बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा २९ मा लक्ष्य अनुसारकै राजश्व संकलन

पोखरा २९ मा लक्ष्य अनुसारकै राजश्व संकलन


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८२, आइतबार

पोखरा/पोखरा २९ लेआर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य अनुसारराजश्व संकलन गर्न सफल भएको छ । राजश्व शीर्षकका बिभिन्न इकाइहरुबाट आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ९८ लाख ७२ हजार नौ सय राजश्व संकलन गर्न सफल भएको हो । त्यो अघिल्लोभन्दा तुलनामा १० लाखले बढी भएको वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए ।

वडाले सवैभन्दा बढी भूमिकर/मालपोतबाट ६२ लाख ७२ हजार पाँच सय ५१, नक्सापास दस्तुरबाट ५० लाख चार सय ७३, सम्पत्ति करबाट २१ लख पाँच हजार तीन सय ६२, वहालकरबाट १८ लाख ८३ हजार चार सय ६०, सिफारिस दस्तुरबाट १८ लाख ७७ हजार चार सय ७१ र ब्यवसाय करबाट १७ लाख ९८ हजार छ सय ७० रुपैयाँ उठाउन सफल भएको वडासचिव दुर्गा न्यौपानेले बताइन् ।

वडाले विनियोजन गरेको दुई करोड ९० लाखको वजेटमा शत्प्रतिशत रकम खर्च गरेको छ भने जनसहभागिता जुटाएर शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिका कार्यक्रमलाई प्रथामिकता दिएको वडा अध्यक्ष श्रीप्रसाद गुरुङले बताएका छन् ।

वडाको विकासमा सवै क्षेत्रलाई समेट्ने गरि समान वितरणलाई प्रथामिकता दिदै अल्प, दीर्घ र मध्यकालीन योजनाको काम भएको र जनतासँग सहकार्य गदै तीनवटै तहको सरकारसँग योजनाहरु पेश गरिएको वडाअध्यक्ष गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->