पोखरा/ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बार्षिक लेबी बुझाएका छन् । बुधवार (आज) पार्टी कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर उनले मासिक २५ हजारका दरले बार्षिक लेबी बुझाएका हुन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री भएवापत मासिक २५ हजारको दरले एक वर्षको लेबी तिरेका हुन् । सदस्यता नविकरण शुल्क र मासिक २५ हजारको दरले बार्षिक लेवीसहित तीन लाख तीन हजार बुझाएको एमालेले जनाएको छ ।
एमालेको विधानअनुसार पार्टीका हरेक नेता कार्यकर्ताले प्रत्येक वर्ष सदस्यता नवीकरण शुल्क र लेबी बुझाउनुपर्ने हुन्छ । सार्वजनिक पदमा पुगेका नेताहरुको पदीय जिम्मेवारी र मर्यादाक्रम अनुसार छुट्टा छुट्टै लेबी तोकिएको हुन्छ ।





