बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पञ्चासेमा बढी वर्षा

पञ्चासेमा बढी वर्षा


  • संजय रेग्मी
  • असार २१ २०८२, शनिबार

पर्वत/पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशभित्र पञ्चासेमा सबैभन्दा धेरै वर्षाको मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभागले वर्षा मापन गर्ने केन्द्रहरूबाट लिएको वर्षाको पछिल्लो मापन अनुसार गण्डकी ११ जिल्लमध्ये पर्वत, कास्की र स्याङ्जाको सङ्गम पञ्चासेमा सबैभन्दा धेरै वर्षा भएको हो । प्रदेशमा सबैभन्दा कम मनाङ सदरमुकाम चामेमा एक दशमलव चार मिलिमिटर वर्षा मापन हुँदा सबैभन्दा बढी पञ्चासेमा ६४ दशमलव आठ मिलिमिटर वर्षाको मापन भएको छ ।

पञ्चासेपछि दोस्रो धेरै वर्षा पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा मापन भएको छ । जहाँ पछिल्लो २४ घण्टामा ४३ मिलिमिटर वर्षा भएको विभागको मौसम विवरणमा उल्लेख छ । यस्तै तेस्रो धेरै वर्षा गोरखाको बारपाकमा ३२ दशमलव आठ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै लमजुङको राइनशटारमा २९ दशमलव आठ मिलिमिटर, स्याङ्जाको पञ्चमूलमा २७ दशमलव छ मिलिमिटर, म्याग्दीको मुनामा २७ दशमलव चार मिलिमिटर, कास्कीको लुम्लेमा २७ मिलिमिटर, पर्वतको कुश्मामा २३ दशमलव दुई मिलिमिटर, लमजुङको कुन्छामा २२ दशमलव आठ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशमा शनिवार दिउसो राती साधरणतया बादल लागेर धेरै ठाउँहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यमदेखि भारी रूपमा पानी पर्ने सम्भावना रहेको छ । आइतबार दिउँसो आंशिकदेखि साधरणतया बादल लागेर केही स्थानहरूमा आकाश गर्जिँदै चट्याङ्ग सहित मध्यमदेखि भारी खालको पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै, आइतबार राती सामान्यतः बादल लागेर केही ठाउँहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मौसमविद्का अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले न्यून चापीय रेखा सरदर ठाउँ आसपास रहेको छ । आइतबार मनसुन केही कमजोर हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->