बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सेतीनदी माथि पटनेरी र सितापाईला जोड्ने पुल उद्घाटन 

सेतीनदी माथि पटनेरी र सितापाईला जोड्ने पुल उद्घाटन 


  • ढाेरपाटन संवाददाता
  • असार ३१ २०८२, मंगलबार
पोखरा / पोखराको दक्षिणी भेगस्थित पोखरा–१७ को सितापाईला र वडा १५ को पट्नेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको २२ लाख १४ हजार ६४५ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गरिएको हो ।
१८ मिटर लम्वाई र १.५ मिटर चौडाईको ट्रष्ट ब्रिज  निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत ठूलो राहत मिलेको छ ।
गण्डकी प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले सो पुलको आज एक समारोहका बीच उद्घाटन गर्दै पुल सानो भएपनि सुविधाको हिसावले महत्वपूर्ण भएको वताए । जनताका आवश्यकता अनुसार विकास निर्माणमा प्रदेश सरकारले जोड दिंदै आएको उनको  भनाई थियो ।
पोखरा महानगरपालिका वडा नं. १७ र १५ का वडाअध्यक्ष राधिका शाही योगी र तोरण वानियाले सिमीत श्रोत साधनको भरपुर उपयोग गर्दै वडाको विकास निर्माणमा जुट्ेको बताए । पुल निर्माणले सो क्षेत्रका स्थानीयवासिन्दाका साथै ऐतिहासिक माघे सक्रान्ति मेलाका दर्शक र नदीमा स्नान गर्ने भक्तजनलाई समेत सुविधा पुग्ने उनीहरुले बताए ।पुलनिर्माण उपभोक्ता समितिका अध्यक्ष मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी मावि व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष नारायण भण्डारी, सचिव विक्रमवावु भण्डारी लगायतले पुलको आवश्यकता र महत्वमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->