आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रबुद्व युवा समूहले तीज नृत्य प्रतियोगिता गर्ने

प्रबुद्व युवा समूहले तीज नृत्य प्रतियोगिता गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८२, आइतबार

बागलुङ/प्रबुद्व युवा समुहले हरितालिका तीजको अवसर पारेर विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराइएको हो ।
२०७९ सालमा स्थापना भएको समूहले विभिन्न कार्यक्रम गर्दै आएकोमा तीज विशेष कार्यक्रम पनि गर्न लागेको बताइएको छ ।

अहिलेसम्म प्रतियोगिताको लागि ११ टिम दर्ता भैसकेको अध्यक्ष रोहित सुनारले जानकारी दिए । अझै समूह बढ्ने पनि उनको भनाई छ । विशेषगरी प्रतियोगितामा अधिकतम परम्परागत संस्कृति झल्कने खालको नृत्य देखाइने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार १ सय ११ रुपैयाँ, द्वितिय हुनेलाई १७ हजार ७ सय ७७ र तृतिय हुनेलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल समेत दिइने छ । टिम दर्ताका लागि भने ४ हजार रुपैयाँ लाग्ने बताइएको छ । प्रतियोगिताको टाइटल स्पोन्सर ग्रेस इन्टरनेशनल बागलुङ रहेको छ ।

पत्रकार सम्मेलन अध्यक्ष रोहित सुनारको अध्यक्षता र सचिव सागर खत्रीको संचालनमा सम्पन्न भएको थियो । प्रतियोगिता संचालन गर्न ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि समूहले चन्दा र सदस्यबाट पनि रकम संकलन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->