पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शुक्रबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन रोष्टममा उभिए । बजेटमाथि सत्तारुढ सांसदहरु नै असन्तुष्ट थिए भने मुख्यमन्त्रीको गृहजिल्ला गोर्खा र अन्य मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा बढी बजेट विनियोजन गरेको गुनासाहरु सदनमै उठेका थिए । ती प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री पाण्डे कवि बने । उनले प्रदेशको सामथ्र्य नै कम रहेकाले सवै सांसद र विभिन्न योजनामा रकम विनियोजन गर्न नसकिएको बताए भने क्रमागत योजनाको भारले गदाृ गोर्खामा बढी रकम विनियोजन भएको जिकिर गरे । मुख्यमन्त्रीको रुपमा आफूले विभेद नगर्ने पनि उनको उद्घोष थियो ।
‘सुनेको छु बुझेकौ छु सबै तिम्रा कुराहरु, धन्सारै सानो भएर हो रहेको सपना अधुराहरु,’ उनले भने, ‘गरेउ प्रश्न कविता र गीतबाट, हुन्न विभेद ढुक्क होऊ, म सुरेन्द्र पाण्डेबाट’ ।
उनले सभासद र पार्टीका नेताहरुले फेसबुकमाा लेखेको कुरा र आमसंचार जगतमा आएका समाचारप्रति आग्रह पूर्वाग्रह नराखेको भन्दै उनले एउटा प्रजातान्त्रि पारीपाटीमा विश्वास गर्ने व्यक्तिको नाताले यी कुरालार्इी सहज रुपमा लिएको बताए । आफ्नाबारे र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बारेमा केही कुरा नआए पनि केही कुरा भने उठेको उनले बताए । ‘कतिपयले डाइरेक्ट मलाई भनेका छन्, कतिले मन्त्रीलाई भनेका छन, कतिले घुमाएर भनेका छन कतिपयले गीत र कविताबाट भन्नु भएको छ,’ मुख्यमन्त्री पाण्डेले कविताबाट जवाफ फर्काए, ‘जुन दिन मन छ, तिम्लाई । तारा दिन मन छ । नत सक्छु टिप्न जुन,नत सक्छु । तारा, दिऊँ कि के हो मुटु बली, कति टुक्रा बनाऊँ । कुन देवतालाई कति दिऊँ, लौन मलाई सुनाऊ ।’ प्रदेशको ढुकुटी कत्रो छ ? आवश्कयता र चाहना कति छन ? गर्नुपर्ने कति छ ? आफ्नो क्षेत्र, गाउँघर, जिल्ला र समग्र प्रदेशको । त्यसैले ढुकुटीको बारेमा सबैलाई ज्ञान भएकाले अहिलेको बजेटलाई फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काडै संसार भन्दै उनले सकरात्मक रुपमा हेर्दा केही फड्को मारेको र नकरात्मक रुपमा हेर्ने केही पनि नदेखिने खालको रहेको बताए ।
अहिलेको बजेटमा भौतिक र उर्जा मन्त्रालयअन्तर्गत विगतको दायित्व कम गर्नेतर्फ केन्द्रीत रहेको उनको भनाइ थियो । नीति तथा कार्यक्रमसंग अहिलेको बजेटको तादाम्यता मिलेको दावी गर्दै मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रमको प्रत्येक शीर्षकसंग बजेट जोड्ने प्रयत्न गरेको बताए । ‘धेरै होला, थोरै होला, अपुग होला, कथंकदाचित छुट भएमा विषयगत मन्त्रालयको बजेटको प्रत्येक बुँदासंग जोड्ने छौँ,’ उनले भने । १७ अर्ब पुरानो दायित्व रहेकोमा यो वर्ष ४ अर्बसम्म घटाउने प्रयत्नमा रहेको उनले बताए । बजेट कम भयो भनेर साथीहरुले राखेको कुरालाई अन्यथा नलिने भन्दै उनले रोष्टममा बसेर एकदम चर्को कुरा गरेर, अतिरन्जित र स्टन्ट गरेर जनताको ध्यान आफूबाट अकैतिर केन्द्रीत गर्दै निर्वाचन क्षेत्र र जिल्लाबाट आउने प्रश्नबाट उम्किनका लागि सांसदहरुले स्टन्ट गरेको आफुले बुझेको उनले बताए । ‘की कामले जनताको चित्त बुझाउनु प¥यो, कित स्टन्ट गरेर चित्त बुझाउने कोशिष उनले भने, किनकि यो राजनीति हो । यसलाई स्वभाविकरुपमा लिन्छु ।’ आफ्नो क्षेत्रमा धेरैभन्दा धेरै योजना पार्नुछ, जनताको मुखमा बुझो लगाउनुपर्छ भन्ने सांसदले रोष्टममा आएर खुद्रे योजना किन हालेको, ढ्वाक्कै देखिने किन नहालेको भन्दै प्रश्न गरेको उनले बताए ।
पोखरा पर्यटन र प्रदेशको राजधानी भएको र गोरखामा पुरानो दायित्व बढी भएकाले कास्की र गोरखामा बढी बजेट गएको देखिएको उनले बताए । पुरानो दायित्व घटाउन जोड दिइएकाले नयाँ योजना कति छन भनेर राम्रोसँग विश्लेषण गर्न उनले सासदहरुसमक्ष आग्रह गरे । मुस्ताङमा भन्दा गोरखाको एउटा क्षेत्रमा एउटै योजनालाई धेरै रकम विनियोजन गरेको भन्ने विषयमा उनले संघ संगको समपूरक योजनाका कारण यस्तो भएको भनेर प्रष्टाए । गोरखामा ९ वटा बहुवर्षे योजना रहेको र पुरानो दायित्व घटाउन ३६ करोड बजेट विनियोजन गरिएको भन्दै्र उनले आगामी वर्ष ७० करोड आवश्यक पनेर्् बताए । जो मुख्यमन्त्री र मन्त्री भए पनि अर्को वर्ष पनि गोरखामा बजेट धेरै नै चाहिने उनको भनाइ थियो । पुरानो योजनाको दायित्व गोरखामा बढी भएकाले म के गरौँ त भन्दै उनले जति बजेट किताव च्याते पनि, मिडियामा जे आए पनि, जसले फेसबुकमा जे पोष्ट गरे पनि पुरानो दायित्वबाट कोही भाग्न नसक्ने जिकिर गरे । खानेपानी योजनाको पनि गोरखामा यस्तै अवस्था रहेका उनको भनाइ थियो । खानेपानी र भौतिक पूर्वाधारबाहेक अरु बजेट अन्य जिल्लाअनुसार समानजस्तै रहेको उनले बताए ।
एउटा बाटो पर्नु र खानेपानी योजना नहुनुले केही फरक नपर्ने तर सरकारले गरेका नीतिगत कुरा रुपान्तरणकारी हुने उनको भनाइ थियो । २३ सय योजनामा ४२२ योजनाको धारामा पानी खस्ने कुरा, पालिकाहरुका न्यायिक सहजकर्ता, लोकल रक्सी ब्रान्डिङको कानूनी कुरा, राइड सेयरिङ जस्ता विषय नीतिगत रुपले अगाडि बढ्ने जमर्को रहेको उनले बताए ।
उनले अर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट बनाउने क्रममा निलोकोट अर्थात् कर्मचारी हावी भएको भन्ने विषयलाई अति गम्भीरतापूर्व लिएको सुनाए । ‘बजेट कसरी बन्यो ? निलोकोट हावी भयो कि ? अर्थमन्त्रीलाई मन्त्रालयमा बस्न दिइएन् कि भन्ने कुरा आएका छन्, मुख्यमन्त्री पाण्डेले भने, ‘यसप्रति अहिले टिकाटिप्पणी गर्नुपर्ने आवस्यकता छैन । यस विषयमा गम्भिर र अति संवेदनशील छु । अति गम्भिरतापूर्वक लिएको छु । अहिले केही भन्न चाहन्न, परिणाम आएपछि तपाईले आफै महशसुस गर्नुहुनेछ ।’ मुख्यमन्त्री पाण्डेको यो अभिव्यक्ति अर्थ सचिव राजेन्द्रदेव पाण्डेप्रति लक्षित थियो । बजेट बनाउँदा अर्थसचिव पाण्डेले हस्तक्षेप गरेको र आफ्नो वडा र पालिकामा योजना थुपारेको उनीमाथि आरोप लागेको थियो । प्रदेश सभामा केही सांसदहरुले बजेटमा निलोकोट हावी भएको भन्दै सरकारसंग जवाफ मागेका थिए ।
स्रोतहरुका अनुसार अर्थसचिव पाण्डेलाई प्रदेश सरकारले सरुवाको तयारी गरेको थियो । तर, बीचमा सरुवा गर्दा गलत सन्देश जाने भन्दै बजेट पारित भएपछि सरुवा गर्नुपर्ने सल्लाह पाएपछि मुख्यमन्त्री पाण्डे तत्काल रोकिएका थिए । अर्थ सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय भइसकेको र केही समयमै उक्त निर्णय सार्वजनिक हुने स्रोतले बतायो ।





