बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आन्तरिक राजस्व कार्यालय पोखराको राजस्व संकलन बढ्यो, अघिल्लो वर्षको भन्दा ५१ करोड बढी

आन्तरिक राजस्व कार्यालय पोखराको राजस्व संकलन बढ्यो, अघिल्लो वर्षको भन्दा ५१ करोड बढी


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८२, बिहिबार

पोखरा/ आन्तरिक राजस्व कार्यालय पोखराले अघिल्लो वर्षको तुलनामा ५१ करोड बढी राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ६ अर्ब ८ करोड ४६ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी हो । आ.व. २०८०/०८१ मा कार्यालयले ५ अर्ब ५७ करोड ५ढ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । आर्थिक वर्ष २०८१//०८२ को वार्षिक लक्ष्य ७ अर्ब १९ करोड १७ लाख रहेकोमा कार्यालयले लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा आयकरतर्फ ४ अर्ब, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ८९ करोड ५९ लाख र अन्तः शुल्कतर्फ १८ करोड ४५ लाख राजस्व संकलन गरेको छ ।सहकारीमा समस्या, आर्थिक गतिशिलतामा सुस्तता भएकोले लक्ष्य अनुसारको राजस्व संकलन नभएपनि अघिल्लो वर्षको तुलनामा उत्साहजनक राजस्व संकलन भएको प्रमुख कर अधिकृत शिव शर्माले बताए । आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत व्यवसायिक प्यानमा दर्ता हुने करदाताको संख्या ६८ हजार रहेको छ । जसमध्ये १२ हजार ५ सय करदाता भ्याटमा दर्ता छन् भने व्यक्तिगत प्यान लिनेको संख्या २ लाख १० हजार रहेको छ।

कार्यालय परिसरमा करदाता सहायता कक्ष
करदातालाई सहायता प्रदान गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ को को पहिलो दिन विहीबारदेखि आन्तरिक राजस्व कार्यालय पोखराको परिसरमा करदाता सहायता कक्ष सञ्चालन भएको छ। कक्षको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्घाटन गरिन् । आन्तरिक राजस्व कार्यालय पोखरा, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडको सहयोगमा करदाता सहायता कक्ष निर्माण भएको हो । सहायता कक्ष संचालनले करदातालाई कार्यालयका कार्यहरूमा थप सहजता हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->