बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सहकारी ठगी आरोपमा लमजुङमा सहायक क्याम्पस प्रमुख पक्राउ

सहकारी ठगी आरोपमा लमजुङमा सहायक क्याम्पस प्रमुख पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०८२, आइतबार

लमजुङ/ सहकारी ठगी आरोपमा सदरमुकाम बेंशीशहरस्थित मस्र्याङदी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रेशम बोहराले रावत पक्राउको पुष्टी गरे । रावत बेंसीसहर कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन व्यवस्थापक, अध्यक्ष तथा लेखा समितिका पदाधिकारी रहेको प्रहरीले जनाएको छ ।

लमजुङ जिल्ला अदालतको अनुमतिमा प्रहरीले ‘सहकारी ठगीसम्बन्धी मुद्दा’मा उक्त सहकारीका अध्यक्ष ऋषिराम अधिकारीसहित १७ जनालाई साउन ५ गते र केही दिन अघि एक जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । रावतविरुद्ध जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी ‘सहकारी ठगीसम्बन्धी मुद्दा’मा थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । यसअघि गत मंसिर तेस्रो साता बेंसीसहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित सहकारी ठगीसम्बन्धी मुद्दामा मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापालाई प्रहरीले पक्राउ गरेको थियो । उनी पछि ७ लाख रुपैयाँ धरौटी बुझाएर निस्किएका थिए ।

सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकहरुले बचतकर्ताको ६ करोड ५४ लाख रकम हिनामिना गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालय पोखराको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->