बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एक वर्षमा ३० हजार विदेशी पर्यटक पुनहिल पुगे

एक वर्षमा ३० हजार विदेशी पर्यटक पुनहिल पुगे

समुदी सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रंखलाको अवलोकन गर्नका लागि सवारीसाधन तथा पदैलमार्गबाट घोडेपानी जाने गरिन्छ ।


  • हरिकृष्ण गौतम
  • साउन ७ २०८२, बुधबार

म्याग्दी/म्याग्दीको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रमा एक बर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।

राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा–नयाँ पुल, घान्दु्रक हँुदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिखहुँदै घोरेपानी र नागी लगायतका क्षेत्रबाट गत आर्थिक बर्ष २०८१/०८२ सालमा ३० हजार ८ सय ८५ जना पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ ।

समुदी सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रंखलाको अवलोकन गर्नका लागि सवारीसाधन तथा पदैलमार्गबाट घोडेपानी जाने गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले दिएको जानकारी अनुसार घोडेपानी आगमन २३ हजार ८६८ जनामध्ये पुरुष १२ हजार ३९६ जना र महिला ११ हजार ४७२ जना रहेका छन् ।

त्यसैगरी घोडेपानी र पुनहिल आसपासको अवलोकन गरी बाहिरीने ६ हजार ९ सय ९७ जनामध्ये पुरुष ३ हजार ६२१ जना र महिला ३ हजार ३ सय ७६ जना रहेका छन् ।

घोडेपानी र पुनहिलमा सबैभन्दा धेरै पर्यटक कात्तिक महिनामा ४२ सय १३ जना रहेकोमा सबैभन्दा कम असार महिनामा ४ सय ४९ जना छन् । पर्यटक प्रहरी चौकी घोडेपानीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।

घोडेपानीमा विदेशीसँगै आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेको घोडेपानी होटल ब्यवस्थापन समितिकी अध्यक्ष मिना पुनले बताए । ‘सडक सञ्जाल बिग्रिएकाले आन्तरिक पर्यटकको संख्या घटेको छ, सडकलाई सहज बनाउन सकेमा पर्यटक धेरै पर्यटक ल्याउन सकिन्छ,’ अध्यक्ष पुनले भनिन् ।

पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५, घोप्टेखर्कमा सडक अहिले पनि सहज छैन । घोडेपानी जाने पर्यटकले प्रयोग गर्ने पोखरेबगर–चित्रे–घोडेपानी सडकअन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस सञ्चालन हुन नसक्दा अघिल्लो बर्ष आन्तरिक पर्यटकको संख्यामा कमी आएको होटल ब्यवसायी समितिकी अध्यक्ष पुनको भनाइ छ । म्याग्दीमा घोडेपानीबाहेक अन्य पर्यटकीयस्थलमा गएका विदेशी पर्यटकको स्थानीय प्रहरी, सरकारी निकायले तथ्याङ्क राख्ने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->