आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भेडापालनलाई निसीखोलाको १ करोड १२ लाख बजेट

भेडापालनलाई निसीखोलाको १ करोड १२ लाख बजेट

भेडापालन व्यवसायलाई व्यवस्थित र नयाँपुस्तालाई आर्कषित गर्नसके समृद्व निसीखोलाको सपना साकार हुने उपाध्यक्ष प्रेमबहादुर घर्ति आशा व्यक्त गर्छन् ।


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८२, बुधबार

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले भेडापालनको लागि १ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को अनुमानित बजेट प्रस्तुत गर्दै पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तिले भेडापालनका लागि १ करोड १२ लाख रुपियाँ बजेट छुट्टाएको जानकारी दिए ।

निसीखोलाको भूगोल अधिकांस लेकाली बस्ती हो । पशुपालन र आलुखेती गरेर स्थानीयले जीवन निर्वाह गर्दै आएका छन् । मध्यपहाडी लोकमार्गले रुकुम जोडेकोले मध्यभागमा भने यातायातको सहज पहुँच बढेको छ । तर, ग्रामीण क्षेत्रका अधिकांश नागरिक भने पशुपालन र कृषि क्षेत्रमा आवद्व छन् । ‘‘पशुपालनका लागि निसीखोला उर्वर भएकाले बजेटमा प्राथमिकता दिईएको हो’’ उपाध्यक्ष घर्तिले भने । भेडापालन व्यवसायलाई व्यवस्थित र नयाँपुस्तालाई आर्कषित गर्नसके समृद्व निसीखोलाको सपना साकार हुने उपाध्यक्ष प्रेमबहादुर घर्ति आशा व्यक्त गर्छन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड २४ लाख २१ हजारको बजेट विनियोजन गरेको छ । यसवर्ष पर्यटन क्षेत्रलाई समेत प्राथमिकता दिँदै ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निसीखोलाको ऐतिहासिक महत्व बोकेको ‘रिग ताल’ संरक्षण तथा व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका कार्यालय घेराबार र पार्किङमा ५० लाख बजेट छुटाएको छ ।

समानिकरण अनुदानततर्फ संघिय सरकारबाट ९ करोड ८२ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने आय संघिय सरकार १० करोड ८२ लाख ६४ हजार, सशर्त अनुदान चालु संघिय सरकार २३ करोड ९१ लाख, सशर्त अनुदान पुजिगत संघिय सरकार ४६ लाख, समपुरक अनुदान संघिय सरकार १ करोड ५२ लाख, विशेष अनुदान संघिय सरकारबाट १ करोड १२ लाख, समानिकरण अनुदान गण्डकी प्रदेश सरबारबाट १ करोड १५ लाख ८३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->