बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा तेस्रो पटक थपिएको म्याद सकियो

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा तेस्रो पटक थपिएको म्याद सकियो


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८२, सोमबार

पोखरा/ मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ। तेस्रोपटक थप भएको म्याद असार २९ गते आइतबारदेखि सकिएको हो। पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्रको काम भने सम्पन्न भइसकेको छ।

कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। यस खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ।
उनले भने, ‘कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन्। अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ। अब थोरै मात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका छौँ।’
पूर्वी खण्डमा वि.सं. २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। सो कामको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको हो। व.सं. २०२६ मा रेखाङ्कन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको सडक बनाइएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको थियो। रासस

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->