बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कोदो दिवसमा किसान सम्मानित

कोदो दिवसमा किसान सम्मानित


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८२, शनिबार

पोखरा/ पोखरामा प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजनामा कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकहरू सम्मान गरिएको छ ।

‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार,’भन्ने नाराका साथ देशव्यापी रूपमा मनाइएको राष्ट्रिय कोदो दिवसका अवसरमा पोखरा लामो समयदेखि कोदो खेतीमा संलग्न र सबैभन्दा धेरै कोदो उत्पादन गर्ने चारजना कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले सम्मान गरे । करिब ८ रोपनी क्षेत्रफलमा कोदोखेति गर्ने पोखरा १६ की बबिता गुरुङ, करिब ८ रोपनी क्षेत्रफलमा कोदोखेति गर्ने पोखरा २८ की अम्बिका भण्डारी, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २३ का सचेन गुरुङ र १२ रोपनी क्षेत्रफलमा कोदोखेति गर्ने पोखरा पोखरा २१ का कर्णबहादुर थापालाई नगद सहित सम्मान गरिएको हो ।

पोखरा महानगरपालिका रैथाने बालीको संरक्षण तथा विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै नगर प्रमुख आचार्यले उत्पादनमा जोड दिए । रैथाने बालीहरू उपेक्षित बन्दै लोपोन्मुख अवस्थामा पुगेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले स्वास्थ्यका लागि अति नै उपयोगी कोदोजन्य बालीको उत्पादन घटेको बताए । उत्पादनमा वृद्धिमा जोड दिँदै उहाँले महानगरपालिकालाई कोदोजन्य उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने बताए । महानगरपालिका पछिल्लो समय दूध–दही, अण्डालगायत केही तरकारीहरूमा आत्मनिर्भर भइसकेको उल्लेख गर्दै उनले उत्पादित कृषिजन्य उपजहरूको बजारीकरणका लागि आवश्यक सहयोग तथा समन्वय गरिने उनको भनाइ छ ।

परम्परागत बालीको संरक्षण, कोदोजन्य पोसिलो अन्नको प्रवद्र्धन, कृषकहरूको आम्दानी वृद्धि, कोदो खेतीप्रति कृषकहरूको आकर्षण वृद्धि र स्थानीय खाद्य प्रणाली सुदृढ तथा खाद्य सुरक्षालाई टेवा प्रदान गर्ने मुख्य उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम गरिएको महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार यसको प्रवद्र्धन तथा कृषकहरूको आकर्षण बढाउनका लागि महानगरपालिकाले न्यूनतम समर्थन मूल्य समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->