजना तथा बजेटसहित स्थानीय राजनैतिक दलहरु, स्थानीय विज्ञ, नागरिक क्षेत्रका अगुवा, विषयगत समिति लगायत सरोकारवाला संघसंस्थाको सुुझाव, वडा समिति र टोल भेला तथा नागरिकबाट प्राप्त भएका सुझावलाई समेत ग्रहण गर्दै बजेट तर्जुुमाको मुख्य मार्गदर्शनको रुपमा लिएको छुु । साथै, यस गरिमामय नगरसभामा नगर प्रमुुखज्यूूबाट प्रस्तुुत आ.व २०८२÷०८३ को नीति तथा कार्यक्रमलाई प्रमुुख आधार बनाई सिमित श्रोत र साधनबाट अधिकतम आवश्यकता सम्बोधन हुने गरी यो बजेट तथा कार्यक्रम बनाएको छुु ।
सभाध्यक्ष महोदय एवं सभासदस्य ज्यूूहरु
अब म बागलुुङ नगरपालिकाको गत आर्थिक वर्ष २०८०÷०८१ को वित्तिय विवरणको यथार्थ अवस्था संक्षेपमा प्रस्तुुत गर्न चाहन्छुु ।
७. आर्थिक वर्ष २०८०।०८१ मा प्रस्तावित आय अनुमान रु. १,३२,७०,०४,३००। (एक अर्व बत्तीस करोड सत्तरी लाख चार हजार तीन सय रुपैयाँ) भएकोमा नेपाल सरकारवाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्पm १४,७४,०५,०००। (चौध करोड चौरहत्तर लाख पाँच हजार रुपैयाँ मात्र), सशर्त अनुदानतर्पm रु. ६२,४२,३९,०८७। (बैसठ्ठी करोड बयालीस लाख उन्चालीस हजार सतासी रुपैयाँ मात्र), विशेष अनुदानतर्पm ३०,२९,१७२। (तीस लाख उन्तीस हजार एक सय बहत्तर रुपैयाँ मात्र) र समपुरक अनुदानतर्पm रु. १,८४,९९,०१७। (एक करोड चौरासी लाख उनान्सय हजार सत्र रुपैयाँ मात्र) गरी जम्मा रु. ७९,३१,७२,२७७ (उनासी करोड एकतिस लाख बहत्तर हजार दुई सय सतहत्तर रुपैयाँ मात्र), प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदानतर्पm रु. १,७१,११,२५०। (एक करोड एकहत्तर लाख एघार हजार दुई सय पचास रुपैयाँ मात्र), सशर्त अनुदान रु. २२,०९,५१३। (बाइस लाख नौ हजार पाच सय तेह्र रुपैयाँ मात्र) समपुरक अनुदान रु. ४७,१०,१४४। (सच्चालीस लाख दस हजार एक सय चौवालीस रुपैयाँ मात्र) गरी प्रदेशतर्फ जम्मा रु. २,४०,३०,९०७। (दुई करोड चालिस लाख तीस हजार नौ सय सात रुपैयाँ मात्र) त्यसैगरी संघ, प्रदेश र स्थानीय तहको राजश्व बाँडफाँडतर्पm रु. १३,९३,८३,०८१। (तेह्र करोड त्रिनब्बे लाख त्रीयासी हजार एकासी रुपैयाँ) र आन्तरिक आयतर्पm रु. ५,९२,८५,१७६। (पाँच करोड बयानब्बे लाख पचासी हजार एक सय छ्यात्तर रुपैयाँ मात्र) र गत वर्षको मौज्दाततर्पm रु. ६,७०,१७,४३५। (छ करोड सत्तरी लाख सत्र हजार चार सय पैतीस रुपैयाँ मात्र) गरी जम्मा रु. १,०८,२८,८८,८७९। (एक अर्ब आठ करोड अठ्ठाइस लाख अठासी हजार आठ सय उनासी रुपैयाँ मात्र) यथार्थ आय प्राप्त भई लक्ष्यको ८१.६ प्रतिशत मात्र यथार्थ आय भएको ब्यहोरा गरिमामय सभामा जानाकारी गराउँदछु ।
८. त्यसैगरी खर्चतर्पm आर्थिक विकासका लागि रु. २,४४,७८,८३२। (दुई करोड चौवालीस लाख अठहत्तर हजार आठ सय बत्तिस रुपैयाँ मात्र), सामाजिक विकासतर्पm रु. १३,२९,२६,७०९। (तेह्र करोड उन्तीस लाख छब्बीस हजार सात सय नौ रुपैयाँ मात्र), पूूर्वाधार विकासतर्पm रु. ३०,९३,६९,७४४। (तीस करोड त्रियानब्बे लाख उसत्तरी हजार सात सय चौवालिस रुपैयाँ मात्र), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्पm रु. २,३८,०२,०२१। (दुई करोड अठतिस लाख दुई हजार एक्काइस रुपैयाँ मात्र) र कार्यालयको सञ्चालन (सामुदायिक विद्यालय, शिक्षक कर्मचारी तलब भत्तासमेत) तर्पm रु. ५६,१४,४४,८७०। (छपन्न करोड चौध लाख चौवालिस हजार आठ सय सत्तरी रुपैयाँ) गरी जम्मा रु. १,०५,२०,२२,१७८। (एक अर्व पाच करोड बीस लाख बाइस हजार एक सय अठहत्तर रुपैयाँ मात्र) खर्च भई कुल बजेटको ७९.२७ प्रतिशत खर्च भएको ब्यहोरा सम्मानित नगरसभामा जानाकारी गराउन चाहान्छु ।
सभाध्यक्ष महोदय एवं सभासदस्य ज्यूूहरु,
अब म चालु आ.व. २०८१।०८२ को जेठ मासान्त सम्ममा वजेट योजना तथा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा देखिएका तथ्य र वजेटको स्वरुपलाई प्रस्तुुत गर्ने अनुुमति चाहन्छु ।
९. नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्पm रु. १५,८७,००,०००। (पन्ध्र करोड पचासी लाख) अनुमान भएकोमा रु. १४,५६,२३,१२०। (चौध करोड छपन्न लाख, तेइस हजार एक सय बीस रुपैयाँ मात्र) प्राप्त भएको, सशर्त अुनदान रु. ९९,८७,३८,०००। (उनान्सय करोड सतासी लाख अठ्तीस हजार रुपैयाँ मात्र) आय अनुमान भएकोमा रु. ९८,३१,६८,०२० (अन्ठनब्बे करोड एकतीस लाख अठ्सठ्ठी हजार बीस रुपैयाँ मात्र) प्राप्त भएको, समपुरक अनुदान रु. ४०००००००। (चार करोड रुपैयाँ मात्र) अनुमान भएकोमा रु. १,९५,२९,३३१। (एक करोड पन्चानब्बे लाख उन्तीस हजार तीन सय एकतीस रुपैयाँ मात्र) प्रँप्त भएको, राजश्व बाँडफाँडतर्पm रु. १६,४९,५०,१८६। (सोह्र करोड उन्पचास लाख पचास हजार एक सय छ्यासी रुपैयाँ मात्र) आय अनुमान भएकोमा रु. १२,८२,०१,२९७। (बाह्र करोड बयासी लाख एक हजार दुई सय सन्तानब्बे रुपैयाँ मात्र) प्राप्त भएको छ । प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, समपुरक र सर्शत अनुदानतर्पm रु. ३,२६,७६,०००। (तीन करोड छब्बीस लाख छ्यात्तर हजार रुपैयाँ मात्र) आय अनुमान भएकोमा रु. २,७६,७६,०००। (दुइ करोड छ्यात्तर लाख छ्यात्तर हजार रुपैयाँ मात्र) प्राप्त भएको, आन्तरिक राजश्वको आय र गत वर्षको बैंक मैज्दातसहित रु. २५,०७,४०,१७१। (पच्चिस करोड सात लाख चालीस हजार एक सय एकहत्तर रुपैयाँ मात्र) आय अनुमान भएकोमा खुद आय रु. ८,३०,९८,९४१। (आठ करोड तीस लाख अन्ठानब्बे हजार नौ सय एक्चालीस रुपैयाँ मात्र) प्राप्त भई जम्मा रु. १,३८,७२,९६,७१०।– (एक अर्ब अठ्तीस करोड बहत्तर लाख छ्यान्नब्बे हजार सात सय दस रुपैयाँ मात्र) वास्तविक आय प्राप्त भएकोमा आय अनुमानमा अझै रु. २५,८५,५०,७६४।– (पच्चीस करोड पचासी लाख पचास हजार सात सय चौसठ्ठी रुपैयाँ मात्र) प्राप्त हुन बाँकी रहेको र यस अवधिसम्म चालु खर्च ६५.३९ प्रतिशत, पूजिगत खर्च ६४.२७ प्रतिशत र बित्तिय व्यवस्था खर्च १०० प्रतिशत खर्च भई औसत जम्मा खर्च प्रतिशत ६५.०४ भएको व्यहोरा जानाकारी गराउन चाहान्छु ।
सभाध्यक्ष महोदय एवं सभासदस्य ज्यूूहरु,
चालु आ.व.२०८१।०८२ का विद्यमान आर्थिक गतिविधि एवं बजेट कार्यान्वयनको सन्दर्भमा देखिएका केहि चुनौतीहरुलाई समीक्षात्मक रुपमा प्रस्तुुत गर्दछुु ।
१. आन्तरिक श्रोतमा अपेक्षित उपलव्धी नहुनु ।
२. आर्थिक श्रोत साधनको सीमितता र स्थानीय असिमित आवश्यकता रहनु ।
३. केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त हुनुुपर्ने राजश्व बाँडफाँड र बित्तिय समानीकरण अनुदान शर्त बमोजिम प्राप्त हुन नसक्नु ।
नगरसभाबाट स्वीकृत योजना तथा कार्यक्रमहरु धेरैजसो सम्पन्न भइसकेको र केही सम्पन्न हुन अन्तिम चरणमा पुगेका छन् । जसले गर्दा कार्य सम्पन्नताका आधारमा भुक्तानी दायित्व श्रृजना हुँदै गएको तर अपेक्षित आयको लक्ष्य हासिल गर्न नसकिएकाले वित्तिय व्यवस्थापनमा चुनौती थपिएको छ । यसैगरी संघ, प्रदेश र स्थानीय तहको विकास सम्बन्धि नीति तथा योजना तर्जुमा र कार्यान्वयन, राजश्व बाँडफाँड र अधिकार क्षेत्रमा समन्वय र सहजिकरणको आवश्यकता महसुस गरेको छु ।
सभाका अध्यक्ष महोदय,
चालु आ.व. २०८१÷०८२ का लागि स्वीकृत योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा श्रोतगत चुनौतीहरुका बावजुद पनि भए गरिएका उपलब्धीहरुलाई संक्षेपमा उल्लेख गर्ने अनुमति चाहन्छु ।
१. तेहौं र चौंधौ नगर सभाबाट स्वीकृत भएका योजना तथा कार्यक्रममध्ये ४६७ योजना तथा कार्यक्रमहरु उपभोत्ता समिती मार्फत सम्झौता गरि कार्य थालनी भएकोमा हालसम्म ३३७ योजना तथा कार्यक्रमहरु सम्पन्न भइ ७२.१६ प्रतिशत भौतिक प्रगति भएको छ भने नगरस्तरीय ठुला प्रकृतिका ११ वटा आयोजनाहरु निर्माण ब्यवसायीमार्फत संचालन गरि ७० प्रतिशत भौतिक प्रगतीसहित निर्माण कार्य भैरहेको छ ।
२. बागलुङ नगरपालिकामा उपभोक्ता समितिमार्फत संचालित महत्वपूर्ण आयोजनामध्ये नमुना विद्यालयका लागि स्वीकृत गणेश मा.वि. बा.न.पा. १४ को भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैगरी बागलुङ नगरपालिका वडा नं. ६ मा आधारभूत स्वस्थ्य सेवा केन्द्र भवनको निर्माण कार्य करिब ७० प्रतिशत पुगको छ । बागलुङ नगरपालिका वडा नं. ९ मा मनकामना डिही गैराफाटा सिम्स्वारा बौडाइचौर सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ । फोहोर व्यवस्थापनका लागि बागलुङ बजार क्षेत्रका घरधुरीमा छुट्टाछुट्टै फोहोर संकलन बाल्टी वितरण कार्य सम्पन्न भएको छ भने करिब ६० लाख रुपैयाँ लागतमा ल्याण्डफिल्ड साइट तयार भएको छ । मालिका पर्यटकीय क्षेत्र सुधार एवं मन्दिर निर्माण अन्तर्गत मालिका भगवतीको मौलिक शैलिको मन्दिर निर्माण तथा संसारकोटमा गणेश मन्दिर, मालढुंगा खुदुर्केघाटमा लक्ष्मीनारायण मन्दिर, भौरवस्थान मन्दिर जिर्णाेद्वार, मावन सेवा आश्रम भवन निर्माण कार्य चलिरहेका छन् । बा.न.पा. ८ सिगानामा जमिनमुनीको भुमिगत पानी लिप्mटिङ प्रविधिसहित वितरण कार्य सम्पन्न भएको छ । चिसाखोला मतेगैर सडक, रिठेखोला सिमलपाटा आरुपाट सडक, अमलाचौर धापाखोला पानीट्याङकी सडक, दावगरा बसपार्क पहुँचमार्ग, तिनतले पञ्चकोट सडकजस्ता ठुला आयोजनको स्तरोन्नती कार्य सम्पन्न भएका छन् । लहरेपिपलदेखि कटुजेपानी सिम पदमार्ग, सरंगी कान्ले धौलेचौर भैरवस्थान पदमार्ग, कालिदोभान भैरवस्थान पर्यटकीय पदमार्ग, सल्लेरी मोदीबेनी पदमार्ग लगायतका स्थानमा पदमार्ग निर्माण कार्यले तिब्रता लिएका छन् । बा.न.पा. १२ मा सहिद स्मृति पर्कको निर्माण कार्य तिब्र रुपमा चलिरहेको छ भने पञ्चकोटमा बागलुङ नगरपालिकाको पूर्ण लगानीमा मञ्च निर्माण कार्यले पुर्णता पाएको व्यहोरा यस गरिमामय सदनमा जानकारी गराउँदछु ।
३. ठेक्का प्रक्रियामार्फत संचालनमा रहेका जैमिनी सरङ्गी सडकको ९०० मि कालोपत्रेको काम सम्पन्न भएको छ, श्री मुक्तिनाथ बाबा परिक्रमा सहितको सडक स्तरोन्नती को ५५ प्रतिशत र गलुवा भकुण्डे सडक ८० प्रतिशत, नारायणस्थान स्वास्थ्य चौकी ८० प्रतिशत, नगर अस्पताल ५० प्रतिशत, पानीट्याङकी पैयुपाटा धापाखोला सडक ८० प्रतिशत, महाविद्याजन मा.वि. आवसिय विद्यालय ६० प्रतिशत, रामरेखामा चिल्ड्रेन पार्क ९५ प्रतिशत, बा.न.पा. २ मा २०० मि नाली निर्माण, जस्ता ठुला आयोजनाहरुको निर्माण कार्य चलिरहेको छ ।
४. नेपाल शहरी शासकिय सुधार तथा पूर्वाधार कार्यक्रमअन्तर्गत मुलपानी स्कूल–हर्राचौर–कालीमाटी–तितौरे सडक वडा नं. ७, वडारचौर–ढोडेनी–फोर्से सडक स्तरोन्नती वडा नं. ४ र माझीबस्ती–निरहेघाट सडक स्तरोन्नती वडा नं. १ का सडक आयोजनामध्ये वडारचौर ढोडेनी फोर्से सडक र माझीबस्ती निरहेघाट सडक गरी ४ किमी सडक कालोपत्रे सम्पन्न भई मुलपानी हर्राचौर कालिमाटी तितौरे सडक कालोपत्रेको पुर्व तयारीको अवस्थामा पुगेको व्यहोरा यस गरिमामय सभामा जानकारी गराउँदछु ।
५. हामी निर्वाचीत भए संगै लक्ष्य लिइएको वालमैत्री स्थानीय शासन घोषणाले पुर्णता प्राप्त गरी बालमैत्री दिगोपनाका कार्यक्रमहरु अगाडी बढाइएका छन् ।
६. १० लाखभन्दा माथिका योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन नगरस्तरीय समितिबाट र सो भन्दा कम बजेटका योजना वडास्तरीय समितिबाट र अन्य महत्वपूर्ण योजनाहरु जिल्ला स्तरीय अनुगमन समितिबाट गरी काम गरेका योजना तथा कार्यक्रमको सम्बन्धित फिल्डमा पुगी नापजाँच गरी भुक्तानीका लागि सुझाव सहित नगरपालिकामा सिफारिश गर्ने कार्य गरिएको छ । काम अधुरो र कमजोर निर्माण गरेका योजनाको हकमा सुधार समेत गर्न लगाई भए गरेका कार्यहरुको यथार्थ मूूल्याङ्कन गरी भुक्तानीका लागि सिफारिश गर्ने गरिएको छ ।
७. बागलुङ नगर क्षेत्रभित्र अन्य कार्यालयबाट संचालन गरिएका ठूला पूर्वाधार आयोजनामा दोहोरो पर्न नदिन अनुगमन गर्ने क्रममा सम्बन्धित कार्यालयसंग समन्वय गरिएको छ ।
८. जुनसुकै मौसम र समयमा नगर क्षेत्रभित्र नियमित यातायात संचालनका लागि सम्बन्धित फिल्डमा गई तत्काल बाटो खुलाउने कार्य निरन्तर गरिएको छ ।
९. निर्माण व्यवसायीबाट निर्माण भएका योजनाहरुको हकमा फिल्डमा निर्माण कार्य राम्रो गरेकाको हकमा मात्र सिफारिश गर्ने गरिएको, केहि रुग्ण आयोजनाहरुको हकमा नगर कार्यपालिकाको बैठकमा छलफल गर्ने कार्य अगाडि बढाईएको छ ।
१०. नगरस्तरीय अनुगमन समितिको पहलमा जिल्ला स्तरीय निकायका प्रमुख सहितको टिमबाट क्रसर उद्योग लगायत ठूला पूर्वाधार आयोजनाहरुको अनुगमन गराउने कार्य गरिएको छ । सर्बाेच्च अदालतको अन्तिम फौसला प्राप्त भए पश्चात बमोजिम नगर क्षेत्रभित्र पर्ने बगरहरुको एकिकृत आय ठेक्का प्रक्रिया अगाडी बढाउने तयारी गरीएको छ ।
११. दावगरामा बसपार्कको वृहत उद्घाटन भई नियमीत सञ्चालनका लागि बस व्यवसायी संग सम्झौता सम्पन्न भई सञ्चालनमा आएको छ । बसपार्क दिर्घकालीन र व्यवस्थित बनाउन २५ बर्षको लागि ठेक्का प्रकृया अगाडी बढाइएको छ ।
१२. बागलुङ नगर क्षेत्रभित्र रहेका पर्यटकिय स्थलहरुको बारेमा पर्यटकलाई जानकारीमा सहजता ल्याउनको लागि विश्वका १० भाषामा जनाकारी उपलब्ध हुने गरी क्यूआर कोड निर्माण गरी सम्बन्धित पर्यटकिय स्थलहरुमा राखिएको छ । बागलुङ नगरपालिकालाई पर्यटन क्षेत्रमा पहिचान गराउने उद्धेश्यका साथ बागलुङ नगरपालिकाको पर्यटन नारा र लोगो समेत निर्माण गरिएको छ भने नगरका सम्पुर्ण सामुदायिक माध्यमिक विद्यालयहरुमा पर्यटन विद्यार्थी क्लव गठन गरी नगरस्तरीय पर्यटन विद्यार्थी क्लव गठन गरिएकोे छ । बागलुङ नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन विकासमा टेवा पुग्ने गरी मठ, मन्दिर तथा सांस्कृतिक महत्वका विषयमा लगानी गरिएको छ ।
१३. बागलुङ नगरपालिका र हेफर ईन्टरनेशनल नेपाल संगको सहकार्यमा संचालन रहेको आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाको वडा नं. ५,६,७,८,९,१०,११,१२, १३ र १४ मा कृषि तथा पशु विकासका कार्यक्रम सञ्चालन भई नगर क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको महशुस गरेको छु ।
१४. गण्डकी प्रदेशका स्थानीय तहहरुमा रहेका न्यायीक समितिहरुको न्यायिक कार्य सम्पादनमा एकरुपता ल्याउन बागलुङ नगरपालिका न्यायीक समितिको अगुवाईमा गोर्खामा प्रथम र हालै बागलुङमा गण्डकी प्रदेश स्तरीय दोस्रो न्यायीक सम्मेलन सम्पन्न भएको छ ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
अब म आन्तरिक तथा बाह्य राजश्व परिचालनको क्षेत्रतर्फ भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु ।
राजश्व परिचालनतर्फ
नगरपालिकाको आ.व. २०८१।८२ को लागि १ अर्ब ६४ करोड ५८ लाख ४ हजार ३ सय ५७ संशोधित अनुमान स्वीकृत गरिएकोमा २०८२ जेष्ठ मसान्त सम्म १ अर्ब ३८ करोड ७२ लाख ९६ हजार ७ सय १० रुपैयाँ अर्थात् कुल अनुमानको ८४.२९ प्रतिशत संकलन भएको व्यहोरा पेश गर्दछु ।
बजेट तथा खर्चको विवरण
चालु खर्चतर्फ
चालु खर्च शिर्षकअन्तर्गत ८५ करोड ७२ लाख ८८ हजार ३ सय ९ रुपैयाँ संशोधित विनियोजन स्विकृत गरिएकोमा २०८२ जेष्ठ मसान्त सम्म ५६ करोड ५ लाख ४० हजार ६ सय ७४ रुपैयाँ अर्थात कुल स्विकृत विनियोजनको ६५.३९% खर्च भएको छ ।
पुँजीगत खर्चतर्फ
पुंँजीगत खर्च शिर्षक अन्तर्गत ७७ करोड ९८ लाख १६ हजार ४८ रुपैयाँ संशोधित विनोयोजन स्विकृत गरिएकोमा २०८२ जेष्ठ महिनाको ७ गते सम्म ५० करोड १२ लाख २ हजार ७१ रुपैयाँ अर्थात् कुल स्विकृत विनियोजनको ६४.२७% खर्च भएको व्यहोरा जानकारी गराउँदछु ।
वित्तीय व्यवस्थातर्फ
वित्तिय व्यवस्थापन खर्च शिर्षक अन्तर्गत ८७ लाख विनोयोजन स्विकृत गरिएकोमा ८७ लाख नै खर्च भई कुल स्विकृत विनियोजनको १०० % वित्तीय प्रगती हासिल भएको व्यहोरा प्रस्तुत गर्दछु ।
आर्थिक बर्ष ०८०।०८१ को कुल स्वीकृत संशोधीत अनुमान १ अर्ब ६४ करोड ५८ लाख ४ हजार ३ सय ५७ रुपैयाँमा खर्च रु. १ अर्ब ७ करोड ४ लाख ४३ हजार ३ सय ४५ खर्च अर्थात ६५.०४ % वित्तीय प्रगती हासिल भएको व्यहोरा पेश गर्दछु । चालु आ.व. का स्वीकृत योजनाहरु सम्झौता तथा कार्यान्वयन भई भुक्तानी हुने क्रममा रहेकोले यसको वित्तीय प्रगती आर्थिक वर्षको अन्त्य सम्ममा ८० प्रतिशत सम्म पुग्ने अपेक्षा गरेको छु ।
आदरणीय सभाध्यक्ष तथा सभा सदस्यज्यूहरु,
अब म चालु आ. व. २०८१।८२ मा नगरपालिकाको विषयगत क्षेत्रतर्फ मिति २०८२ जेठ मसान्त सम्म भएको प्रगतिबारे संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु ।
आर्थिक विकास क्षेत्र
आ. व. २०८१।८२ मा आर्थिक विकास क्षेत्रका लागि ५ करोड ८४ लाख १ हजार रुपैयाँ संशोधित अनुमान स्विकृत गरिएकोमा हाल सम्मा २ करोड २५ लाख ५७ हजार ९ सय २५ रुपैयाँ अर्थात कुल अनुमानको ३८.६३ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
सामाजिक विकास क्षेत्र
आ. व. २०८१।८२ मा सामाजिक विकास क्षेत्रका लागि ६३ करोड ३ लाख ८० हजार ७ सय ५४ रुपैयाँ संशोधित अनुमान स्वीकृत गरिएकोमा हालसम्म ४२ करोड ३३ लाख ४७ हजार २ सय २३ रुपैयाँ अर्थात कुल अनुमानको ६७.१६ प्रतिशत वित्तीय प्रगति भएको छ ।
पूर्वाधार विकास क्षेत्र
आ.व. २०८१।८२ मा पूर्वाधार विकास क्षेत्रका लागि ६० करोड ८३ लाख ८२ हजार ६ सय ८५ रुपैयाँ संशोधित अनुमान स्वीकृत गरिएकोमा हालसम्म ४१ करोड ९२ लाख १८ हजार ४९ रुपैयाँ अर्थात कुल अनुमानको ६८.९१ प्रतिशत वित्तीय प्रगति हासिल भएको व्यहोरा पेश गर्दछु ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र
आ. व. २०८१।०८२ मा सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १४ करोड १४ लाख ६२ हजार ९ सय ९२ रुपैयाँ संशोधित अनुमान स्वीकृत गरिएकोमा हालसम्म ७ करोड २९ लाख ९ सय १४ रुपैयाँ अर्थात कुल अनुमानको ५१.५३ प्रतिशत वित्तीय प्रगति हासिल भएको जानकारी गराउछु ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र
आ. व. २०८१।८२ मा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि २० करोड ७१ लाख ७६ हजार ९ सय २६ रुपैयाँ संशोधित अनुमान स्विकृत गरिएकोमा हालसम्म १३ करोड २४ लाख १९ हजार २ सय ३२ रुपैयाँ अर्थात कुल अनुमानको ६३.९२ प्रतिशत वित्तीय प्रगति हासिल भएको व्यहोरा पेश गर्दछु ।
आदरणीय सभाध्यक्ष तथा सभा सदस्यज्यूहरु,
अब म नगरपालिकाको विकासका चुनौती र अवसरहरु प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
माथि प्रस्तुत गरिएको चालु आ. व.२०८१।८२ को हाल सम्मको अवधिको वित्तीय तथा भौतिक प्रगती विवरणको आधारमा तयार गरिएको संक्षिप्त समिक्षाको प्रवृत्ति विश्लेषण गर्दा आ. व. २०८१।०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न केहि चुनौती तथा अवसरहरु रहेको देखिएको छ । नगरपालिकाको विकाससँग सम्बन्धित योजना तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्दै गर्दा देखा परेका चुनौतीहरुलाई प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
चुनौतीहरुः
१. नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधनसहित) बमोजिमका व्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,
२. सीमित स्रोत र साधनबाट असिमित जनचाहना तथा सबै तर्फका आवश्यकताहरुलाई एकमुष्ट रुपमा तत्कालै सम्बोधन गर्ने,
३. विभिन्न सात तहसम्मको योजना प्रक्रिया पूरा गरी योजना माग, छनौट, प्राथमिकीकरण र कार्यान्वयनमा कानूनी व्यवस्था अनुरुपको उत्तरदायित्व पूरा गर्न स–साना योजनाहरुलाई वडा तहबाट सम्बोधन गर्न लगाई मझौला आकारका योजनामा नगरपालिकाको बजेटलाई केन्द्रित गर्ने,
४. उपभोक्ता समितिको काम कारवाहिमा पारदर्शिता, जवाफदेहिता र अर्थपूर्ण जनसहभागीता कायम राख्ने,
५. ठेक्का तथा उपभोक्ता समिति मार्फत गरिने कार्य समयमा सम्पन्न गर्ने,
६. गैर सरकारी संस्था क्षेत्रको बजेट, कार्यक्रमलाई नगरपालिकाको प्राथमिकता क्षेत्रमा केन्द्रित गर्ने,
७. दिगो विकासको लक्ष्य प्राप्त गर्न नीति तथा कार्यक्रममा लक्ष्यहरुलाई स्थानीयकरण गर्ने,
८. आन्तरिक राजश्व संकलनको लक्ष्यलाई हासिल गर्न स्थानीय नागरिक तथा स्थानीय सरकारप्रति एक अर्काका पूरकका रुपमा रहेको आभाष दिलाउँदै घरदैलोको सरकारका रुपमा आशा र भरोसाको सञ्चार गर्ने,
९. आर्थिक संकटका कारण नेपाल सरकार तथा प्रदेश सरकारबाट अनुमान गरिएको राजश्व तथा अनुदानको रकम सबै प्राप्त हुने अवस्थाको सुनिश्चितता नहुँदा तर्जुमा गरिएका योजनाहरुको कार्यान्वयनमा द्विविधा हुने गरेको ।
आदरणीय सभाध्यक्ष तथा सदस्यज्यूहरु,
माथि उल्लिखित चुनौतीहरु विद्यमान हुँदाहुँदै पनि नगरपालिकाको सामाजिक, आर्थिक, वातावरणीय तथा भौगोलिक विशिष्टताका कारण हामीसंग उपलब्ध अवसर र सम्भावनालाई नगर विकासका लागि सम्पत्तिको रुपमा लिई कार्यहरु अघि बढाउनु पर्ने छ ।
अवसर तथा सम्भावनाहरुः
१. मुलुकको गौरवको योजनाका रुपमा रहेका मध्य पहाडी राजमार्ग र कालिगण्डकी करिडोर जस्ता महत्वपूर्ण राजमार्गहरुको सहज पहुँच,
२. साविक धौलागिरी अञ्चलकै सदरमुुकाम तथा जिल्ला सदरमुकाम नै बागलुङ नगरपालिकामा अवस्थित भएको कारण विभिन्न सरकारी कार्यालय, निजि तथा गैर–सरकारी संघ संस्था तथा नेपालको उच्च तह सम्म पहुँच राख्ने विशिष्ट व्यक्तिहरुसँगको आवश्यकता बमोजिमको पहुँच तथा उपलब्धता
३. हावापानी तथा जलवायुको दृष्टिबाट आवासीय सहरको सम्भावना भई तिव्र शहरीकरण हुँदै गरेको,
४. विभिन्न स्थानीय स्रोत र साधनहरुको परिचालन गरी स्थानीयस्तरमा उद्योग, पर्यटन तथा अन्य व्यवसाय सञ्चालनमा सहजता देखिएको,
५. नगरपालिका र वरिपरिका क्षेत्रलाई प्याकेजको रुपमा धार्मिक, ऐतिहासिक सम्पदा एवम् उष्णदेखि शितोष्ण जलवायु भएका विविधतायुक्त प्राकृतिक सौन्दर्य भएका स्थानहरु समेटी उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने,
६. स्थानीय स्तरमा उपलब्ध भएका खनिज तथा नदीजन्य पदार्थको व्यवस्थित उत्खनन् र उपयोग गरी नगरपालिकाको विकास निर्माण तथा आयस्रोत बढाउन सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् ।
७. संघ÷प्रदेशबाट नगरपालिकाको लागि पर्यटन,यातायात लगायतका पूर्वाधारहरुमा बजेट सम्बोधन हुने गरेको छ ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु
अब म आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका उद्धेश्य र प्राथमिकताहरु प्रस्तुुत गर्ने अनुमति
चाहन्छुु ।
क) नगरको अर्थतन्त्रलाई चलायमान बनाइ उच्च एवं समावेशी आर्थिक बृद्धि हासिल गर्ने ।
ख) बालमैत्री स्थानीय शासन नगर घोषणा भए संगै यसको दिगोपनाको सूचिश्चितता गर्ने ।
ग) शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता नागरिकका अत्यावश्यकीय सेवालाई गुुणस्तरीय र आम नागरिकको पहुच सहजरुपमा पु¥याउने ।
घ) सुुशासन र नागरिक मैत्री सेवा प्रवाह गर्ने ।
ङ) फोहोर मैलाको उचित व्यवस्थापन तथा वातावरण संरक्षणमा सहयोग पुु¥याउने ।
च) नगर क्षेत्रभित्र रहेका श्रमिकहरुको सीप, अनुभव, र व्यक्तिगत विवरण समेतको अभिलेख रहने गरी श्रमबैंक स्थापना गरी श्रमबैंकमा आवद्ध श्रमिकहरुलाई रोजगारको अवसरहरु सृजना गर्ने र समान कामको लागि समान ज्यालाको सिद्धान्तलाई कडाईका साथ कार्यान्वयनमा जोड दिइने ।
छ) कृषि पशुु तथा पर्यटन विकास जस्ता आर्थिक विकासका क्षेत्रहरुमा टेवा पुु¥याउने ।
ज) योजना निर्माण, विकास र समृद्धिमा सार्वजनिक नीजि र सहकारी क्षेत्रको साझेदारीलाई उच्च प्राथमिकता दिने ।
झ) उत्पादनशील गतिविधि सञ्चालन गरी, उद्यमशीलता तथा स्थानीय रोजगारी श्रृजना गर्ने ।
ञ) अनुुसन्धान र सामाजिक विकासका कार्यलाई प्राथमिकतामा राख्ने ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु
अब म आर्थिक बर्ष २०८२/८३ का लागि लिईएको राजश्व सम्बन्धी नीति प्रस्तुुत गर्दछुु ।
१. बागलङ नगरपालिकाले स्वीकृत गरेका मौजुदा करका श्रोतहरुमा आवश्यक परिमार्जन गरी सोही आधारमा स्वीकृत राजश्व असुलीलाई प्रभावकारी बनाई स्थानीय श्रोत साधनको समुचित उपयोगको नीति लिईएको छ ।
२. नगरका विभिन्न वडामा रहेका स्थानीय श्रोतहरुको अध्ययन गरी अवस्था र आवश्यकता अनुसार कानून निर्माण गरी सम्भाव्य श्रोतहरुको समुचित उपयोग गर्ने नीति लिईएको छ ।
३. राजश्व संकलनका लागि सार्वजनीक नीजि साझेदारीको सम्भावनाको खोजि गर्ने । साझेदार संस्थालाई राजश्व संकलनको तुलनात्मक रुपमा कार्यक्रम अनुदान प्रदान गर्ने नीति लिईएको छ ।
४. नगर क्षेत्रभित्र सञ्चालित ठुला आयोजनाको निर्माणका कारण सडक जिर्ण हुने अवस्था आएमा त्यस्तो जिर्ण अवस्थाको मुल्यांकनका आधारमा स्थानीय सडक उपयोग सम्बन्धी शुल्क लगाउन आवश्यक नीति निर्माण गरिने छ ।
५. सांघुरा सडकहरु त्यसमा पनि सवारी चाप र लामो समय सम्मको पार्किङले गर्दा वजारका सडकहरु जाम हुने गरेकाले सडकमा पार्किङ गरि राख्ने मोटर साईकलहरुमा प्रतिदिन रु १० मात्र पार्किङ शुल्क लगाई सडकमा पार्किङको चापलाई कम गर्ने नीति लिएको छ ।
६. सम्मानित सर्बाेच्च अदालतको आदेश फैसला बमोजिम कालिगण्डकी, काठेखोला लगायतका सम्भाव्य स्थलको प्रारम्भिक वातावरणीय अध्ययन गरी प्रतिवेदनका आधारमा नदी खोलाको पर्यवरणीय सन्तुुलन नविग्रने गरी नदी जन्य पदार्थको उत्खनन गरी आन्तरिक श्रोत बृद्धि गरिने छ ।
७. नगरक्षेत्रभित्र दर्ता नगरी संचालनमा रहेका पेशा व्यवसाय तथा फर्महरुलाई आगामी असोज मसान्तसम्म दर्ता गर्न समय दिइएको छ । उक्त अवधिभित्र दर्ता नगरेमा नियमानुुसार कारवाहीको प्रकृया अगाडी बढाइने छ ।
८. बजारलाई मर्यादित, स्वच्छ, प्रतिस्पर्धी र उपभोक्ता मैत्रि बनाउनलाई बजार अनुुगमन कार्यलाई सरोकारवालाहरुको समेत सहभागितामा प्रभावकारी बनाइने छ ।
९. नगर क्षेत्रको जग्गा वर्गिकरण गरी सम्पत्ति करलाई समय सापेक्ष बनाइने छ ।
१०. नगरक्षेत्रमा रहेका पार्क तथा सार्बंजनिक स्थलहरुलाई आवश्यक कार्यविधिका आधारमा करार गरी निजी क्षेत्रको माध्यमद्धारा संचालन गर्ने व्यवस्था मिलाईने छ । साथै व्यवसाय करका सम्बन्धमा बागलुङ उद्योग बाणिज्य संघ,बागलुङ संग सहकार्य गर्ने नीति लिईने छ ।
११. आर्थिक बर्ष ०८२÷८३ का लागि प्रस्तावित व्यवसाय कर तथा सम्पत्ति करमा पौष मसान्त भित्र कर बुुझाउने करदातालाई आ.व. २०८२।०८३ को बार्षिक करमा १० प्रतिशत छुट दिइने छ । यो नीतिले करदातालाई प्रोत्साहित गर्ने छ र समयमा कर तिर्ने भावनाको विकास हुने अपेक्षा गरिएको छ ।
१२. गत आ.व. सम्ममा लामो समयदेखि बक्यौता रहेको व्यवसाय कर चालु आ.व. को पौष मसान्त सम्म भुक्तानि गर्दा लाग्ने सबैखाले जारिवाना छुट दिइने छ । माघ १ गते देखि एकमुष्ठ २० प्रतिशत जरिवाना लगाउने नीति लिईएको छ । चालु आ.व.मा नया दर्ता हुने व्यवसायको हकमा छुटको व्यवस्था लागू नहुने नीति लिइएको छ ।
१३. अत्यावश्यकीय बैठक, तालिम तथा कार्यक्रम वाहेकका अन्य बैठक तथा गतिबिधिहरुका लागि मितव्ययीताको सिद्धान्त अवलम्वन गर्ने नीति लिइएको छ ।
१४. स्थानीय करलाई राजश्व विज्ञ परामर्शदाताको माध्यमवाट राजश्व सम्बन्धी अध्ययन गराई प्राप्त तथ्य र प्रतिवेदनका आधारमा सरोकारवालाहरुको सहभागितामा स्थानीय करको पहिचान तथा करलाई परिभाषित गरी नगरवासीहरुलाई उत्तरदायी बनाईने छ ।
१५. बैदेशिक अध्ययनको लागि बहालकरको हकमा मासिक बहालको २ % मात्र बहाल कर लाग्ने प्रस्ताव गरेको छु ।
१६. आ.व. २०८२।८३ को सरसफाई शुल्क २०८२ आश्विन सम्म अग्रीम भुक्तानी गरेमा १ महिना बराबरको सरसफाई शुल्क मिनाहा गर्ने व्यवस्था मिलाइएको छ ।
सभाध्यक्ष महोदय एवं सभासदस्यज्यूूहरु,
अब म आगामी आर्थिक बर्ष २०८२।८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट श्रोत अनुमान तथा खर्च प्रस्ताव सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छुु ।
नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदानतर्पm १५,३७,००,०००। (पन्ध्र करोड सौतीस लाख) सशर्त अनुदानतर्पm रु. ७२,४४,००,०००। (बहत्तर करोड चौवालीस लाख रुपैयाँ मात्र), समपुरक अनुदानतर्पm रु. २,२४,००,०००। (दुई करोड चौविस लाख रुपैयाँ मात्र), विशेष अनुदान चालुतर्फ रु. १,३०,००,०००। (एक करोड तीस लाख रुपैयाँ मात्र), प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण अनुदानतर्पm रु. २,१६,८२,०००। (दुुइ करोड सोह्र लाख बयासी हजार रुपैयाँ मात्र), शसर्त अनुदान पुजिगततर्फ रु. २,००,०००। (दुई लाख रुपैयाँ मात्र) समपुरक र बिशेष अनुदान १,००,००,०००। (एक करोड रुपैयाँ मात्र) संघ, प्रदेश र स्थानीय तहको राजश्व बाँडफाँड रु. १५,१२,६०,८०८। (पन्ध्र करोड बाह्र लाख साठी हजार आठ सय आठ रुपैयाँ मात्र) त्यसैगरी आन्तरिक राजश्व र अनुमानीत बैंक मौज्दातसहित रु. २१,२९,१५?७६०। (एक्काइस करोड उन्तीस लाख पन्ध्र हजार सात सय साठी रुपैयाँ मात्र) समेत गरी जम्मा रु. १,३०,९५,५८,५६९। (एक अरव तीस करोड पन्चानब्बे लाख अन्ठाउन्न हजार पाच सय उन्सत्तरी रुपैयाँ मात्र) आय अनुमान गरि सोहि बमोजिम व्ययको व्यवस्था मिलाएको छु ।
सभाका अध्यक्ष महोदय
चालु आ.व. २०८२।०८३ को कुल आय अनुमान रु. १,३०,९५,५८,५६९। (एक अरब तीस करोड पन्चानब्बे लाख अन्ठाउन्न हजार पाँच सय उन्सत्तरी रुपैयाँ मात्र) लाई देहाय बमोजिम बाँडफाँड गरी देहाय बमोजिमका अनुसूचीहरुसहित प्रस्ताव पेश गरेको छु ।
नगर सभाका अध्यक्ष महोदय,
नगर सभा सदस्यज्यूहरु,
अव म यस गरिमामय सभामा क्षेत्रगत विनियोजन प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
१. आर्थिक विकास समितितर्फ
बागलुङ नगरपालिकालाई पर्यटन मैत्री नगरपालिका बनाउन नगर उपप्रमुख पर्यटन विकास कार्यक्रम सञ्चालन गर्ने । कृषि तथा पशुपंक्षी मा आत्मनिर्भर बनाउन आत्मनिर्भर बागलुङ कार्यक्रम, सहकारी, जलस्रोत, सिंचाई लगायतका कार्यक्रमहरुमा रु. २,९७,०००००। (दुई करोड सन्तानब्बे लाख रुपैयाँ अर्थात कूल विनियोजित रकमको २.२६ प्रतिशत विनियोजन गरेको छु ।
२. पूर्वाधार विकास समितितर्फ
वडा तथा नगरस्तरीय योजना, चालु आ.व.का क्रमागत योजनाहरु, समपुरक कोष, मुक्तिनाथ बाबा परिक्रमा सडक, गलुवा भकुण्डे सडक, व्लुहिल पर्यटकीय पूर्वाधार, निर्माणाधिन सहरी शासकीय पूर्वाधार आयोजना आयोजनाको निर्माण सम्पन्न गर्न, नगरस्तरका निर्माणाधीन आयोजना सम्पन्न गर्न, आकस्मिक योजना लगायतका कार्यक्रमका लागि रु. ३९,५१,३९,२८०। (उन्चालीस करोड एकाउन्न लाख उन्चालीस हजार दुई सय असी रुपैयाँ मात्र) अर्थात् कुल विनियोजनको ३०.१७ प्रतिशत विनियोजन गरेको छु ।
३. सामाजिक विकासतर्फ
आर्थिक अभावको कारण स्वास्थ्य सेवा लिनबाट बन्चित नगर क्षेत्रका सम्पूर्ण दलित, मुस्लिम र माझी परिवारलाई लक्षित गरी नगर प्रमुख स्वास्थ्य बिमा कार्यक्रम, आवासीय विद्यालय, नगर प्रमुख शैक्षिक सुधार, नगर खेलकुद कार्यक्रम, विद्यालय शिक्षा, अनुदान तथा कार्यक्रम, नगर अस्पताल संचालन, दिवा खाजा, आधारभुत स्वास्थ्य सेवा लगायतका कार्यक्रमका लागि रु. ६४,४१,४४,९२०। (चौसठ्ठी करोड, एक्चालीस लाख चौवालीस हजार नौ सय बीस रुपैयाँ) अर्थात कुल विनयोजनको ४९.१८ प्रतिशत विनियोजन गरेको छु ।
४. कार्यालय संचालन तथा प्रशासनिक खर्च, कार्यालयको समग्र कर्मचारी, पदाधिकारी, कार्यालय सञ्चालन तथा व्यवस्थापन गर्न रु. १७,२४,४०,०००। (सत्र करोड चौविस लाख चालिस हजार रुपैयाँ मात्र अर्थात् कुल बजेटको १३.१६ प्रतिशत विनियोजन गरेको छु ।
५. सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ
नगर प्रमुख स्वरोजगार कार्यक्रम, विपद् व्यवस्थापन, उद्धार राहत कार्यक्रम, फोहोरमैला व्यवस्थापनका लागि जिरो वेस्ट कार्यक्रम, बालमैत्री स्थानीय शासन दिगोपना लगायतका कार्यक्रमका लागि रु. ६,८१,३४,३६९। (छ करोड एकासी लाख चौतीस हजार तीनसय उन्सत्तरी रुपैयाँ मात्र) अर्थात कुल विनियोजनको ५.२० प्रतिशत विनियोजन गरेको छु ।
नगर सभाका अध्यक्ष महोदय
नगर सभा सदस्यज्यूहरु,
अब म आगामी. आर्थिक बर्षको नीति तथा कार्यक्रमले जोड दिएका प्राथमिकताहरुलाई आधार मानी तयार गरिएको चालु वजेटका मुख्य विशेषता संक्षेपमा उल्लेख गर्न चाहन्छु ।
१. चालु आ.व.मा नियमित तर्फका कार्यक्रम तथा खर्चमा मितव्ययीताको सिद्धान्त अवलम्वन गर्ने नीति लिएको छुु ।
२. राष्ट्रिय फल सुन्तला विषेश कार्यक्रम, गुरु किसान छनोट, कृषकहरुको सुविधाका लागि निशुल्क कृषि परामर्श सेवा कार्यक्रम सञ्चालन गर्ने, कृषि विमा कार्यक्रमलाई निरन्तरता दिने, तरकारी आत्मनिभर कार्यक्रम, मौरीपालन प्रवद्र्धन कार्यक्रम, गोठ तथा खोर सुधार कार्यक्रम, कृषि प्रदर्शनी कार्यक्रम, फलफुल प्याकेजिङ कार्यक्रम, बिपन्न कृषक आय आर्जन कार्यक्रम र हेफर नेपाल संगको सहकार्यमा आत्मनिर्भर बागलुङ जस्ता कार्यक्रम संचालन गर्ने गरी बजेट व्यवस्था गरेको छु ।
३. बागलुङ नगरपालिकाको पशुपंक्षी विकास कार्यक्रम अन्तरगत बाख्रा प्रवद्र्धन कार्यक्रम, निशुल्क पशु परामर्श तथा औषधि उपचार सेवा, निशुल्क दिशा–पिशाव परिक्षण, पशु विमा, पशु वधशाला व्यवस्थापन, कुकुर सेल्टर हाउस निर्माण, निशुल्क पशु स्वास्थ्य शिविर, बहुबर्षिय घासको विउ वेर्ना वितरण जस्ता कार्यक्रमहरुमा बजेट विनियोजन गरेको छु ।
४. बागलुङ नगरपालिकाका २३–२८ बर्ष उमेर समुहमा रहेका जेन–जी पुस्तालाई स्थानीय सरकारका कार्यक्रममा सहभागी गराइ नगर पर्यटन विकासका क्षेत्रको प्रकृति, संस्कृति र सामाजिक स्थितिमा संलग्न हुने वातावरणका लागि बजेटमा आवश्यक व्यवस्था मिलाएको छु ।
५. महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांगता भएकाहरुका लागि आवश्यक सहयोग गर्न अल्पकालिन महिला सेवाकेन्द्रमार्फत कार्यक्रम संचालन गर्नको लागि आवश्यक पर्ने बजेट विनियोजन गरिएको छ । हिंसा प्रभावित महिला संगै प्रभावित बालबालिका तथ पुरुषहरुलाई समेत सेवा दिनेगरी अन्तरपालिका सहकार्य र साझेदारीका काम गर्ने व्यवस्था मिलाएको छु ।
६. स्थानीय आपतकालिन सेवा सञ्चालनको क्षेत्र विस्तार गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
७. हाम्रो समाजमा छोरी प्रति गरिने असमान व्यवहार, भ्रुण हत्या र लैंगिक विभेदलाई न्यूनिकरण गर्न विगत आ.व. देखी शुरु गरिएको नगरको छोरी कार्यक्रमलाई निरन्तरता दिएको छु ।
८. बागलुङ नगरपालिकाद्धारा सहकारीको क्षेत्रमा गरिएका विविध कार्यक्रमहरुलाई निरन्तरता दिन तथा अन्य कार्यक्रम संचालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
९. कार्यालयमा कार्यरत कर्मचारीहरुको योगदानमा आधारित सामाजिक सुरक्षाकोषको सुरुवातका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१०. प्राकृतिक प्रकोप, भौपरी आउने परिस्थीती तथा आकस्मिक आयोजनाहरुका लागि आवश्यक बजेट विनीयोजन गरेको छु ।
११. शहिद, घाइते, बेपत्ता परिवारको सम्मान, राहत र तालिमका लागि कोषको व्यवस्था मिलाएको छु ।
१२. नगर उप–प्रमुख पर्यटन विकास तथा साना पूर्वाधार कार्यक्रम लागु गरी विभिन्न पर्यटकिय गतिविधि संचालन गर्न तथा भौतिक पूर्वाधारको विकास गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
१३. आन्तरीक तथा वाह्य पर्यटकहरुलाई बागलुङ बजार प्रवेश सुविधका लागि मालढुंङ्गा, कालिका मंन्दिर गेट, बागलुङ बजारमा नियमित बस संचालन गरिने छ । यो कार्यक्रम प्रसिद्ध भैरवस्थान र पञ्चकोटमा सञ्चालनका लागि समेत पहल गरिने छ । पर्यटकीय क्षेत्रमा निशुल्क इन्टरनेटको व्यवसथा मिलाइने छ । नगर पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ । निजी क्षेत्र संगको साझेदारी र सहयोगमा पर्यटनसंग सम्बन्धित कार्यक्रम सञ्चालन गरिनेछ । ढोरपाटन प्रवेशका लागि बागलुङ बजारमा आवश्यक पूर्वाधार निर्माण गरिने छ । बागलुङका पर्यटकीय गन्तव्यको नियमित प्रचार प्रसार तथा प्रवद्र्धनका लागि डकुमेन्ट्री तयार गरिने छ । नगरका उपयुक्त स्थानमा डिस्प्ले बार्डको व्यवस्था गरिने छ ।
१४. सरकार तथा निजी क्षेत्रसँगको साझेदारी तथा सहयोगमा युवा मार्फत आर्थिक विकास, उत्पदन, शिप र उत्पादन बृद्धिका लागि युवा स्व्रोजगार केन्द्र स्थापना तथा सञ्चालन सम्बन्धि कार्यविधी तयार गरी कार्य गर्न पहल गरीने छ ।
१५. चाडपर्व लक्षित गरी सुपथ मुल्यमा चिनी, तेल आदि खाद्यान्नको सहजताकालागि आवश्यक व्यवस्था मिलाईने छ ।
१६. निजी क्ष्ँेत्रलाई बागलुङ नगरको पर्यटन तथा पूर्वाधार क्षेत्रमा सम्भावित योजनाहरुको म्एच् तयार गरी लगानी÷प्रोत्साहन÷आकर्षणका लागि आह्वान गर्ने व्यवस्था मिलाएको छु ।
१७. नगरक्षेत्रका माध्यामिक विद्यालयका शिक्षकहरुलाई स्काउट तालिमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
१८. बागलुङ बजारसहित १४ वटै वडाहरुमा सञ्चालित व्यावसाय तथा पसलहरुको सघन अनुगमन गरि तोकिएको मापदण्डभित्र रही पसल सञ्चालनमा सहयोग र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ । सबै पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची राख्न लागउने गरी बजेटको व्यवस्था मिलाएको छु ।
१९. न्यायीक समितिबाट सम्पादन हुने हरेक कार्यलाई प्रविधिमैत्री र पारदर्शि बनाउदै लगिनेछ । यस्ता कार्यहरु बागलुङ इ–न्यायीक समिति सूचना प्रणाली मार्फत कार्यान्वयन गर्न वजेटमा व्यवस्था मिलाएको छु ।
२०. नगर क्षेत्रभित्र उत्पादन हुने मौसमि फलपूmल तथा तरकारी विक्रि तथा प्रवद्र्धनका लागि अवाश्यक बजेटको प्रवन्ध मिलाएको छु ।
२१. बागलुङ बजारका उपयुक्त स्थानमा कपडा बैंक स्थापनाकालागि प्रवन्ध मिलाएको छु ।
२२. बजार क्षेत्रलाई आकार्षक वनाउने गरी शौन्र्दयकरणको कार्यक्रम गर्नलाई आवश्यक बजेट व्यवस्था मिलाएको छु ।
२३. स्थानीय मदिरा उत्पादनलाई स्वास्थ्यका मापदण्ड पुरा गरी उत्पादन र वजारीकरणमा सहयोग गर्ने र मदिराको आयातलाई निरुत्साहित गर्न तथा गाजा तथा भागो खेतीमार्फत आयआर्जन गर्नको लागि संघ र प्रदेश सरकार समक्ष विद्यामान कानून संशोधन को लागि पहल गरी कार्यान्वयन गर्ने कार्यलाई प्राथमिकता दिईएको छ ।
२४. स्वदेश तथा विदेशवाट फर्केका युुवाहरुलाई स्वदेशमै उद्यमशिल वनाई उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने प्रोत्साहनको नीति अनुरुप नगर प्रमुख रोजगार कार्यक्रमको लागि बजेट व्यवस्था गरेको छु । साथै सुरक्षित आप्रबासन (सामी) कार्यक्रम संचालन गर्न नेपाल सरकारबाट प्राप्त अनुदान सहित थप कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२५. बागलुङ नगरक्षेत्रभित्र रहेका श्रमिकहरुको सिप, अनुभव र व्यत्तिगत विवरण सहितको श्रमिक परिचय पत्र वितरण गरी आन्तरिक रोजगार सृजना गर्ने उद्धेश्य सहित श्रमबैंक स्थापना गरी नगर प्रमुख रोजगार कार्यक्रम मार्फत रोजगार प्रदान गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
२६. बालमैत्री नगर घोषण गर्ने कार्यको सम्पन्न भएपश्चात यसको दिगोपना र स्थायीत्वका लागि पूर्वाधार निर्माण तथा अन्य कार्यक्रम संचालनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
२७. महिला स्वास्थ्य स्वयंसेविका सम्मान र प्रोत्साहन, स्वास्थ्य कर्मीहरुको क्षमता विकास साथै जेष्ठ नागरिक बृद्ध रोगी र आर्थिकरुपमा विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा संगै योग प्राकृतिक चिकित्सा र स्वास्थ्य परामर्शसेवा संचालका लागि आवश्यक कार्यक्रम तय गरी बजेटको व्यवस्था गरिएको छ ।
२८. बागलुङ नगरपालिका वडा न.ं १३ स्थित पैयुुँपाटामा १५ शैयाको नगर अस्पतालको भवन निर्माण सम्पन्न गर्न संघ सरकार संग समन्वय गरि आवश्यक बजेटको व्यवस्था मिलाएको छु । उक्त अस्पतालको भवनबाट सेवा संचालन गर्न समेत आवश्यक बजेटको व्यवस्था गरेको छु ।
२९. विद्यालय नर्स कार्यक्रम, एच.आई.भि. विरुद्ध सचेतना कार्यक्रम, लागू औषध दुुर्वेशनी तथा लैंगिक हिंसा नियन्त्रण कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
३०. बालबालिकाहरुलाई पूर्णखोप पाउने अधिकारको सुनिश्चित गर्दै अन्य नियमित खोप कार्यक्रमलाई प्राथमिकता दिई आवश्यक बजेट व्यवस्था गरेको छु ।
३१. आमा सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकता दिई नगर क्षेत्रका सबै वडामा निशुल्क ग्रामीण अल्ट्रासाउण्ड (भिडिओ एक्सरे) कार्यक्रमलाई आवश्यक बजेट विनियोजन गरिएको छ साथै महिलाहरुमा देखिने प्रजनन् रुग्णताहरुको बैलैमा निदान गरी व्यवस्थापन एवं पे्रशण कार्यका लागि समेत आवश्यक बजेट विनियोजन गरेको छु ।
३२. स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड कार्यक्रम मार्फत गुणस्तरीय स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा लागू गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
३३. बागलुङ नगरपालिका अन्र्तगतका सबै स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला विस्तार गर्ने उद्धेश्यका साथ यस आर्थिक वर्षमा पनि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
३४. बागलुङ नगरपालिका मातहतका सबै स्वास्थ्य संस्थाहलाई बालमैत्री, पोषणमैत्री र किशोरकिशारी मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
३५. स्वास्थ्य संस्थामा वर्ष भरी औषधी, औजार र उपकरण अभाव हुन नदिनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
३६. महामारी तथा विपद् व्यवस्थापन सम्बन्धि प्रतिकार्य योजनालाई कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
३७. खेलकुुद क्षेत्रको विकासका लागि नगर खेलकुुद विकास समिति गठन गरिएको छ । नगरका उपयुुक्त स्थानहरुमा खेल पूूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन, राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता, नगर स्तरीय खेलकुद कार्यक्रम तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी सम्मान कार्यक्रमका लागि अवाश्यक बजेट बिनियोजन गरिएको छ ।
३८. विद्यार्थी शिक्षक प्रतिभा पहिचान, क्षमता विकास र पुरस्कार तथा प्रोत्साहन कार्यक्रम, अति विपन्न दलित तथा सिमान्तकृत बालबालिकाहरुलाइ शिक्षामा पहुच अभिबृद्धिको लागि छात्रबृत्ति कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
३९. माग र आवश्यकताको आधारमा सरोकारवालाको सक्रिय सहभागितामा सहभागितामूलक निर्णय र शैक्षिक कार्यक्रमको कार्यान्वयन र गुणस्तर सुधार गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४०. शैक्षिक उपलव्धीलाई स्तरीकरण र आधुनिक मूल्यांकन प्रणाली स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
४१. शिक्षालाई शिप र कलायुक्त बनाउनका लागि Friday for future कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४२. मालढुङ्गामा प्रहरी विट तथा सूचना बोर्डको लागि बजेट विनियोजन गरेको छु ।
४३. नगरको खेलकुद समग्र विकासका लागि मेयर कप फुटबलशिर्षकमा आवश्यक बजेट विनियोजन गरेको छु ।
४४. बजार क्षेत्रमा दोहोरो नाली र फुटपाथ सहितको सडकको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४५. यस बर्ष पिउने पानीको व्यवस्थाको लागि २ स्थानमा डिप–बोरिङ खानेपानी आयोजनाको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४६. संघीय सरकार शसर्त अनुदान तर्फ शैक्षिक पहुँच, सुशासन गुणस्तर प्रबद्र्धन, विद्यार्थी प्रयोगात्मक कार्यक्रम, मेन्टरीङ (नयाँ शिक्षकलाई अनुभवी शिक्षकद्धारा शिक्षण गर्न सिकाउने) कार्यक्रम, छात्रबृत्ति, नमूना विद्यालय संचालन लगायतका कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
४७. बागलुङ नगरपालिका वडा नं. ११ भौगोलिक दृष्टिकोणबाट अति दुर्गम क्षेत्र भएकोले विगत वर्षमा जस्तै यस वर्ष पनि रायडाँडा विशेष कार्यक्रमलाई निरन्तरता दिई बजेट विनियोजन गरेको छु ।
४८. बागलुङ नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेका सहरी शासकीय आयोजना अन्तर्गत पूवर्धार निर्माण, मुक्ति बाबा परिक्रमा सडक, बागलुङ नगरपालिका वडा नं. ९ स्थित ब्लुहिल आयोजना, नगर प्रमुख स्वस्थ्य विमा, बजार क्षेत्रभीत्रको कालोपत्रे, फुटपाथ र ढुङ्गा छपाई, पोषण प्रवद्र्धन र परिवार स्वास्थ्य सुधार कार्यक्रम, बाल तथा मातृ मृत्यूदर न्यूनीकरणका लागि आधारभूत स्वस्थ्य सेवा, नगर प्रमुख जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, क्लिन बागलुङ कार्यक्रम मार्फत जिरो वेष्ट कार्यक्रम संचालन लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
४९. केन्द्र तथा प्रदेश बाट समपुरक लागनीका लागि स्वीकृत आयोजनाहरुका लागि साझेदारी बापत लाग्ने आवश्यक बजेट विनीयोजन गरेको छु ।
५०. नगरस्तरीय पुर्वाधार निर्माणका लागि एकमुष्ठ रु. तीन करोड रुपैयाँ विनियोजन गरेको छु । साथै चालु आ.व.मा भुक्तानी गर्न बाँकी रहने दायित्व आगामी वर्षमा भुक्तानी गर्नुपर्ने भएकोले सोको लागि समेत बजेट विनियोजन गरेको छु ।
५१. १ नं. वडादेखी १४ नंं. वडाका साना पुर्वाधार निर्माण तथा वडा स्तरीय कार्यक्रम सञ्चालनका लागि रु. ६ करोड ४० लाख रुपैँया विनियोजनको व्यवस्था मिलाएको छु ।
नीति, कार्यक्रम र बजेटले व्यवस्था गरेको प्राथमिकता र मुख्य विशेषताको सार निम्नानुसार प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
क) सुशासन प्रर्वद्धन, सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, समावेशीकरण र सन्तुलित विकास ।
ख) आत्मनिर्भर हुदै उत्पादकत्व बृद्धि र व्यवसायीकरण
ग) उपलव्ध मानव संशाधन तथा आन्तरिक स्रोतको परिचालन
घ) दीगो विकासका लक्षहरुको प्राप्ती र बातावरणिय सन्तुलनमा जोड
ङ) नगरका आधारभूत आवश्यकताको पहिचान र सामाजिक परिचालन मार्फत विकासमा जनसहभागिताको सूनिश्चितता
च) आन्तरिक रोजगारी बृद्धि र सुरक्षित बैदेशिक रोजगार संग गरिवी न्यूनिकरण
छ) सूचना प्रविधिको प्रयोग,निजी क्षेत्र संग सहकार्य गर्दै आर्थिक विकासमा टेवा
अन्तमा,
आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि विनियोजित बजेट तथा प्रस्तावित कार्यक्रमहरुको कार्यान्वयनका लागि स्थानीय आन्तरिक कर दस्तुर, संघ तथा प्रदेश सरकारवाट प्राप्त हुुन सक्ने सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान समेतका श्रोतका आधारमा विनियोजनको व्यवस्था मिलाएको छुु । वजेटले लक्षित गरेका योजना तथा कार्यक्रमहरुको लक्ष प्राप्तीका लागि संघ तथा प्रदेश सरकार, स्थानीय आम नगरवासीहरु, स्थानीय सरकारी तथा गैरसरकारी संघ संस्थाहरुवाट अधिकतम सहयोग र सुुझावका लागि हार्दिक अनुरोध गर्दछु । बजेट निर्माणका क्रममा साथ र सहयोग गर्नुहुने नगर प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, वडा अध्यक्ष एवं कार्यपालिकाका सदस्य ज्युहरु, वडा सदस्य ज्यूहरु, स्थानीय सरोकारवालाहरु उद्योगी व्यवसायी तथा समाजसेवीहरु र संलग्न कर्मचारीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद ।
राजु खड्का
नगर उप–प्रमुख




