बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सफल निरमाया दोहोरी साँझको २१ औं वर्षगाँठमा सांगीतिक प्रस्तुती

सफल निरमाया दोहोरी साँझको २१ औं वर्षगाँठमा सांगीतिक प्रस्तुती


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८२, शनिबार

पोखरा/पोखराको सांगीतिक र सांस्कृतिक क्षेत्रमा विशेष पहिचान बनाएको सफल निरमाया दोहोरी सांझ एण्ड रेष्टुरेन्ट प्रालिले आफ्नो २१औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ ।

वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरू गीता पाइजा, श्याम राना, टीका सानु, सिद्धार्थ आले, माया गुरुङ र चीज गुरुङले प्रस्तुति दिनेभएका छन । असार १५ देखि २० गतेसम्म आयोजना हुने वार्षिकोत्सवमा नियमित कलाकारको प्रस्तुति रहने संचालक इन्द्रा पुनले जानकारी गराइन् ।

रेष्टुरेन्टका अर्का सञ्चालक जीवन गुरुङका अनुसार, दुई दशकभन्दा लामो यात्रामा रेष्टुरेन्टले लोकसंस्कृति संरक्षण र प्रवद्र्धनमा उल्लेखनीय योगदान गर्दै आएको छ । उनले भने, ‘हाम्रो उद्देश्य केवल व्यवसायिक सेवा मात्रै होइन, नेपाली मौलिक लोकसंस्कृति र पहिचानलाई जगेर्ना गर्नु पनि हो । यसै उद्देश्यले हरेक वर्ष वार्षिकोत्सवलाई सांगीतिक माहोलमा मनाउँदै आएका छौं ।’

उनका अनुसार यो कार्यक्रमले नयाँ पुस्तामा लोकसंस्कतिको रुचि थप जगाउने विश्वास गरिएको छ । कार्यक्रममा उपस्थित दर्शकले कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, लोकदोहोरी गीत, नृत्य र विविध मनोरञ्जनात्मक कार्यक्रमको मजा लिन सक्नेछन् ।

रेष्टुरेन्टले आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट परिकार र सांगीतिक माहोलमार्फत ग्राहकहरूको मन जित्दै अघि बढ्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->