बागलुङ/भानुभक्तले नेपाली साहित्यको बिकासमा खेलेको भूमिका तुलना गर्न नसकिने सरोकारवालाले बताएका छन् ।
दुइसय १२ औं भानुजयन्तीको अबसरमा आयोजित कार्यक्रममा उनीहरुले भानुभक्तले रामायण मात्र लेखेको नभइ नेपाली भाषामा साहित्य लेखनको थालनी समेत गरेको बताए । तत्कालिन अबस्थाको राज्यको चित्रण र नेपाली जनताको अवस्था बारेमा पनि उनले धेरै कृति प्रकाशन गरेको सहभागिको भनाइ छ ।
धवलागिरि सहित्य प्रतिष्ठानको आयोजना तथा सार्थक प्रकाशन र स्मृति प्रकाशनको सहआयोजनामा आइतवार बागलुङमा भानु जयन्ती मनाइएको हो । भानु जयन्तीको अबसरमा रचना बाचन, प्रवचन र भानु चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । उक्त अबसरमा प्रतिष्ठानका अध्यक्ष काजी रोशनले भानुभक्तले नेपाली साहित्यमा गरेको योगदानको चर्चा गरेका थिए । साथै उनले भानुभक्तलाइ चिनाउने मोतीराम भट्टलाई पनि नेपाली साहित्यमा सँधै सम्झनुपर्ने बताए ।
कार्यक्रममा भानु बारेमा कोपिला कंडेल, रामचन्द्र शर्मा, धनराज सापकोटा, केशवराज रेग्मी, युक्तजंग राजभण्डारी, नरम पौडेल, चन्द्रबहादुर क्षेत्री लगायतले रचना बाचन गरेका थिए । कार्यक्रममा आयोजित चित्रकला प्रतियोगितामा १० बर्षिय प्रस्ताब बराल प्रथम भए । आयोजकले प्रथमलाइ सम्मान र पुरस्कार प्रदान गरेको थियो । धवलागिरि साहितय प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, सार्थक प्रकाशनका अध्यक्ष युक्तप्रसाद सुवेदीको संचालन र बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष इश्वरप्रसाद मलेपतिले पनि शुभकामना मन्तव्य राखेका थिए ।





