पोखरा/एनएमबी बैंकले पोखरा २५ हेमजामा रहेको मानव सेवा फाउण्डेसनलाई सौर्य उर्जा हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले त्यहाँ आश्रितहरुका सुविधाका लागि सौर्य उर्जा हस्तान्तरण गरेको बैंकका सुदीप पौडेलले जानकारी दिए । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले आश्रमलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले मानवसेवा आश्रमका विभिन्न इकाइहरूको व्यवस्थापनका लागि कुल १ करोड १८ लाख १० हजार बजेट विनियोजन गरेको छ । त्योमध्ये पोखरास्थित आश्रमका लागि ७० लाख, लमजुङका लागि १२ लाख ६० हजार,गोरखा जिल्लाका लागि १४ लाख ५० हजार र बागलुङका लागि रु. २१ लाख विनियोजन गरिएको उनको भनाइ छ ।





