बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलजलामा निःशुल्क एम्बुलेन्स सेवा

जलजलामा निःशुल्क एम्बुलेन्स सेवा

एम्बुलेन्स सेवा सञ्चालन भएपछि तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहज भएको प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताए ।


  • हरिकृष्ण गौतम
  • साउन ४ २०८२, आइतबार

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले समुदाय लक्षित कार्यक्रमअन्तर्गत २०८१ साल साउनबाट एम्बुलेन्स सेवा सुरु ग¥यो । पालिका भित्र विरामी भएका वा सुत्केरी भएका नागरिकलाई अस्पतालसम्म पु¥याउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सुचारु गरेको थियो । पालिकाले सुरु गरेको उक्त सेवाले अहिले नागरिकहरु खुसी छन् । लक्षित वर्गलाई निशुल्क र तीबाहेककालाई सशुल्क रुपमा सेवा दिनेगरि जलजला गाउँपालिकाको सचिवालयबाट उक्त सेवा सुरु गरिएको हो । अहिले सेवा लिनेको संख्यामा वृद्धि भइरहेको छ । एम्बुलेन्सबाट ३ सय २७ जनाले समुदाय लक्षित निःशुल्क एम्बुलेन्स सेवा लिएका छन् ।

गत आव २०८१/०८२ मा गाउँपालिकाद्धारा सञ्चालित एम्बुलेन्स सेवाबाट कुल ६ सय ३१ जनाले सेवा लिएका थिए । जसमा गर्भवती तथा सुत्केरी गरी ७० जना, ९९ जना ज्येष्ठ नागरिक, गरीब÷असहाय १ सय १० जना, अपाङ्ग ५ जना र अन्य ४३ जनाले निःशुल्क सेवा लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाद्वारा सञ्चालित लक्षित वर्ग निःशुल्क एम्बुलेन्स सेवा तथा सःशुल्क सेवा अन्तर्गत ३०४ जनाले सेवा लिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ‘एम्बुलेन्स सेवा प्रभावकारी देखिएको छ, समयमै उद्धार गरी धेरैको ज्यान जोगिएको छ, आगामी दिनमा थप प्रभावकारी बनाउँछौँ,’ अध्यक्ष आचार्यले भने । उनका अनुसार अति विपन्नलाई समयमै उपचारका लागि युनिटको सक्रियता निकै लोभलाग्दो रहेको छ ।

गाउँपालिकाले अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, गरिब तथा असह्य र अन्य विशेष अवस्थाका गरी पाँच अवस्थाका नागरिकलाई लक्षित वर्गमा राखेको छ । यी वर्गमा पर्नेहरूले निःशुल्क रूपमा एम्बुलेन्स सेवा पाएका छन् भने नागरिकले सुलभ मूल्यमा एम्बुलेन्स सेवा लिइरहेकाहरु बाट ११ लाख ३ हजार ६२३ राजश्व संकलन भएको छ । ए्म्बुसेन्स सेवाबाट बेनी अस्पताल, धौलागिरी अञ्चल अस्पताल, पर्वत अस्पताल, पोखरा, काठमाडौंका अस्पतालसम्म एम्बुलेन्स सेवा लिएका छन् । एम्बुलेन्स सेवा सञ्चालन भएपछि तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहज भएको प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताए । उनका अनुसार पालिकाले सुत्केरीका लागि भने अस्पताल पु¥याएर घरसम्म ल्याउने व्यवस्थासमेत गरेको छ ।

प्रवासी नाग्लीवाङवासीहरूको सहयोगमा खरिद गरिएको ग १ झ ६१६ र भारतीय दूतावासले उपलब्ध गराएको ध १ झ ३७ नम्बरको एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाता सञ्चालन समेत गरिएको छ । मापदण्ड अनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरिएको र लक्षित समुदायलाई सेवाका लागि गत आवमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सेवालाई प्रभावकारी बनाउन इच्छुक व्यक्तिहरूले एम्बुलेन्स सञ्चालक समितिको खातामा रकम जम्मा गरेर सहयोग समेत गर्न सक्ने पालिका अध्यक्ष आचार्यले सुनाए । एम्बुलेन्स चालकले २४ सै घण्टा सेवा दिने गरी बसिरहेको उनले सुनाए । एम्बुलेन्स सेवा दिनका लागि बसेका पुर्खा बहादुर पुनका अनुसार गाउँमा विरामी बोक्ने मानिस समेत नहुँदा एम्बुलेन्स सेवाले धेरै राहत मिल्ने गरेको छ । पालिकाले आगमी वर्षमा ३० लाख बजेट विनियोजन गरेर थप प्रभावकारी बनाउने योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->