शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बेशीशहर-चामे सडकमा राति गाडी नचलाउन सुरक्षाको निर्णय

बेशीशहर-चामे सडकमा राति गाडी नचलाउन सुरक्षाको निर्णय


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८२, मंगलबार

चामे / जिल्ला प्रशासन कार्यालय मनाङले मनसुन सक्रिय भएसँगै विपद्को जोखिम बढेको भन्दै बेशीशहर-चामे-खाङ्सार सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ।

मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिको संयुक्त निर्णयअनुसार असार २० गतेदेखि लागू हुने गरी रात्रिकालीन समयमा सवारी आवतजावतमा रोक लगाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए।

मनसुनका कारण जुनसुकै समयमा बाढीपहिरो जस्ता विपद्को अवस्था सिर्जना भई यात्रु तथा सवारीसाधनमा क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाउन यस्तो निर्णय लिइएको उनले बताए। तोकिएको समयबाहेक अन्य समयमा भारी वर्षा भएमा परिस्थिति र जोखिमको विश्लेषण गरी सुरक्षा निकायले आवश्यक परे सवारीसाधन आवतजावतमा रोक लगाउन सक्नेछ।

एम्बुलेन्स लगायतका अत्यावश्यक सवारीसाधनलाई भने परिस्थिति विश्लेषण गरी सुरक्षा समन्वयमा सञ्चालन गर्न दिइनेछ। सूचनामा उल्लेख भएअनुसार यी सबै रुटमा बिहान ६ बजेपछि मात्रै सवारी साधन सञ्चालन हुनेछन्। रातको समयमा यात्रा पूर्ण रूपमा बन्द हुनेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->