बागलुङ/बिप्लब समूहको नेकपाले सामुहिक खेती थालेको छ । कम्युन प्रणाली अनुसार पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्यले सामुहिक खेती थालिएको उक्त पार्टीका इन्चार्ज टेकबहादुर केसी आजादले जानकारी दिए ।
सोमबार उक्त पार्टीले बागलुङ नगरपालिका वडा नं. १२ स्थित गुठीको जग्गामा सामुहिक धान खेती लगाएका हुन् । पार्टीका झण्डै २५ जना कार्यकर्ता उक्त खेतमा पुगेर धान रोपाइ गरे । उनीहरुले यो उत्पादनलाई पार्टीको लागि खर्च गर्ने बताएका छन् ।
केही समय अघिदेखि उनीहरुले पार्टीका लागि सामुहिक खेती थालेका छन् । ढोरपाटन नगरपालिकामा टिमुर र निसीखोला गाउँपालिकामा ओखर खेती थालिसकेका उनीहरुले सोमबार धानखेती लगाएको जिल्ला अध्यक्ष भूमीकर्ण सीले बताए । कृषिमा आधुनिकीकरण गर्ने लक्ष्य राखेकाले उनीहरुले मिनीटिलर ट्रयाक्टरमार्फत खेत जोतेका थिए ।





