बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य

विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य


  • ढाेरपाटन संवाददाता
  • असार ३० २०८२, सोमबार

पोखरा / अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) ले नेपाली युवा उद्यमीलाई विश्वभर जोड्दै छ । फिनेले नेपालबाट युवा उद्यमीलाई जोड्नका लागि प्रदेशहरु कमिटि विस्तारमा लागेको बताएको छ । बागमती प्रदेशमा कमिटि गठन गरी सकेको र गण्डकी प्रदेशमा कमिटि गठनका लागि संयोजक तोकेको फिनेका आइसी महासचिब दिपेन घलेले बताए ।

गण्डकी प्रदेशमा पर्यटन व्यवसायी कृष्ण आचार्यलाई संयोजक तोकेको छ । अगस्ट २ मा पोखरामा भेला गरेर समिति बनाउने आचार्यले बताए । विदेशमा भएका नेपाली उद्यमीहरूले नेपालसँग जोड्न संस्थाको स्थापना गरेको महासचिब घलेले बताए । उनले फिने विश्वभर छरिएर रहेका नेपाली उद्यमीहरूलाई जोड्ने विश्वव्यापी सञ्जाल बनेको बताए । उनले अहिले सम्म १२ देशमा कमिटि विस्तार भैसकेको र अन्य देशमा पनि थपिदै जाने बताए ।

नेपालमा पहिले सबै प्रदेशमा कमिटि गठन गरेपछि नेपाल कमिटि बनाउने महासंघका नेपाल संयोजक रामशरण थापाले बताए । उनले संस्थाको उद्देश्य सहयोग, मार्गदर्शन, र व्यवसायिक अवसरहरूको माध्यमबाट नेपाली उद्यमीहरूलाई सशक्त बनाउने रहेको उल्लेख गरे । युवा उद्यमीहरूलाई जोड्ने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र विश्वव्यापी नेपाली व्यवसायिक समुदायको दिगो विकासलाई अघि बढाउन महत्वपूर्ण मञ्च भएको उनको भनाई छ । कार्यक्रममा बागमति प्रदेश कमिटीका संयोजक कृष्ण खतिवडा, सल्लाहारका रामकुमार थपलिया लगाएतले शुभकामना दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->