लेखनाथ/राष्ट्रिय धान दिवसको अवसर पारेर कृषि सञ्जाल पोखरा ३० को आयोजना र वडा कार्यालयको सहकार्यमा असार १५ गते मैदीतालको किनारमा दोस्रो लेखनाथ रोपाई महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. २८, ३० र ३१ को सिमाना मैदीताल किनारमा छवि ढकालको १२ रोपनी खेतमा रोपाई महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।
नेपालको प्रमुख खाद्यान्न बाली धान खेतीबारे भावी पुस्तालाई जानकारी दिने उद्देस्यले स्थानीय स्तरमा रोपाईं महोत्सव गर्दा आफ्नो मौलिक सँस्कृतीको संरक्षण र परम्परागत खेती प्रणालीका बारेमा जानकारी हुने उद्देस्यले रोपाईं महोत्सव गर्न लागिएको पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले जानकारी दिए ।
कृषिलाई ब्यवसायिक वनाउन र राष्ट्रिय उत्पादनमा बढवा दिने उद्देस्यले गत वर्षबाट सुरु गरिएको रोपाई महोत्सलाई आगामी दिनमा पनि निरन्तरता दिँदै किसान प्रोत्साहनका लागि रोपाई महोत्सव आवस्यक देखिएको अध्यक्ष सुवेदीको भनाई थियो ।
महोत्सवलाई सफल बनाउन सामाजिक संघ सस्थाहरुसँग सहकार्य गर्दै विभिन्न उप–समितिमार्फत तयारीलाई अगाडी बढाईएको कृषि संञ्जाल पोखरा ३० का अध्यक्ष बाबुराम ढकालले बताए । उनले रोपाई महोत्सवलाई सफल बनाउन सबैको सहकार्य र एकता देखिएको बताए ।
हल गोरुको साथमा पञ्चेबाजाको संगीतमा सुरु हुने महोत्सवमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता, हिलोमा डोरी तान्ने प्रतियोगिता, खेत रोप्ने प्रतियोगिता, पुरानो गीतका भाकाहरु प्रस्तुती गर्ने र गीत संगीतलगायतका कार्यक्रमहरु गरिने कृषि सञ्जालका सचिव अनन्त कँडेलले जानकारी दिए ।





