बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा पहिरोले घरसंगै २ जना पुरिए, उद्धारमा कठिनाइँ

पर्वतमा पहिरोले घरसंगै २ जना पुरिए, उद्धारमा कठिनाइँ


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८२, आइतबार
फोटो राजेन्द्र खड्काको वालबाट

पोखरा / भारी वर्षापछि आएको पहिरोले पर्वतमा घरसंगै २ जना पुरिएका छन् । पर्वत प्रहरीका अनुसार पर्वतको मोदी गाउँपालिका– ३ लाङदीका छविलाल बिकको घर माथिबाट आएको पहिरोले पुरिएको हो ।

आइतबार बिहान ४ बजेतिर १५ मिटरजति माथिबाट आएको पहिरोले घर पुर्दा ७६ वर्षका छविलाल र उनकी श्रीमती विष्णुमति बेपत्ता भएकाे वडाध्यक्ष देबेन्द्रबहादुर क्षेत्रीले बताए । उनका अनुसार घरमा तीन जना रहेकोमा छविलालकी बुहारी ३२  वर्षीया पवित्रा भने भाग्न सफल भएकी थिइन् ।

पर्वत प्रहरी प्रमुख डिएसपी रविन विष्टले पहिरोले दुईजना पुरिएको जानकारी आएको बताए । तर अहिले उक्त स्थानमा भिषण वर्षा भइरहेको, बाढी र पहिरो पनि खसिरहेकाले प्रहरी र स्थानीय घटनास्थल पुग्न सकेका छैनन् । घटनाबारे प्रहरीलाई विहान ५.२० बजे जानकारी आएको थियो । त्यसपछि प्रहरी चौकी डिमुवाबाट प्रहरी टोली खटे पनि ठाउँठाउँमा सडक अवरुद्ध, बाढी र पहिरोका कारण बिचमै रोकिएको छ । प्रहरीले बैकल्पिक मार्गको प्रयोग गरी घटनास्थल पुग्ने कोशिष गरिरहेको छ ।

वडाध्यक्ष क्षेत्रीका अनुसार गत वर्ष पनि उक्त स्थानमा पहिरो गएको र छविलालको एक घरको भित्ता फोडेको थियो । पालिकाले उक्त घरलाई पूर्ण जोखिममा राखेर सतर्क रहन भन्दै आएको थियो ।
यसैगरी कास्की प्रहरीका अनुसार पोखरा–१३ ढल्केपुरकी दीपा लामाको घरमा काँहुखोला नहरको पानीले १ तले २ कोठे घर बगाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->