म्याग्दी/आर्थिक वर्ष २०८२/०८३ को लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समितिको शुक्रबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा बसेको बैठकले कामदारको ज्याला, स्थानीय निर्मांण साम्रागी,आयातित निर्माण साम्रागी, मेसिन तथा उपकरणहरुको भाडा, तथा अन्य विभिन्न साम्रागीहरूरूो दररेट निर्धारण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा बसेको बैठकले जिल्लाको भौगोलिक अवस्था तथा उच्च क्षेत्रकाम काम विभिन्न निर्माणको क्षेत्रमा काम गर्ने दक्ष तथा अदक्ष कामदारको रेटदेखि सवारीसाधन नपुगेको स्थानमा भरिया, खच्चडले सामान ढुवानी गर्दाको पाउने ज्याला समेत तोकिएको जिल्ला दररेट निर्धारण समितिका सदस्य सचिव एवम् पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले बताए ।
जिल्ला दररेट निर्धारण समितिले डकर्मी, सिकर्मी, नकर्मी, प्लास्टर, प्लम्बर,बेल्डर, रकड्रि«लर, हेभी डाईभरको प्रतिब्यक्ति प्रतिदिन ११ सय ९० कायम गरेको छ । गत दुई आवमा प्रतिव्यक्ति प्रतिदिन क्रमश ११ सय ४०, ११ सय ६० रुपैयाँ थियो । अर्धदक्ष ज्यामीले प्रतिदिन काम गरेको ९६४ रुपैयाँ पाउनेछन्। गत वर्ष ९४० कायम भएको उक्त दररेट अहिले २४ रुपैँया बढेको हो । त्यसैगरी अदक्ष ज्यामीले प्रतिदिन काम गरेको ९१३ रुपैयाँ पाउनेछन्। गत वर्ष ८९० कायम भएको उक्त दररेट अहिले २३ रुपैँया बढेको छ भने साधारण हेल्पर, हेभी हेल्परको गतबर्षभन्दा प्रति ब्यक्ति प्रतिदिन २० रुपैयाँ बढेको छ । खच्चडबाट असजिलो सामान ढुवानी गर्दा प्रतिकेजी ३ रुपैँया ३५ पैसा लाग्ने गरेर रेट तोकिएको छ ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको समितिले जनाएको छ । समितिको अध्यक्षमा प्रजिअ ढकाल, सदस्यमा जिसस सदस्य जानकी विश्वकर्मा, निमित्त जिसस प्रमुख अमृत सुबेदी, प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुबेदी, निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपालप्रसाद भट्टचन, म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष लिलाराम गौतम, सदस्य सचिवमा पूर्वाधार विकास समितिका प्रमुख विष्णु पौडेल रहेका छन् ।





