पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ९ र ११ जोड्ने तुलसीघाटस्थित सेती नदीमाथि पुल निमार्ण सम्पन्न भएको छ । दुई लेनको आर्कब्रिज (पुल) निर्माण सकिएपछि यातायात सञ्चालनमा आइसकेको छ ।
पुल निर्माण सम्पन्न भएसँगै महेन्द्रपुलमा देखिँदै आएको ट्राफिक चाप कम हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सडक विभाग पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले बताए । स्थानीय विकास मात्र नभइ यसले समग्र महानगरकै सडक सञ्जालमा सकारात्मक भुमिका खेल्ने उनको भनाइ छ । हजारौं यात्रुलाई सहयोग पुग्ने उनले बताउँदै तुलसीघाट थप व्यवस्थित बन्ने उनले बताए
पुलको लम्बाई ६५ मिटर लामो र ११ मिटर चौडाइ छ । पुलको दुवैतर्फ पैदल यात्रीका लागि वाक—वे पनि छ । पुल निर्माणका लागि २०७९ पुसमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्झौता गरिएको थियो । पोखराको इन्द्रेणी निर्माण कम्पनीले १२ करोड, ८० लाख, ५७ हजार रुपैयाँ लागतमा पुल निर्माण गरेको हो ।





