बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङको लोमान्थाङमा बाढी, कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता

मुस्ताङको लोमान्थाङमा बाढी, कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८२, मंगलबार

पोखरा / हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा आज अपरान्ह बाढी आएपछि मुस्ताङमा उच्च सतर्कता अपनाइएको छ ।

लोमान्थाङ गाउँपालिका वडा नम्बर ४ स्थित नम्दो खोलामा अपरान्ह साढे ५ बजेको समयमा बाढी आएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले बताएका छन् । उनका अनुसार उक्त बाढी कालीगण्डकी नदीमा मिसिएको छ । उक्त बाढीले कालीगण्डकी तटीय क्षेत्रमा जोखिम बढाउन सक्ने भन्दै अहिले नदी किनारमा जान नदिने र बसिरहेकालाई पनि छाड्न भनिएको छ ।

मौसम सफा रहेका बेला बाढी आएको हो । उक्त खोला तिब्बतबाट आउछ । मुस्ताङमा पानी परेको थिएन । तिब्बतमा पानी परेर हो वा कुनै हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन नभएको सहायक प्रजिअ परियारले बताए । उनका अनुसार बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली खटाइएको छ । ‘अहिले उक्त खोलामा पानीको सतह घटेको छ’, परियारले टेलिफोनमा भने, ‘बाढी कालीगण्डकी नदीमा आइसकेकाले सदरमुकाम जोमसोम भन्दा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->