आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गैरआवासीय संघ जापानको अध्यक्षमा लामिछाने र महासचिवमा श्रेष्ठ निर्वाचित

गैरआवासीय संघ जापानको अध्यक्षमा लामिछाने र महासचिवमा श्रेष्ठ निर्वाचित


  • दिवाकर चापागाई
  • साउन ११ २०८२, आइतबार

जापान / गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व लागि भएको निर्वाचनमा अध्यक्षमा सुभाश लामिछाने निर्वाचित भएका छन्। निर्वाचन समितिका प्रमुख तिलक मल्लका अनुसार लामिछाने प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई पछि पर्दै अध्यक्षमा बिजयी भएका हुन्।भर्च्युअल भोटिङमार्फत भएको निर्वाचनमा लामिछानेले ७ हजार १ सय ५२ मत लिई विजयी भए । उनका प्रत्यासी श्रेष्ठले ५ हजार १ सय ९३ प्राप्त गरेको निर्वाचन समितिका प्रमुख मल्लले जानकारी दिए । एनआरएनए जापानमा १८ हजार ३१४ जना मतदाता रहेकोमा १२ हजार ३४५ अर्थात ६७.४० प्रतिशत मात्रै मत खसेको थियो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल विजयी भएका छन् । उनले ६ हजार ४ सय १८ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी कृष्ण गेरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरेका छन् । क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी (विश्व) ले ६ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्यासी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् । तीन जना खुल्ला उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल (बिनोद) ८ हजार ७ सय २ मत, दिलिप कँडेल ६ हजार ९ सय ४९ मत, दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गरी विजयी भएका छन् ।

महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रत्यासी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत प्राप्त गरे । अमेरिकी कम्पनी भोताजको सिष्टमबाट भएको भर्च्युअल निर्वाचनमा आइतबार जापानका नेपालीहरुले मतदान गरेका हुन् । बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ८ बजेसम्म सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->